काठमाडौं- नेकपाको प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीले ‘प्रतिगमन’विरुद्धको अन्तिम लडाईं भएको बताएकी छन्।
प्रहरी हिरासतमा रहेकी झाँक्रीले सामाजिक सञ्जार ट्विटरमा लेखेकी छन्,‘यो अन्तिम लडाईं हो।आफ्नो ठाउँमा डटौं।’
राज्य विरूद्धको कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसार पक्राउ पूर्जी जारी गरी उनलाई बिहीबार दिउँसाे निवासबाटै गिरफ्तार गरिएको थियो। उनलाई प्रहरीकाे महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको छ।
झाँक्रीलाई उनकै निवास शंखमुलबाट प्रक्राउ गरिएको थियो। प्रहरीले प्रक्राउ गर्ने भएपछि प्रचण्ड–माधव पक्षका कार्यकर्ता विरोधमा उत्रेका थिए।
महाशाखा रहेकी झाँक्रीलाई नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र योगेश भट्टराईले भेटेका छन्। झाँक्रीलाई पक्राउ गरिएपछि नेकपाको प्रचण्ड-माधव पक्ष र नेपाली कांग्रेसका केही नेताहरूले विरोध जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।