काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रश्न गर्नेलाई उहिले महाराजा र अहिले राष्ट्रपतिले रोकेको टिप्पणी गरेका छन्।
प्रहरीले नेकपा प्रचण्ड-माधव समूहकी नेता रामकुमारी झाँक्रीलाई पक्राउ गरेपछि उनले यस्तो अभिव्यक्ति दिएकी हुन्।
उनले ट्विटरमा लेखेका छन्, 'कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा,अहिले राष्ट्रपति!'
उनले सरकारलाई झ्यालखानाको संख्या थप्न भनेका छन्। सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।