काठमाडौं- नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा नेता रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेकाे विषयमा निरंकुश प्रवृत्तिले नाङगो व्यवहार देखाएको बताएका छन्।
‘निरंकुशताले नांगो प्रवृत्ति देखायो। हामी त्यस्तालाई यत्तिकै छोड्दैनौं’, नेपाल लाइभसँग कुरा गर्दै श्रेष्ठले भने, ‘नेपालको संविधानले प्रदत्त गरेको अभिव्यक्ति स्वतन्त्रतामाथि बुजो लगाउने दुस्साहस गरिएको छ। लोकतन्त्रका लागि संघर्ष गर्ने नेपाली जनताले त्यस्ता निरंकुश प्रवृत्तिलाई कुनै हालतमा छोडने छैनन्।’ हरेक सरकारले देखाउने यस्ता प्रवृत्तिको अन्त्य गरेरै छोड्ने श्रेष्ठले बताए।
‘प्रहरीले गोरखामा राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएकाले सोधपुक्षका लागि बोलाएको भनिएको छ’ श्रेष्ठले भने, ‘यो प्रतिगमनलाई परास्त गर्ने प्रक्रियासँग जोडिएको श्रृंखला हो। हामी त्यतिकै छोड्दैनौं, परास्त गरेरै छाड्ने छौ|।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।