• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २९, २०८३ Mon, Jul 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘राज्य विरुद्धको कसुर’ लाग्ने गरी गोरखामा के भनेकी थिइन् झाँक्रीले?

64x64
नेपाल लाइभ बिहीबार, माघ २९, २०७७  १४:१३
1140x725

काठमाडौं- राज्य विरुद्धको कसुरमा नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले बिहीबार दिउँसो गिरफ्तार गरेको छ।

झाँक्रीले केही समयअघि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर दिएको विवादास्पद अभिव्यक्तिको आलोचना हुँदै आएको थियो। तर, उनले पदको लिंग नहुने र सार्वजनिक पदमा बसेको व्यक्तिको आलोचना गर्न पाइने बताउने गरेकी थिइन्। प्रहरीले भने सोही अभिव्यक्तिका लागि सोधपुछ गर्न बिहीबार महानगरीय अपराध महाशाखामा उपस्थित हुन भनिएको थियो। 

बिहीबार बिहान प्रहरी झाँक्रीलाई पक्राउ गर्न उनकै निवास पुगेको थियो। तर, प्रहरीले पक्राउ पूर्जी नलगेका कारण झाँक्रीले गिरफ्तारी दिन अस्वीकार गरेकी थिइन्। पछि प्रहरीले पक्राउ पूर्जी उपलब्ध गरायो र झाँक्रीले छोटो सम्बोधनसँगै गिरफ्तारी दिइन्।

गिरफ्तारीअघि झाँक्रीका समर्थकले चर्को नाराबाजी गरेका थिए। उनीहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध नारा लगाए।

प्रहरीले राज्य विरुद्धको कसुर अन्तर्गत दफा ५८ को कसुरको अनुसन्धानको सिलसिलामा तत्काल पक्राउ गर्नुपरेको पूर्जी थमाएको थियो। मुलुकी फौजधारी अपराध संहिताको उक्त दफामा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने व्यवस्था रहेको छ। यसो गरिए सात वर्ष कैद र सत्तरी हजारसम्म जरिवाना हुने उल्लेख छ।

यस्तो छ दफा ५८ 
राष्ट्रपति वा संसदलाई धम्की दिन नहुनेः (१) कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। 

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि 'संसद' भन्नाले नेपालको संविधान बमोजिमको संघीय संसद र प्रदेश सभा सम्झनु पर्छ र सो शब्दले व्यवस्थापिका–संसदलाई समेत जनाउँछ।

nimb
nimb
Ncell 2
Ncell 2

झाँक्री गिरफ्तारीको कारण केही दिनअघि गोरखामा उनले गरेको सम्बोधन हो। जसमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएकी थिइन्। जसको भिडिओ सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो।

के बोलेकी थिइन्, झाँक्रीले?
माघ १६ गते नेकपा गोरखाको सिरानचोक गाउँ कमिटीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै झाँक्रीले राष्ट्रपति भण्डारीको आलोचना गरेकी थिइन्। उनले राष्ट्रपतिको अहिलेको भूमिका र उनको उदयलाई समेत जोडेर तत्कालीन एमालेको सांस्कृतिक अभ्यास त्रुटीपूर्ण भएको औंल्याएकी थिइन्। उनका शब्द यस्ता थिए-

राष्ट्रपतिको कुरा त के गर्नु? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ, अस्ति निर्वाचन आयोगको प्रतिवेदन बुझ्दै। म बडामहारानीलाई यहीँ गोरखाबाटै सन्देश दिन चाहन्छु- निर्वाचनको तयारीका लागि कारगेट छाडेर, सुख सुविधा, ऐस आराम, शीतल निवास छाडेर पहिला कोटेश्वरमा आउनुस्। चावहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुनेको थिएँ। होइन भने बालकोटै गए पनि हुन्छ। र, नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो, त्यसको तयारी गरेर सन्देश पठाउनुस्। तपाईंसँग म पनि अलि भारी हुन्छ होला। यही रेखा लोप्चनलाई चुनाव लडाउँछौं र हराउँछौं। तपाईंका लागि म पनि भारी हुन सक्छु।

त्यसकारण बडामहारानीले हामीले प्राप्त गरेका, हामीले संघर्ष गरेर ल्याएका अधिकारहरुमाथि गिद्देदृष्टि लगाएर एउटा गुटको, खास गुटको मान्छेको तुष्टि फेर्नका लागि गरिएका असंवैधानिक कदम किमार्थ पनि स्वीकार्य हुन सक्दैन।

