काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले रामकुमारी झाँक्री पक्राउ परेको विषयमा विरोध जनाएका छन्।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमा झाँक्री पक्राउको विरोधमा लेख्दै भट्टराईले केपी ओली नेतृत्वको सरकारको काल आएकै हो भन्दै प्रश्न गरेका छन्।
‘ओली सरकारले राष्ट्रपतिबारे विचार अभिव्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ!’, भट्टराईले लेखेका छन्, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ। संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ?’
झाँक्री पक्राउ परेपछि प्रचण्ड-माधव पक्षीय नेकपासहित सबै दलले सरकारको विरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।