काठमाडौं । अनुमतिबिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेनजी युनाइटेडका सदस्यहरु रहेको बताईएको छ । उनीहरु प्रशासनबाट अनुमति नलिइ त्यहाँ पुगेका थिए ।
स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौँले जनाएको छ । नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन् । यो समूहले दुई दिनयता प्रदर्शन गर्दै आएको थियो ।
जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरुले स्वतन्त्र रुपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति माग्दा नपाएको बताए । प्रहरी प्रशासनले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक नभएको उनको भनाइ छ ।
'हामी जेनजी एकजुट हुनुपर्छ भन्ने सकारात्मक भावसहित जाऔं भनेको लागेका हौँ । तर हामीलाई रोकियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएनौं, दिइएन,' उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।