काठमाडौं– नेकपा नेता रामकुमारी झाँक्रीलाई महानगरीय प्रहरी अपराध महाशाखाले सोधपुछका लागि बोलाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध अभिव्यक्ति दिएको विषयमा छलफलका लागि महाशाखाका एसएसपी दीपक थापाले बताए।
प्रहरीले सोधपुक्षका लागि भन्दै फोन गरेर बोलाएको झाँक्रीले बताइन्। ‘मलाई प्रहरीले सोधपुक्षका लागि बोलाएको छ । विषय भनिएको छैन। शिर्ष नेताहरुसँग सल्लाह गरेर जाने वा नजाने भन्ने विषयमा निर्णय गर्छु’ झाँक्रीले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।