काठमाडौं- नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन्।
आफ्नो अभिव्यक्तिलाई लिएर प्रहरी आएपनि उनले अभिव्यक्ति स्वतन्त्रता रहेको र त्यही अनुसार आफूले बोलेको दावी गरेकी छन्।
तपाईंलाई १० बजे बिहान बोलाएको थियो नि ? भनि पत्रकारले सोधेको प्रश्नमा उनले फोनमा बोलाएर नहुने भन्दै पूर्जी चाहिने बताइन्। उनले गोरखामा दिएको एक अभिव्यक्तिलाई लिएर प्रहरीकाे साइबर ब्युरोले अनुसन्धानका लागि नियन्त्रणमा लिन निवासमा पुगेको थियो ।
गैरकानूनी हिसाबले जान नसक्ने तर, कानूनी रुपमा पक्राउ पूर्जी दिएमा जान तयार रहेको बताइन्। राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएका थिए। झाँक्रीले पनि त्यो स्वीकार गरिन्।
‘राजनीतिक मुद्दा हो। सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ उनले भनिन्, ‘पक्राउ पूर्जी लिएर आउनुस् भनेको छु।’ उनले आफू त्यसै नजाने अडानमा रहेको बताइन्। आफ्ना कार्यकताहरुले उनलाई साथ दिएको अवस्थामा उनले गैरकानूनी पक्राउको पक्षमा नरहेको बताइएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।