काठमाडौं– नेकपाको प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले महानगरीय अपराध महाशाखा लागेको छ।
आज दिउँसो आफ्नै निवासबाट गिरफ्तारी दिएकी झाँक्रीलाई महाशाखा लगिएको हो। उनलाई राज्यविरुद्धको कसुर गरेको अभियोग लगाइएको छ।
झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेपछि कार्यकर्ताले नाराबाजी गर्दै अवरोध गरेका थिए। झाँक्रीले पक्राउ पूर्जी मागेकी थिइन्। प्रहरी बिहान १० बजे उनको निवास पुगेको थियो।
अहिले अपराध महाशाखा बाहिर पनि प्रचण्ड–माधव पक्षका कार्यकर्ताले झाँक्रीको गिरफ्तारीविरुद्ध नारावाजी गरिरहेका छन्।
.jpg)

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।