• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ?

विपिन अधिकारी, बरिष्ठ अधिवक्ता शुक्रबार, असोज २३, २०८३  ०९:२९
1140x725

म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। 

प्रत्येक न्यायाधीशको विषयगत ज्ञान, दक्षता तथा अनुभवका आधारमा उपयुक्त मुद्दा वा इजलास तोकिनुपर्छ। जसरी हामी आफ्नो रोग वा बेथाअनुसार योग्यतम डाक्टर, निर्माणको प्रकृतिअनुसार इन्जिनियर तथा वस्तु र सेवाको प्रकृतिअनुसार आपूर्तिकर्ता छनोट गर्छौँ, त्यसरी नै न्याय माग्न अदालत जाने निवेदकले पनि उपयुक्त र योग्य न्यायाधीशबाट न्याय पाउने अधिकार राख्छ। 

खेतअनुसार नै बीउ छर्ने हो। त्यसैले उपयुक्त न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रियामा मुलुकको प्रधानन्यायाधीशले नेतृत्व दिनु सबैभन्दा राम्रो न्यायिक अभ्यास हो भन्ने कुरामा मलाई कुनै द्विविधा छैन। तर त्यसका लागि प्रधानन्यायाधीश सबै दृष्टिले स्वतन्त्र, निष्पक्ष, विवेकशील तथा सक्षम हुनुपर्छ। प्रधानन्यायाधीशमाथि ‘बेन्च सपिङ’, पक्षपात वा न्याय अवरुद्ध गरेको आरोप लाग्ने अवस्था सिर्जना हुनु न्यायपालिकाकै लागि दुर्भाग्यपूर्ण हो।

Ncell 2
Ncell 2
nimb
nimb

अन्य महत्त्वपूर्ण प्रक्रियागत सुरक्षाको व्यवस्था नगरी मुद्दाहरू न्यायाधीशहरूलाई गोला प्रथाबाट अर्थात् लटरी प्रणालीमार्फत बाँड्ने व्यवस्था सबैभन्दा अविवेकपूर्ण र निकृष्ट व्यवस्थामध्ये एक हो। यसका कमजोरीहरू अनेक छन्। उपयुक्त मुद्दा उपयुक्त न्यायाधीशसमक्ष पुग्नुपर्छ। अत्यन्त जटिल कर, संवैधानिक, वाणिज्य, बौद्धिक सम्पत्ति वा अन्य प्राविधिक प्रकृतिका मुद्दा आवश्यक विशेषज्ञता नभएको न्यायाधीशको इजलासमा पर्नु जुनसुकै पक्षका लागि पनि जोखिमपूर्ण हुन सक्छ। यसले न्यायिक कार्यक्षमता घटाउन सक्छ र न्याय दिनुपर्ने प्रक्रियाबाटै अन्याय हुन सक्छ। त्यस्तै, स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) का अनेक दृष्टान्त छन्। न्याय सम्पादनलाई हल्का रूपमा लिन सकिँदैन। यी सबै पक्षमा प्रधानन्यायाधीशले ध्यान दिनैपर्छ।

तर हामीकहाँ यस विषयमा निरन्तर प्रश्न उठिरहेकाले मध्यमार्गी उपाय पनि अपनाउन सकिन्छ। कुन मुद्दा कुन न्यायाधीश वा न्यायाधीशहरूको इजलासले हेर्ने भन्ने विषय अदालतको आन्तरिक न्यायिक तथा प्रशासनिक प्रक्रियाअन्तर्गत पर्छ। ऐतिहासिक रूपमा यस सम्बन्धमा सबैभन्दा स्पष्ट सार्वजनिक व्याख्या बेलायती सर्वोच्च अदालतकी पूर्वप्रमुख न्यायाधीश लेडी हेलले गरेकी थिइन्। उनका अनुसार, सुरुमा लिस्टिङ अफिसरले सुनुवाइ हुने मुद्दाहरूको सूची तयार गरी सुनुवाइको मिति निर्धारण गर्छन्। त्यसपछि रजिस्ट्रारले मुद्दाको विषयवस्तुसँग सम्बन्धित उपयुक्तता, विशेषज्ञता नभएका न्यायाधीशहरूको पालो वा रोटेसन तथा आंशिक रूपमा गोलाप्रथासमेतलाई आधार मानेर प्रस्तावित इजलास गठन गर्छन्। त्यसपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा उपप्रधानन्यायाधीशले प्रस्तावित इजलासमाथि विचार गरी स्वीकृति दिन्छन्। अन्तिम जिम्मेवारी भने प्रधानन्यायाधीशमै निहित हुन्छ। यस्तो व्यवस्था अपनाएर हामीले पनि आवश्यक सन्तुलन कायम गर्न सक्छौँ।

Xtrem
Xtrem

यही कारणले कतिपयले न्यायाधीशहरूका लागि पूर्ण रूपमा अनियमित छनोट (फुल र्‍यान्डमाइजेसन) मात्र होइन, पूर्वनिर्धारित वस्तुगत मापदण्डका आधारमा मुद्दा बाँडफाँट गर्ने प्रणालीलाई समेत उपयुक्त विकल्पका रूपमा स्वीकार गर्छन्। त्यसैले संस्थागत रूपमा बलियो मोडेल ‘नियन्त्रित अनियमित बाँडफाँट’ (कन्ट्रोल्ड र्‍यान्डम एलोकेसन) हुन सक्छ। यसको अर्थ, पहिले कानुन वा सार्वजनिक नियममार्फत कुन प्रकृतिका मुद्दाका लागि कुन न्यायाधीशहरू योग्य हुन्छन् भन्ने मापदण्ड र योग्य न्यायाधीशहरूको समूह निर्धारण गर्ने—जस्तै, संवैधानिक, वाणिज्यिक वा फौजदारी मुद्दाका लागि। त्यसपछि सम्बन्धित योग्य समूहभित्रबाट कम्प्युटर प्रणाली वा गोलाप्रथामार्फत स्वतः न्यायाधीश छनोट गर्ने। यस्तो व्यवस्था कार्यान्वयन गर्न कठिन छैन।

कुनै अपवाद आवश्यक परेमा प्रधानन्यायाधीशले त्यसको कारण लिखित रूपमा अभिलेख गर्ने र निर्णय सार्वजनिक रूपमा परीक्षण गर्न सकिने व्यवस्था सुनिश्चित गर्नुपर्छ। साथै, उनले सम्पूर्ण प्रक्रियाको सुपरिवेक्षण पनि गर्नुपर्छ। त्यसैले प्रधानन्यायाधीशले पूर्णतः आफ्नो विवेकमा न्यायाधीश छनोट गर्ने प्रणालीभन्दा संस्थागत रूपमा सुरक्षित र पारदर्शी व्यवस्था, अनि सबै न्यायाधीशलाई सबै मुद्दामा कुनै मापदण्डबिना पूर्णतः अनियमित रूपमा छनोट गर्ने प्रणालीभन्दा वस्तुगत मापदण्ड र अनियमित छनोटको संयोजनमा आधारित व्यवस्था अझ राम्रो संस्थागत डिजाइन हुन सक्छ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  ०९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ?
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्