काठमाडौं– नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई अन्तत: प्रहरीले पक्राउ पुर्जी थमाएको छ। बिहान पूर्जी नलिइ गएको प्रहरीसँग आफू नआउने जवाफ दिएपछि उनलाई पूर्जी थमाइएको हो।
उनलाई राज्य विरुद्धको कसुरमा पक्राउ गर्न लागिएको प्रहरीको पक्राउ पूर्जीमा उल्लेख छ। उनले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी थिइन्।
उनले सार्वजनिक पदधारण गरेको व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रता रहेको र त्यही अनुसार आफूले बोलेको दाबी गरिरहेकी छिन्। उनलाई राष्ट्रपति विरुद्ध दिएको अभिव्यक्तिामा बिहान १० बजे प्रहरी कार्यालय उपस्थित हुन भनिएको थियो। तर, उनी उपस्थित नभएपछि प्रहरी लिन निवासमा पुगेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।