काठमाडौं– वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरेर आवश्यक कदम चालन बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ।
प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू छलफल गरेकी हुन्।
करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए। सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो।
बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेको बताए।
उनले भने, ‘विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन्। आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्। राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौँ। सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ।’
उनले सबैसँग संवादबाटै समस्याको समाधान गर्न सरकारले चाहेको बताए। अहिलेको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत भइदिन पनि आन्दोलनरत पक्षलाई आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।