काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज हुने पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने निधो गरेको छ ।
चितवनले खेलमा पाँच परिवर्तन गरेको छ । अर्जुन साउद, रन्जित कुमार, मौसम ढकाल, रवि बोपारा र डाविड मलान बाहिरिँदा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान मोस्ली र उसामा मिर खेल्दै छन् ।
कर्णाली याक्सले १ मात्र परिवर्तन गरी दीपेन्द्र रावतको स्थानमा सचिन शर्मा आएका छन् ।
चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ भने कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।