• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस

64x64
नेपाल लाइभ मंगलबार, असोज २७, २०८३  ०८:५०
1140x725

शारदीय नवरथा प्रारम्भ भइसकेको छ। आज दशैंको तेस्रो दिन। चन्द्रघण्टाको पूजा आराधना गरी मान्नेहरुले आफूहरुलाई देवी शरणमा समर्पित गरेका छन् र गरिरहेका छन्। दशैं अर्थात् विजया दशमी, हिन्दूहरुको महान पर्व। विजया दशमीअन्तर्गत प्रतिपदादेखि नवमी तिथिसम्म देवीको नौंवटै स्वरुपको पूजा सम्पन्नपश्चात दशमी तिथिका दिन हर्षोल्लासपूर्वक दशैंमा सहभागी हुनेछन्। पारम्परिक मान्यताअनुसार दशैंका दिन दुर्गा देवीको पूजा सम्पन्न गरी देवीको विदाई गर्ने गरिन्छ। दशमीका दिन देवीको यात्रा गर्ने मानिन्छ अर्थात् प्रस्थानको साइत। प्रस्थान— शुभकार्यका लागि।देवीको यही यात्रा प्रक्रियाबाट शुभयात्रा भन्ने प्रचलन प्रारम्भ भएको विश्वास गरिन्छ। दशैंका अवसरमा असल कर्मका दृष्टिले मानवले पनि सबै विध्न बाधाको अन्त्य गरेर एक जीवन यात्राको प्रारम्भ गर्नेछ, जो शुभ हुनेछ।  

दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वको महत्व यतिमा मात्र सीमित छैन। 

व्यवहारिक जीवनमा हेर्ने हो भने यस पर्वको महत्व परिवार जोड्नेसँग पनि छ। दशैंको अवसरमा प्रत्येक नेपाली आफ्‌नो परिवारमा एकत्रित हुन्छन् र एकअर्कामा समाहित हुन्छन्। टाढाटाढा रहेका परिवारका सदस्य एक ठाउँमा जम्मा हुन्छन् र सबै राग—द्वेष विर्सेर एकअर्काका लागि सहयोगी हात बढाउँदै भविष्यको नयाँ निर्माणमा सक्रिय हुन्छन्। परिवारका सदस्यको कल्याण र उन्नती सबैको अभीष्ट हन्छ। वास्तवमा यो पर्वले पारिवारिक सम्वादको वातावरण पनि निर्माण गर्दछ जहाँ सबै छलफलमा सहभागी हुन्छन्। दशैं पर्वले हामीलाई वर्षौदेखि पारम्परिकरुपमा यही पाठ पढाउँदै आएको छ। 

एउटा कुरा स्वीकार्नैपर्छ, यस पटकको दशैंमा आम जनतामा खासै उत्साह देखिएको छैन। गएको भदौ १० को भोटेकोसीको बाढीले उत्पन्न अप्रीय अवस्था र त्यसपछि यस पटकको दशैंको पहिलो दिन अर्थात हिजो (असोज २५) बुढी गण्डकीको बाढीले गोरखामा वितण्डा मच्चायो। यसभन्दा बाहेक पनि अन्य नदी नालामा बाढीको अवस्था उत्पन्न भएको छ। ती बाढीको प्रभावबाट प्रभावित जनताको परिवार अझैपनि बाढीको कहरबाट मुक्त हुन सकेको अवस्था छैन। यस्तोमा दशैंको उत्साहको अपेक्षा गर्न सकिँदैन।   

निश्चय पनि यो देश हामी सबै एकत्रित हुने साझा थलो हो र आमनेपाली जनता वृहत परिवारका सदस्य हुन्। प्राकृतिक कारणले एक ठाउँमा सकस भोगिरहेका नेपाली जनतामा राजनीतिकरुपमा पनि उत्साह छैन। पछिल्ला दिनमा दशैंले हामीलाई एकत्रित् हुन र एकअर्काको सुखदुःखमा एकाकार हुन किन सिकाउन सकिरहेको छैन ? दशैंले आफ्‌नो पारम्परिक महत्व किन निर्वाह गर्न सकिरहेको छैन र अर्थ गुमाउँदैछ ? यसपटकको दशैंले परिवार जोड्ने आफ्‌नो पारम्परिक महत्व कायम गर्न सकोस।

Ncell 2
Ncell 2
nimb
nimb

शान्तिका अग्रदूत बुद्ध र महाज्ञानी विदेहको भूमीका जनता अशान्तिका विरोधी हुन्। सारमा नेपालका आमजनता शान्तिकामी हुन्। तर दुर्भाग्य, यस भूमीको पछिल्लो कालखण्डको राजनीति अशान्त र स्वार्थी बन्न पुगेको छ। नेपाली राजनीतिकर्मीको अदूरदर्शिता र क्षणिक स्वार्थका कारण नेपाल र नेपाली प्रताडित बन्न पुगेकोमा शंका छैन। नेपालको पछिल्लो समयको अवस्था मूल्यांकन गर्ने हो भने अवस्था निकै कहालीलाग्दो छ। राजनीतिक दलबीच दूरी बढेको छ। जनस्तरको सम्बन्धको धाँजा फाटेको छ। जनता एकअर्कासँग टाढिएका छन्। फलतः राष्ट्रिय एकता कमजोर बन्न पुगेको छ भन्दा अस्वाभाविक हुँदैन। आफ्‌ना समस्याको समाधान नेपाल र नेपाली स्वयंले गर्न सक्नुपर्दछ। यसको विकल्प छैन।  

