• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

झाँक्री पक्राउ : अभिव्यक्ति स्वतन्त्रता तर्साउने सरकारको दाउ

64x64
नेपाल लाइभ बिहीबार, माघ २९, २०७७  १७:५१
1140x725

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीलाई होच्चाउने अभिव्यक्ति दिएको भन्दै नेकपाकी (प्रचण्ड-माधव पक्ष) नेता रामकुमारी झाँक्रीलाई मुलुकी फौजदारी अपराध संहिताको धारा अनुसार पक्राउ पूर्जी दिएपछि सरकारको चौतर्फी आलोचना भएको छ।

झाँक्रीले गोरखामा दिएको अभिव्यक्तिलाई लिएर पक्राउ गर्न पुगेको प्रहरीप्रति कार्यकर्ताहरुले लामै समय अवरोध गरेका थिए। सुरुमा पक्राउ पूर्जीबिनै पुगेको प्रहरीको टोली उनले पक्राउ पूर्जी नभए नजाने अडान राखेपछि राज्य विरुद्धको अपराध अन्तर्गत भन्दै पक्राउ गरेको थियो।

मुलुकी अपराध संहिताको दफा ५८ अनुसार उनलाई सात वर्षसम्म कैद र ७० हजार जरिवाना हुने कानुन व्यवस्था देखाउँदै प्रहरीले पक्राउ गरेको थियो। झाँक्रीलाई गरिएको पक्राउको अहिले चौतर्फी आलोचना भएको छ। सामाजिक सञ्जालदेखि कानुनका जानकारहरुसम्मले यो कार्य गलत भएको भन्दै आलोचना गरेका छन्।

पक्राउ पूर्जीमा राज्य विरुद्धको कसुर गरेको भनिएको छ। मुलुकी फौजदारी संहिताको भाग –२ फौजदारी कसूरहरु परिच्छेद – १ राज्य विरुद्धका कसूर अन्तर्गत उनलाई पक्राउ गरिएको हो। प्रहरीले दफा ५८ को कसुर गरेको आरोप झाँक्रीमाथि लगाएको छ। उक्त दफामा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने भनिएको छ। यसो गरेमा  सात वर्षसम्म  कैद र सत्तरी हजार रूपैयाँसम्म जरिवाना हुने उल्लेख छ।

यस्तो छ दफा ५८ 
राष्ट्रपति वा संसदलाई धम्की दिन नहुनेः (१) कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुन बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। 
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “संसद” भन्नाले नेपालको संविधान बमोजिमको संघीय संसद र प्रदेश सभा सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका–संसदलाई समेत जनाउँछ । 

असम्बन्धित कानुन लगाएर अभिव्यक्ति स्वतन्त्रता तर्साउने  दाउ 
प्रहरीले गरेको उक्त कार्य अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भएको कानुनका जानकारहरुको तर्क छ। अधिवक्ता सुनिलकुमार पोखरेलले सरकारले असम्बन्धित कानुनी व्यवस्था लगाएर झाँक्रीलाई पक्राउ गरेको टिप्पणी गरेका छन्। ‘यो दफा अदालतमा टिक्ने देखिदैन सरकार!’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तसर्थ नटिक्ने दफा लगाएर रामकुमारी झाँक्रीलाई गिरफ्तार किन गर्छौ!’  बारका महासचिव रहेका उनले यो धारा गलत प्रयोग भएको टिप्पणी गरे।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले यो दफा कुनै काम गर्न अवरोध गरेमा लगाउने भएको बताए। अदालतको न्याय सम्पादनमा अवरोध गरेमा भने जस्तै राष्ट्रपतिले गर्न लागेको कुनै कामको अवरोध गरेमा मात्र यो कानुन आर्कर्षित हुने उनको भनाइ छ। ‘के, कसरी लगाइयो सरकारको कुरा होला’ उनले भने ‘तर, यो लगाएर उनको अपराध पुष्टि हुने आधार चाहिँ देखिदैन।’ देशको सार्वभौमिकतामा असर परे बाहेक यसमा जोड्न नमिल्ने उनको तर्क छ।

