सुनसरी - सुनसरीको इनरुवा नगरपालिका-९ पोखरी चोक नजिकैबाट प्रहरीले ४ सय ६० केजी गाँजासहित स्कारपियो गाडी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता चन्द्र खड्काका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले बा ३ च ५५८५ नम्बरको स्कारपियोमा राखिएको १६ बोराबाट ४६० केजी गाँजा बरामद गरिएको हो ।
इनरुवाबाट जाल्पापुरतर्फ जाँदै गर्दा नहर चोक नजिक रोक्न खोज्दा चालक गाडी छोडेर फरार भएपछि अस्थायी प्रहरी चौकी साम्बलाबाट खटिएको टोलीले गाडी नियन्त्रणमा लिएको प्रवक्ता खड्काले बताए । सो विषयमा अनुसन्धान भइरहेको र फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।