काठमाडौं- रामकुमारी झाँक्रीलाई प्रक्राउ गर्न प्रहरी उनको निवास पुगेपछि उनका समर्थकले चर्को नाराबाजी गरेका छन्। यतिबेला झाँक्री निवासअघि नेकपाका कार्यकर्ता, प्रहरी र मिडियाकर्मीको भीड छ।
झाँक्रीका समर्थकले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्का नाराबाजी गरेका छन्। उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीका रुपमा उनीहरु दुवै नचाहिएको बताएका छन्।
केही बेरअघि कार्यकर्ता र प्रहरीबीच झडप पनि भएको थियो। केही क्षणका लागि भएको झडप तत्कालै रोकिएको थियो।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।