Ncell 2
Ncell 2
nimb
nimb

झाँक्रीको प्रक्राउ प्रकरणले अभिव्यक्ति स्वतन्त्रताको खिलाफमा कानुनको दुरुपयोग हुनसक्ने भन्दै सामाजिक संस्थाहरुले पनि सरकारको कदमको विरोध गरेका छन्। संवैधानिक कानुन जानकार अधिवक्ताहरुको संस्था संवैधानिक कानुन व्यवसायी मञ्चले झाँक्रीको पक्राउले विरोध, आलोचना र असहमतिप्रति सरकार असहिष्णु बन्दै गएको तथ्यलाई ईंगित टिप्पणी गरेको छ।

उसले लोकतन्त्रमा यो गम्भीर चिन्ताको विषय भएको भनेको छ।  संस्थाका अध्यक्ष राजु चापागाईले जारी गरेको विज्ञप्तिमा मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ५८को प्रयोजन “नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुनबमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन” रोकेर राष्ट्रपति र संसदलाई आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी निर्वाधरुपमा पुरा गर्ने वातावरण सृजना गर्ने कुरामा सीमित रहेको  भनेको छ। 

फरक प्रयोजनका लागि संहितामा राखिएको उक्त व्यवस्थाको दुरुपयोग गरेर कुनैपनि व्यक्तिलाई पक्राउ गर्ने र मुद्दा चलाउने कार्य नागरिक स्वतन्त्रता र कानुनी शासनको बर्खिलाफ हुने  मञ्चको ठहर छ।  

त्यस्तै, फ्रिडम फोरमले पनि झाँक्रीको पक्राउ अभिव्यक्ति स्वतन्त्राको अधिकार विपरीत रहेको भन्दै तत्काल रिहा गर्न भनेको छ। विचार तथा अभिव्यक्ति स्वतन्तत्रताको अधिकार सबै नागरिकलाई भएको भन्दै संस्थाले त्यसका आधारमा मानिसलाई गलत कानुन प्रयोग गरि सजाय गर्न खोज्नु राज्यको गलत चरित्र भएको उसको दाबी छ। 

राजनीतिक दलद्धारा विरोध 
झाँक्रीको पक्राउका विरुद्धमा नेकपा (ओली पक्ष) बाहेक अन्य सबै दलहरुले विरोध जनाएका छन्। नेपाली कांग्रेसका प्रवक्ता विश्वा प्रकाश शर्माले विज्ञप्ति जारी गर्दै एकपक्षीय रूपमा पूर्वाग्रहपूर्ण व्यवहार गर्दै अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तनसाथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई सजग गराएका छन्। 

कांग्रेसले संयमपूर्वक समस्याको समाधान पहिल्याउन अपील गर्दै झाँक्रीलाई अविलम्ब रिहा गर्न माग समेत गरेको छ। संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न हामी कांग्रेसले नेकपाका दुवै समूहलाई अपील पनि गरेको छ। 

कांग्रेस नेता रामचन्द्र पौडेल र गगन थापाले सामाजिक सञ्जालमा यसको विरोध गरेका छन्। पौडेलले रामकुमारी झाँक्रीको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप भएको बताएका छन्।  

‘सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर आफ्नो अधिनायकवादी चरित्र उदांगो पारेको छ’ पौडेलले लेखेका छन् ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप गरेको छ।’

नेपाली कांग्रेसका नेता गगन थापाले प्रश्न गर्नेलाई उहिले महाराजा र अहिले राष्ट्रपतिले रोकेको टिप्पणी गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा,अहिले राष्ट्रपति!’ 

