काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित स्पष्टीकरण दिएका छन्। उनले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन्।
एक महिलासँग आपत्तिजनक लाञ्छना लगाएको र धम्कीपूर्ण भाषा प्रयोग गरेको दाबीसहितको अडियो सार्वजनिक भएपछि सुनार विवादमा परेका थिए। उक्त अडियोबारे प्रश्न उठेपछि पार्टीले उनीसँग स्पष्टीकरण मागेको थियो।
रास्वपा केन्द्रीय अनुशासन आयोगले मंगलबार सुनारलाई पत्र पठाउँदै प्रकरणबारे लिखित प्रतिक्रिया दिन भनेको थियो। त्यसको जवाफमा सुनारले आफ्नो धारणा आयोगसमक्ष प्रस्तुत गरेका हुन्।
स्रोतका अनुसार सुनारले जवाफमा आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन्। आयोगले उनको लिखित जवाफमाथि के निर्णय गर्छ भन्नेबारे भने थप विवरण सार्वजनिक भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।