complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

उपमहासचिवमा विष्ट, ज्ञवाली र पाण्डेको दाबी, सचिवमा आकांक्षीको ओइरो

64x64
नेपाल लाइभ सोमबार, मंसिर ६, २०७८  १६:०२
1140x725

काठमाडौं– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चुन्ने तयारी भइरहँदा नेताहरु धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन्। सार्वजनिक रुपमा अध्यक्षका प्रत्यासी भीम रावलले मात्रै घोषणा गरे पनि आन्तरिक रुपमा आकांक्षा प्रस्तुत गर्ने होडबाजी भने केही दिनदेखि चलिरहेको छ। 

प्रतिस्पर्धा हुँदा सबैभन्दा चर्को सचिवमा हुने देखिएको छ भने उपमहासचिवमा आकांक्षा राख्ने हालसम्म तीनजना नेता मात्रै छन्। नवौं महाधिवेशनबाट सचिवमा सबैभन्दा धेरै मत ल्याएर विजयी बनेका गोकर्ण विष्ट उपमहासचिवका मुख्य दाबेदार हुन्। एमाले अन्तरसंघर्षका समयमा सहमतिको पहलका लागि उनले मध्यमार्गी भूमिका खेलेका थिए। पार्टी विभाजनको विपक्षमा भन्दै सचिव योगेश भट्टराईपछि माधव नेपाल गुट छाडेर ‘एमाले’मा सक्रिय हुने उनी नै हुन्। त्यसैले यसपल्ट सर्वसम्मत गर्दा विष्टलाई विशेष अवसर प्राप्त हुने आकलन गरिएको छ।  

प्रतिनिधि सभामा विष्टकै जिल्ला गुल्मीबाट प्रतिनिधित्व गर्ने एमालेकै अर्का सचिव प्रदीप ज्ञवालीले पनि उपमहासचिवमा बढुवा हुने आकांक्षा दर्शाएका छन्। सचिवमा नदोहोरिने संकेत गर्दै उनले एक तहमाथि उक्लिने संकेत गरेका छन्। बौद्धिक नेताको छबि बनाएका अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने ज्ञवालीलाई उक्त पदका लागि बलिया दाबेदारका रुपमा हेरिएको छ। 

पार्टीका विभिन्न गुटलाई समायोजन मात्रै होइन, समावेशीकरणलाई पनि उत्तिकै महत्व दिनुपर्ने महिला नेताहरुको माग छ। यसपल्ट सर्वसहमति हुने अवस्था निर्माण नहुँदा उपमहासचिवमा उम्मेदवारी दिने तयारी गरेकी छिन् बिन्दा पाण्डेले।  नवौं महाधिवेशनमा खुला सदस्यमा निर्वाचित उनी यसपल्ट उपमहासचिव दाबी गर्दैछिन्। अध्यक्षदेखि महासचिवसम्म पुरुषहरु हाबी हुँदा उनको आकांक्षाले उपमहासचिव महिलालाई दिनुपर्ने नैतिक दबाब सिर्जना गर्नेछ। 

उपमहासचिव विष्णु पौडेलले त्यही पदमा दोहोरिने अवस्था आइलाग्दा वा नवौं महाधिवेशनमा यही पदमा पराजित शंकर पोखरेललाई ‘सेटल’ गर्नुपर्ने परिस्थिति निर्माण हुँदा भने माथि उल्लेखित तीनै जनालाई सचिवमा चित्त बुझाउनुपर्ने हुनसक्छ। 

सचिवमा आकांक्षीको ओइरो
खुलेर आफ्नो उम्मेदवारी घोषणा गर्ने माहोल एमालेमा छैन। किनभने सर्वसम्मत नेतृत्व छनोटमा त्यसले व्यवधान खडा गर्ने डर एमालेजनमा छ। यति हुँदाहुँदै पनि सचिवको आकांक्षासहित आन्तरिक रुपमा तयारी गरिरहेका नेताहरुको सूची लामो बन्दैछ।

सर्वसम्मत बनाउँदा अध्यक्ष ओलीलाई सबैभन्दा सकस सचिव छनोटमा देखिन्छ। पदाधिकारीमा ७ जना सचिव निर्वाचित हुने वैधानिक व्यवस्था छ। त्यसैले उक्त पदमा आकांक्षा गर्नेको पनि ओइरो लाग्न थालेको छ। युवा नेताहरुले आफू पदाधिकारीमा उक्लिने पहिलो सिँढी त्यही पदलाई बनाउन चाहन्छन् भने केन्द्रीय सदस्य दोहोरीसकेकाहरुले यसपल्ट सचिवमा बढुवा हुने लक्ष्य लिएका छन्। केही पुरानै नेताहरुले सचिवमा दोहोर्‍याउने रुचि देखाएका छन्। 