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पनि झाँक्री पक्राउ गरेको विषयमा विरोध जनाएका छन्। बिहीबार सामाजिक सञ्जाल ट्विटरमा झाँक्री पक्राउको विरोधमा लेख्दै भट्टराईले केपी ओली नेतृत्वको सरकारको काल आएकै हो भन्दै प्रश्न गरेका छन्।

‘ओली सरकारले राष्ट्रपतिबारे विचार अभिब्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ!’, भट्टराईले लेखेका छन् ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ।’

राप्रपाका नेता कमल थापाले पनि झाँक्रीको पक्राउमा विरोध गरेका छन्। उनले अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्न नपाउने जिकीर गरेका छन्। त्यस्तै, साझा विवेकशीलका अध्यक्ष रविन्द्र मिश्रले पनि सरकारको यो कदमको विरोध गरेका छन्।

‘जब नेतृत्व गर्नेहरूले राजनीतिको स्तरलाई रसातलमा पुर्‍याउँछन्,न तिनको शब्दमा शिष्टता हुन्छ,न कर्ममा कानुन हुन्छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘यो राजनीतिलाई सफा नगरेसम्म घटना बदलिन्छ, प्रवृत्ति बदलिँदैन। झाँक्रीका शब्दभन्दा ओलीका कर्म बढी आपत्तिजनक छन्। उनलाई कानुन लाग्छ कि लाग्दैन?’

थप समाचार:

 

रामकुमारी झाँक्री पक्राउ परेपछि बाबुरामले भने- सरकारको काल आएकै हो ? 

प्रहरी नियन्त्रणमा रहेकी झाँक्रीले भनिन्- यो अन्तिम लडाईं हो

झाँक्रीको पक्राउ अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्तक्षेप : रामचन्द्र पौडेल

प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्री पक्राउ : प्रचण्ड

रामकुमारीलाई भेट्न अपराध महाशाखा पुगे नारायणकाजी र योगेश

‘राज्य विरुद्धको कसुर’ लाग्ने गरी गोरखामा के भनेकी थिइन् झाँक्रीले?

गगन थापाले भने- प्रश्न गर्नेलाई रोक्ने उहिले महाराजा, अहिले राष्ट्रपति ! 

रामकुमारी झाँक्रीलाई अपराध महाशाखा लगियो [तस्बिरहरू]

नेकपा नेता झाँक्रीविरुद्ध लगाइएको कसुर के, सजाय कति ?

हामीले कहिल्यै नखोसिने लोकतन्त्रका लागि लडेका थियौं : झाँक्री

रामकुमारी झाँक्रीले गिरफ्तारी दिइन्

रामकुमारी निवासमा प्रहरी र कार्यकर्ताको ठेलमठेल [तस्बिरहरू]

नेकपा नेता झाँक्रीलाई प्रहरीले पक्राउ पूर्जी थमायो, राज्य विरुद्धको कसुर

झाँक्री निवास : समर्थक आक्रोशित, प्रहरी अघि बढ्न सकेन

प्रहरीलाई रामकुमारीले भनिन्- ‘मलाई पक्राउ गर्ने हो भने पक्राउ पूर्जी लिएर आउनू’

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी निवास पुगेपछि नेताहरुको विरोध

रामकुमारीलाई पक्रन प्रहरी पुगेपछि नारायणकाजीले भने : ‘निरंकुश प्रवृत्तिले नाङगो व्यवहार देखायो, हामी यत्तिकै छोड्दैनौं’

नेकपा नेता झाँक्री निवासमा प्रहरी र नेकपा कार्यकर्ताबीच तनाव

नेकपा नेता झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि कार्यकर्ताको नाराबाजी

झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली पुग्यो निवासमा

रामकुमारी झाँक्रीलाई बोलायो प्रहरीले

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन
सम्बन्धित सामग्री
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन अध्यक्ष ओलीले शुक्रबार टोलीलाई बिदाइ गर्दै प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक निर्देशन दि... शुक्रबार, भदौ २६, २०८३
रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन गर्‍यो पार्टीको भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको रास्वपाले ज... शुक्रबार, भदौ २६, २०८३
अहिलेको सरकारले पहिलो प्रहार मधेशमाथि गरेको छ : प्रचण्ड शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै संयोजक प्रचण्डले मधेशी जनताले आशावादी भएर जिताएको रास्वपा नेतृत्वको सरकारले... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्