काठमाडौं - काठमाडौंको सतुंगलमा मालबाहक ट्रक घरभित्र पस्दा तीन वटा पसल र एउटा स्कुटरमा क्षति पुगेको छ।
बागमती प्रदेश ०३-००१ ख ०९५३ नम्बरको मालबाहक ट्रक बिहीबार राति करिब ९ः१५ बजे घरभित्र पसेको प्रहरीले जनाएको छ ।दुर्घटनामा तीन वटा पसल र बागमती प्रदेश ०२-०५५ प ९१८२ नम्बरको विद्युतीय स्कुटरमा क्षति पुगेको जनाइएको छ।
घटनामा मानवीय क्षति भएका्े छैन । एक जना एक जना सामान्य घाइते भएका छन्।
प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।