काठमाडौं – सरकारले भूमि सम्बन्धी अध्यादेश ल्याउने तयारी थालेसँगै यसको विरोध सुरु भएको छ ।
प्रमुख विपक्षी दल नेपाली काँग्रेसले अध्यादेश नल्याउन र संसद्मार्फत विधेयक ल्याउन माग गरेको छ । शुक्रवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको तर्क गर्दै यो कानुनमन्त्री सोविता गौतमले उठाएको अजेण्डा विपरित हुने बताइन् ।
‘‘अहिलेको हाम्रो वर्तमान कानून मन्त्रीज्यु आफैँले हिजो राख्नुभएको संसोधन, हिजो राम्रो हिजो राइट हुने, आज त्यही संशोधन रङ हुने किन भन्ने कुराहरू पनि उब्जिएको छ’ उनले भनिन्– हिजो यही भूमिसम्बन्धी अध्यादेश ल्याउँदा पनि काँग्रेसले विरोध नै जनाएको थियो । यसलाई दफादार रूपमा छलफलमा ल्याएर, सदनबाट छलफल गरेर अगाडि बढाउनुपर्छ भन्नेमा अडिग थियौँ र आज पनि काँग्रेस यो भूमिसम्बन्धी अध्यादेश रोकेर सदनबाट छलफल गरेर अगाडि बढाउनुपर्छ भन्ने अडान राख्दछ ।’
अध्यादेशभन्दा संसदको सार्वभौम मञ्चबाटै वृहत छलफल गरी कानून निर्माण गर्नु उचित हुने उनको भनाई थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।