काठमाडौं– काठमाडौंको अनामनगरस्थित एक स्टुडियोमा युवतीले आत्मदाह प्रयास गरेकी छिन् । शनिबार दिउँसो स्टुडियोमै युवतीले आफूलाई जलाउनका लागि पेट्रोल खन्याएकी थिइन् ।
अन्दाजी ३० वर्षीया नितु पौडेलले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
एसपी भट्टराईका अनुसार, पौडेलसहित अर्का एक युवक पनि घटनामा घाइते भएका छन् । धन बहादुर गिरी नाम गरेका युवकसहित पौडेललाई अहिले कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको उनले बताए ।
‘महिलाले आफैंलाई जलाउने प्रयास गरेको भन्ने खबर पाएपछि हाम्रो टोली पुगेको थियो, अहिले अस्पताल लगिएको छ,’ एसपी भट्टराईले भने । उक्त स्टुडियो गायक बबुल गिरीको रहेको बुझिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।