काठमाडौं- आत्मदाह प्रयास गरेकी गायिका नीतु पौडेलको निधन भएको छ ।
शुक्रबार बिहान कीर्तिपुस्थित बर्न अस्पतालमा उनकाे निधन भएको हो ।
गत कार्तिक १ गते अनामनगरमा नीतुले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी थिइन् । जलेर गम्भीर घाइते भएकी उनकाे शुक्रबार निधन भएको प्रहरीले जनाएको छ ।
नीतु गायक तथा संगीतकार बाबुल गिरीसँग लामो समयदेखि प्रेम सम्बन्धमा थिइन् । विवाहको विषयमा विवाद भएपछि उनले गिरीको एरेन्ज स्टुडियो अनामनगरमा आत्मदाह प्रयास गरेकी थिइन् ।
नीतुकाे मृत्युपछि उनकाे परिवारले बाबुलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दर्ता गरेकाे छ। प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता भएको प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।