• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
‘नयाँ’ एमाले–२२

एमालेका यी नेताहरूका लागि ‘अन्तिम अवसर’ हुनेछ १०औं महाधिवेशन

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ९, २०७८  ०९:०९
1140x725

काठमाडौं– नेकपा एमालेको पहिलो पुस्ता पार्टीको जिम्मेवारीबाट बहिर्गमनको संघारमा आइपुगेको छ। यही मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुने एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट धेरै नेताहरूको बहिर्गमनको प्रक्रिया सुरु हुनेछ।

एमालेको विधानको धारा ६४ (२) मा 'सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने' उल्लेख छ। अर्थात् ७० वर्ष पुगेपछि कुनै पनि कार्यकारी कमिटीमा रहन पाइनेछैन। तर, ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनित भएको व्यक्तिले भने आफ्नो कार्यकालकै अवधिमा ७० वर्ष पूरा गरेमा पनि पदमुक्त हुनुपर्ने छैन।

एमाले केन्द्रीय अनुशासन आयोगका प्रमुख अमृत बोहरा, केन्द्रीय सल्लाहकार परिषद्का प्रमुख केशव बडाल, स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलको लागि एमालेबाट बहिर्गमन बाध्यकारी बनेको छ, उमेर हदका कारण। तीबाहेक अहिले पदाधिकारी तथा स्थायी कमिटीमा रहेका थुप्रै नेताहरु ७० वर्षको आसपासमा पुगेका छन्।

अध्यक्ष केपी शर्मा ओली (६९ वर्ष), उपाध्यक्षत्रय युवराज ज्ञवाली (६८ वर्ष) र अष्टलक्ष्मी शाक्य (६७ वर्ष), भीम रावल (६६ वर्ष), महासचिव ईश्वर पोखरेल (६८ वर्ष) तथा स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ (६८) र रामबहादुर थापा बादल (६६ वर्ष) का लागि एमालेको कुनै मुख्य पदमा पुग्ने वा रहने यही महाधिवेशन नै अन्तिम अवसर हो। यसपटक पदमा रहे पनि नरहे पनि अर्को पटक उनीहरुले अवसर पाउने छैनन्। पद पाउने वा दोहोरिनेहरुले पाँच वर्ष सक्रिय भूमिका निर्वाह गर्न सक्ने भए पनि बाँकीको राजनीतिक जीवन निष्क्रिय बन्दै जान सक्छ।

आठौं महाधिवेशनबाट मोदनाथ प्रश्रित तथा नवौं महाधिवेशनबाट भरतमोहन अधिकारी लगायत नेताहरुको ७० वर्ष उमेर हदका कारण अनिवार्य बहिर्गमन भएको थियो। एमाले र माओवादी केन्द्रबीच एकता भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विधानमा ७० वर्षे प्रावधान हटाइएको थियो। एमाले ब्युँतिएसँगै सो प्रावधान पनि ब्युँतियो। गत असोज १५ देखि १७ सम्म सम्पन्न विधान महाधिवेशनबाट पनि सो प्रावधान यथावत् राखियो। केही प्रष्ट व्याख्या भने गरियो।

Ncell 2
Ncell 2

एमालेमा ७० वर्षे प्रावधान कायमै रहेको र एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा रहन नपाउने व्यवस्था पनि रहँदा एमालेको अध्यक्ष हुने आकांक्षा राखेका ईश्वर पोखरेल लगायतका नेतालाई घाटा लागेको छ। किनकि, यसपटक ओलीबाहेक अन्य नेता अध्यक्ष बन्ने सम्भावना छैन। अर्कोपटकका लागि ओलीबाहेकका यी दाबेदार नेताहरुको उमेर कटिसक्छ।

भीम रावलले यसपटक अध्यक्षमा उम्मेदवारी दिएर आफ्नो दाबेदारी पेस गरेका छन्। तर, यसपटक अध्यक्ष बन्ने उनको सम्भावना देखिँदैन। अर्कोपटक उम्मेदवार हुन पाउँदैनन्।

अध्यक्ष मात्रै होइन, उपाध्यक्षकै आकांक्षा राखिरहेका कतिपय नेताहरुको लागि पनि यो महाधिवेशनमा 'गर वा मर'को अवस्था छ। राजनीतिबाट बाहिरिन मन नलागिसकेको तर उमेरका कारण अहिल्यै माथिल्लो पदमा पुगिसक्नुपर्ने दबाबमा उनीहरु छन्। 

यस श‍ृंखलाका अन्य सामग्रीहरू पढ्नुहोस्:

  • आजको एमाले खतरनाक प्रतिगमनकारी शक्ति हो : युग पाठक [अन्तर्वार्ता]

  • नेतृत्वलाई चुनौती दिएकै कारण एमालेमा भविष्य सकिँदैन

  • एमाले महासचिवमा पौडेल र पोखरेलको दौडधुप चर्को, ओली गुटमै बन्न थाले उपगुट

  • एमाले महाधिवेशन : एक तिहाइ महिला केन्द्रीय कमिटीमा मात्र कि पदाधिकारीमा पनि?

  • अध्यक्षले हिजो बैगुनी भन्नुभयो, अब गुनी भनिराख्न जरुरी छैन : योगेश भट्टराई [अन्तर्वार्ता]

  • उपमहासचिवमा विष्ट, ज्ञवाली र पाण्डेको दाबी, सचिवमा आकांक्षीको ओइरो

  • पदाधिकारीमा महिलाको उपस्थिति एक तिहाइ पुर्‍याइन्छ भन्ने आशा गरेका छौं : पद्‌मा अर्याल [अन्तर्वार्ता]

  • अष्टलक्ष्मीलाई प्रश्न- माधव र झलनाथविनाको एमाले महाधिवेशन कस्तो होला?

  • एमाले नेताहरूमा ओलीकै आश, ओलीकै त्रास

  • एमाले उपाध्यक्षमा जम्मा पद चार, दोब्बरभन्दा बढी दाबेदार

  • केपी ओलीका कमजोरी होलान्, तर एमालेको आवश्यकता ओली नै हो : ईश्वर पोखरेल [अन्तर्वार्ता]

  • नेम्वाङका लागि दाहिने फर्किएलान् ओली?

  • एमालेका १० नेताको समूह : महाधिवेशनको मुखमा तितरबितर  

  • एकताकै निरन्तरता भएकाले हाम्रो व्यवस्थापनमा अप्ठ्यारो हुँदैन : लेखराज भट्ट [अन्तर्वार्ता]

  • को बन्ला एमालेको महासचिव?

  • कस्तो होला ‘ओली प्राधिकार’ एमाले?

  • वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!

  • एक्लै दौडेर विजेता हुने तरखरमा ओली  

  • ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला? 

  • महाधिवेशनपछि कसरी होला माओवादी छाडेर आएका नेताहरूको व्यवस्थापन? 

  • जालझेल गरेर कसैलाई थन्क्याउने, कसैलाई हुक लगाएर माथि तान्ने काम नहोस् : ज्ञवाली [अन्तर्वार्ता]

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  ०९:०९
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गोरखापत्र संस्थानले माग्यो विभिन्न पदमा कर्मचारी
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
गोरखापत्र संस्थानले माग्यो विभिन्न पदमा कर्मचारी शुक्रबार, माघ १६, २०८२
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा शुक्रबार, माघ १६, २०८२
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्