काठमाडौं– सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका फरार प्रतिवादी बाबु थापा सर्लाहीबाट पक्राउ परेका छन् ।
जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थापालाई प्रहरीले बागमती नगरपालिका–स्थित मिलनचोकबाट पक्राउ गरेको हो ।
थापाको साथबाट दुई थान पेस्तोल, तीन म्यागजिन र १५ राउन्ड गोली बरामद भएको छ । उनीविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
थापा २०७१ सालमा पक्राउ परेका थिए । १८ जेठ २०६९ मा ललितपुरको यूएन पार्क क्षेत्रमा गोली हानी न्यायाधीश बमको हत्या गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।