शान्तिका पक्षमा हामी स्वयंबाटै अग्रसरता लिइनुपर्छ। नेपाल र नेपालीका परिचय र पहिचानका सीमा खुम्चिँदै छन्। नेपालको राजनीति अहिले यही धारबाट निर्देशित छ भन्दा अतिशयोक्ति हुँदैन। मुलुकका सामु देखिएको अहिलेको जटील समस्याको समाधान नेपालीले गर्न सक्छन् र यसको प्रारम्भ विन्दू आपसी समझादारी बन्न सक्नुपर्छ। तर यसका लागि दलबीच समन्वय हुन नसक्नु दुखद छ। प्रश्न उठ्छ, आखिर दलहरु किन एक ठाउँमा आउन सकिरहेका छैनन ? देशको समस्या समाधान गर्न किन सबै एकमत छैनन ? किन सबै आफ्‌नै मूल्यमा मात्रै समस्याको सम्बोधन चाहन्छन् ? सबै शक्ति सबैतिर फर्केर समस्याको सम्बोधन हुन सक्दैन। यो यथार्थ थाहा हुँदाहुँदै पनि नेपाली राजनीतिक शक्तिहरु असाध्य समाधान खोज्ने नौटंकीमा किन व्यस्त छन् ? यी सबै प्रश्नका उत्तर देशवासीले चाहेका छन्। यी प्रश्नको उत्तरप्राप्तिमा दुर्गा भवानी सहायकसिद्ध हुन सकुन। यसै सन्दर्भमा संविधान संशोधन वा पुनर्लेखनको कुरा पनि उठेको छ। यो कार्य पनि दलहरूबीचको समझदारीविना सम्भव हुन सक्दैन। देशमा गत भदौको जेनजी आन्दोलनपछि विकसित नयाँ राजानीतिको उपस्थितिमा गत फागुनमा सम्पन्न संसदीय निर्वाचनमार्फत वालेन्द्र साहको नेतृत्वमा नयाँ शक्ति (रास्वपा)को सरकार अस्तित्वमा छ। सरकारले देश र जनताको समस्यालाई सम्बोधन गर्ने सन्दर्भमा प्रयास त गरेकोजस्तो देखिन्छ तर सकारात्मक परिणाम अझै पनि प्राप्त हुन सकिरहेको छैन। माथि पनि चर्चा गरियो दलहरूबीच शौर्हाद्रपूर्ण सम्बन्ध कायम हुन सकेको देखिएको छैन। तिनका बीचमा अझै दूरी बढेकोजस्तो देखिएको छ। वास्तवमा यो अवस्थाले देश र जनतालाई सही दिशामा निर्देशित गर्न सक्दैन।      

अहिले नेपाली राजनीति बडो सकसमा छ। जनताका आकांक्षा समस्याग्रस्त छन्। दलबीचको दुरी कम हुन सकोस। जनस्तरको खाडल पुरिन सकोस। आपसमा सम्वादको वातावरण निर्माण हुन सकोस। दशैंका अवसरमा आमनेपाली एकअर्कामा समाहित हुन सकुन। यति हुनसके जस्तोसुकै समस्या पनि समाधान हुन सक्छ र देश जोडिन सक्छ। यसपटकको दशैंले राष्ट्रिय एकता प्रवद्र्धन गरी देशका सबैखाले समस्याको समाधान गर्न शक्ति प्रदान गर्न सकोस। अबको यात्रा सुखद हुन सक्नुपर्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो कार्य मौखिक शुभकामना आदान—प्रदानबाटमात्र सम्भव छैन। यसका लागि सबैले मन वचनले प्रयास गर्नु अपेक्षित छ। नेपाली राजनीतिमा पछिल्लो दिनमा अरुलाई दोष पन्छाएर आफू ओभानो हुने प्रवृत्ति मौलाएको छ। यो गलत हो। ठीकलाई ठीक र गलतलाई गलत भन्न सक्ने आँट जबसम्म नेपाली दल र नेताले गर्दैनन् तबसम्म राष्ट्रका समस्या सहजै समाधान नहुने पक्का छ। दुःखका साथ भन्नुपर्छ, नेपाली दलहरु यसका लागि तयार छैनन्। नेपाली दलहरुका कारण अहिले समग्र नेपाली मानसिकता विभाजनको सँघारमा पुगेको छ । वर्षौदेखि एक भूमीमा मिलेर बसेका नेपाली जनता एक अर्कासँग टाढिन पुगेका छन् जो देशको दीर्घकालीन हीतका लागि हानिकारक छ र दुखपूर्वक भन्नुपर्छ, यो अवस्थाको निर्माकर्ता नेपाली दलहरु हुन्। दशैंले नेपाली दल र नेतालाई सद्बुद्धि प्रदान गर्न सकोस र अहिलेको विषम अवस्थालाई सहज बनाउन भूमिका निर्वाह गर्न सकोस। सबैलाई यही नै शुभकामना।  

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  ०८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
अडियो कान्ड : खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्