त्यसकारण यो नेकपा एमालेले २०५० सालमा गरेको भुल थियो। यहाँ अन्यथा नहोस्। तमाम दिदीबहिनी हुनुहुन्छ, शहीद परिवार हुनुहुन्छ। यहाँहरुलाई भन्न खोजेको होइन। मदन भण्डारीको हत्या पछाडि सेतो साडी लाएर जुन शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको थियो, नेकपा एमालेले। त्यसको प्रतिउत्पादन हो, विद्या भण्डारी। आज यो संविधानको चीरहरण गर्ने कारण बनेको छ। त्यसकारण संस्कृति पनि सही हुनुपर्ने रहेछ। धरानमा हामीले चुनाव हार्नुको कारण पनि त्यही हो। धरानमा मेयर बिरामी भएर बित्नुभयो। मेयरका श्रीमतीलाई टिकट नदिए बापत भनेर भोट हालेनन्। र, कांग्रेसले जित्यो। सेन्टिमेन्टको, इमोसनल ब्ल्याकमेलिङको राजनीति पनि बन्द गर्नुपर्ने हुन्छ।

राजनीति विचारधाराकै गर्नुपर्दोरहेछ। त्यसकारण जब विचार सिद्धिन्छ। कपाल देखाएर, नाक देखाएर, छाला देखाएर, लुगा देखाएर जब राजनीति गरिन्छ नि, पुग्ने त्यहीँ हो। त्यसबाट आउने चिज पनि त्यही हो। त्यसैले हामीले गलत काम गरेकै कारणले, नारायणकाजी कमरेडलाई पनि थाहा छ, दोस्रो पटक विद्या भण्डारीलाई राष्ट्रपति नबनाऔं भनेर सचिवालयका नेताहरुलाई, सबैको घरमा देउसी खेल्न गएको हामी। उहाँहरुले कानमा तेल हाल्नुभयो। त्यतिञ्जेलसम्म उहाँहरुको विद्या भण्डारीले केही बिगारेको थिएन। हाम्रो पनि त बिगारेको थिएन। अब थाहा पाउनुभयो। त्यसकारण उहाँहरुभन्दा हामी नै दूरदर्शी थियौं भन्ने त प्रमाणित भयो नि! सबै नेता कमरेडकोमा गएको हामी। एउटा सेरोमोनियल पदमा मान्छे दोहोर्‍याइ/तेहर्‍याइ किन राख्ने?

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १४:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन
राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित पार्न आयोगको प्रस्ताव
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
सम्बन्धित सामग्री
‘मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारको प्राथमिकता’ : मन्त्री चौधरी चितवन भ्रमणका क्रममा प्रभावित परिवारसँग भेट गर्दै उनले द्वन्द्व न्यूनीकरणका लागि आवश्यक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने उल्... आइतबार, असार २८, २०८३
विमानस्थलको निषेधित क्षेत्रमा कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईँलाई प्रहरीले घर पठायो जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार प्रसाईँले विमानस्थल परिसरमै सार्वजनिक कार्यक्र... आइतबार, असार २८, २०८३
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे उनले सुकुमबासीको सुरक्षित व्यवस्थापन गर्ने भन्दै प्रधानमन्त्री बालेनले गरेको सार्वजनिक प्रतिबद्धताप्रति पनि प्रश्न उठाएका छन् । आइतबार, असार २८, २०८३
ताजा समाचारसबै
‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन सोमबार, असार २९, २०८३
राष्ट्रिय गौरवका आयोजना १० वटामा सीमित पार्न आयोगको प्रस्ताव सोमबार, असार २९, २०८३
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता सोमबार, असार २९, २०८३
गणेश नेपालीको परिवारले प्रहरीमा जाहेरी दिंदै सोमबार, असार २९, २०८३
इकोमा सडक भासिँदा तातोपानी नाका ठप्प सोमबार, असार २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्‍यो आक्रमण आइतबार, असार २८, २०८३
नेपालले दियो २०० रनको लक्ष्य, साना-सावित्राको 'कीर्तिमानी' ब्याटिङ आइतबार, असार २८, २०८३
विश्वकपको सेमिफाइनल समीकरण पूरा  : उपाधि होडमा महाशक्तिबिच नै हुने भयो भिडन्त आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्