• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे

किरिया बसेका कुँवर अझै फरार
64x64
नारायण अधिकारी आइतबार, फागुन २०, २०८०  १८:०५
1140x725

काठमाडौं– नक्कली कागजात बनाएर भिजिट भिसामा सेटिङमार्फत् विभिन्न मुलुकमा मान्छे पठाउने काममा संलग्न रहेको आरोप लागेपछि फरार भएका ६ अध्यागमन अधिकृत सुटुक्क अदालतमा उस्थित हुँदै धरौटीमा छुटेका छन्।

प्रहरीले अनुसन्धान सुरु गरेपछि पक्राउ पर्ने डरले ७ जना अध्यागमन अधिकृतहरु फरार भएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा विभिन्न समयमा कार्यरत रहेका ७ अध्यामगन अधिकृत फरार रहेपछि उनीहरुलाई फरार प्रतिवादी बनाउँदै जिल्ला अदालतमा काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो।

गत मंसिर २६ गते अध्यागमन अधिकृत नरवीर खड्कालाई भिजिट भिसामा सेटिङ गरेवापत २ लाख रुपैयाँ घुस लिँदै गर्दा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। अध्यागमन अधिकृत खड्का पक्राउ परेपछि आफूहरु पनि तानिने भन्दै ७ जना अध्यागमन अधिकृतहरु फरार भएका थिए।

फरार हुनेहरुमा अध्यागमन अधिकृतहरु ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो थिए। उनीहरुसहित जम्मा २२ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

त्यतिबेला जम्मा १० जना पक्राउ परेका थिए। अध्यागमन अधिकृत नरवीर खड्कासँगै अरुण दाहाल, सरोजकुमार यादव र काभ्रे घर भएका निमा छिरिङ ट्राभल्स एजेन्सीका सञ्चालक मनोज तामाङलाई माघ २३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलमणि गौतमका इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो।

त्यसैगरी पक्राउ परेका गीता शाहसँग ५ लाख रुपैयाँ, पदम लामासँग १ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७/७ लाख र रविन अर्याललाई १ लाख रुपैयाँ धरौटी रिहा गर्न आदेश दिएको थियो। प्रहरी अनुसन्धान सुरु भएपछि मंसिर देखि फरार रहेका वहालवाला कर्मचारी भने तीन महिनापछि फागुनमा अदालतमा उपस्थित हुँदै सुटुक्क रिहा भएका हुन्।

उनीहरु फागुन ९ गतेदेखि १६ गतेसम्म लगातार १/१ जनाको दरले अदालतमा उपस्थित हुँदै रिहा भएको पाइएको छ। फागुन ९ गते न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले एक जना अध्यागमन अधिकृतलाई धरौटीमा रिहाका लागि आदेश गरेको थियो।

एक जना अध्यागमन अधिकृत धरौटीमा रिहा भएपछि भोलिपल्ट फागुन १० गते अर्का अध्यागमन अधिकृत अदालतमा उपस्थित भएका थिए। फागुन १० गते न्यायाधीश दीनबन्धु बरालको इजलाले अर्का अध्यागमन अधिकृतलाई पनि धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। त्यसपछि फागुन १३ गते अर्का फरार अध्यागमन अधिकृत अदालतमा उपस्थित भएका थिए। न्यायाधीश डा राजेन्द्रकुमार आचार्यलको इजलासले ती अध्यागमन अधिकृतलाई पनि धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसको भोलिपल्ट फागुन १४ गते अर्का अध्यागमन अधिकृत अदालतमा उपस्थित भएका थिए। न्यायाधीश शिवलाल पाण्डेयको इजलासले उनलाई पनि धरौटीमा रिहाका लागि आदेश दिएको थियो।

यसको भोलिपल्ट फागुन १५ गते फेरि कपिलमणि गौतमकै इजलासले अर्का अध्यागमन अधिकृतलाई धरौटीमा रिहाका लागि आदेश दिएको थियो। यसको भोलिपल्ट फागुन १६ गते अर्का अध्यागमन अधिकृत अदालतमा उपस्थित भएका थिए। उनलाई न्यायाधीश पदमराज पाण्डेयको इजलासले धरौटीमा रिहा लागि आदेश दिएको थियो।

अदालत स्रोतका अनुसार उनीहरु सबै जना जनही ७ लाख धरौटीमा रिहा भएका हुन्। फरार रहेका ७ जना अध्यागमन अधिकृत मध्ये अब ताराबहादुर कुँवर मात्रै अदालतमा उपस्थित हुन बाँकी छ। पक्राउपुर्जी जारी भए पनि उनी किरियामा रहेको भन्दै प्रहरीले त्यतिबेला पक्राउ गरेको थिएन। पछि उनी किरिया सकिनासाथ फरार भएका थिए।

भिजिट भिसामा विदेश जाने व्यक्तिहरुका शंकास्पद कागजातहरु देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले अनुसन्धानका लागि भन्दै अपराध अनुसन्धान कार्यालयमा सुरुमा १ हजार ३२ थान कागजात पठाएको थियो। ती कागजात भेरिफाइ गर्ने क्रममा नक्कली भेटिएपछि नक्कली कागजात बनाउने र सेटिङमा विदेश पठाउने गिरोहमाथि प्रहरी अपरेशन चलाएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृति, प्लस टुको सर्टिफिकेट, नक्कली नाता प्रमाणित कागजातहरु, कोभिडको नक्कली रिपोर्ट, नक्कली बैंक स्टेटमेन्ट, लगायतका कागजातहरु नक्कली बनाएर गिरोहले सेटिङमा भिजिट भिसामा विदेश पठाउने गरेको थियो।

अहिलेसम्म यो प्रकरणमा अध्यागमन विभागका अधिकृत, वायु सेवा निगमका कर्मचारी, प्रहरी, नेपाल एअर लाइन्सका कर्मचारी र ट्राभल्स एजेन्सीका कर्मचारी संलग्नता रहेको खुलेको थियो। २२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको थियो। उनीहरुविरुद्ध लिखत कीर्ते र संगठित अपराधविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्