दोहोर्‍याउने रुचि देखाउनेको पहिलो नम्बर सचिव योगेश भट्टराई पर्छन्। सर्वसम्मति गर्ने वातावरणका लागि साविककै पदमा रहेर राजनीतिमा सक्रिय हुने उनले बताइसकेका छन्। यसैगरी अर्का सचिव भीम आचार्यले पनि दोहोर्‍याउनु नै सहज ठहर्‍याएको बुझिएको छ। सहमतिमै नेतृत्व टुंगाउनु परे अध्यक्ष ओलीले सचिवद्वय विष्ट र ज्ञवालीलाई पनि यहीँ थन्काउन सक्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

युवा नेता महेश बस्नेतले आफू सचिव बन्नुपर्ने कारण समेत दर्शाएर घोषणा गरेका छन्। ओलीका प्रिय समेत रहेका उनी बलिया उम्मेदवार हुन्। सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व हुनेगरी उक्त प्रदेशका अध्यक्ष कर्ण थापाले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन्। यसैगरी, ओलीकै निकटस्थहरु भानुभक्त ढकाल, खगराज अधिकारी र गोकुल बाँस्कोटा पनि सचिवमा दाबी गर्ने तयारी गरिरहेका छन्। 

हाल कार्यालय सचिव रहेर पार्टीलाई योगदान गरिरहेका शेरबहादुर तामाङ पनि सचिवका बलिया उम्मेदवार हुन्। सचिव सातजना भएकाले त्यहाँ समावेशी नेतृत्व हुनुपर्ने दाबी एमालेभित्र छ। त्यसैले उनी आदिवासी जनजातिको प्रतिनिधित्व पनि गर्नेछन्। अन्तरसंघर्षकै बेला माधव नेपाल त्यागेर अध्यक्ष ओलीका विश्वास पात्र बनेका उनी सचिवमा अटाउने सम्भावना बलियो देखिन्छ। 

समावेशीकरणलाई लिएर संवेदनशील पनि हुनुपर्नेछ। क्षमतावान महिला नेतृत्वलाई पदाधिकारीमा ल्याउने सबैभन्दा सहज पद सचिव हुनेछ। त्यसैले दुईजनासम्म महिला नेताहरुले उक्त पदमा अवसर पाउने चर्चा चलिरहेको छ। सचिवमा दाबी गर्नेमा अहिलेसम्म पद्मा अर्याल र शिवमाया तुङ्बाहाम्फे रहेका छन्। 

खुला प्रतिष्पर्धा गर्ने अवस्था समेत उक्त पदमा मनोनय दर्ता गर्ने तयारी गरिरहेका उनीहरू बलिया उम्मेदवार हुन्। अर्याल जिल्ला अध्यक्षमा लडेर नेतृत्व हत्याउने एमालेकी एक मात्र महिला नेता हुन्। प्रतिनिधि सभाको निर्वाचनमा बहालवाला मन्त्रीलाई जितेकी उनले मन्त्रीका रुपमा पनि आफूलाई सावित गरेकी छिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैगरी, शिवमाया तुङ्बाहाम्फे उपसभामुख, कानुनमन्त्री, भूमिमन्त्री भइसकेकी छिन्। सभामुखकै दाबीमा बलियोसँग अडिएकी उनी एमालेको सचिवबाट पछि हट्ने सम्भावना देखिँदैन। 

यस्तै, माओवादी केन्द्रबाट आएका नेताहरूलाई पनि समायोजन गर्नुपर्ने बाध्यता छ। कम्तीमा तीन जना पदाधिकारीमा चयन गर्ने तयारी रहेको बुझिएको छ। रामबहादुर थापा 'बादल' उपाध्यक्ष पक्का जस्तै छ। बाँकी दुई जना लेखराज भट्ट र टोपबहादुर रायमाझीलाई सचिवमा समायोजन गर्नुपर्ने हुन्छ। यद्यपि, भट्टले उपाध्यको आकांक्षा गरेका छन्। रायमाझी भने सचिवमै बस्न तयार छन्। 

यस श‍ृंखलाका अन्य सामग्रीहरू पढ्नुहोस्:

  • पदाधिकारीमा महिलाको उपस्थिति एक तिहाइ पुर्‍याइन्छ भन्ने आशा गरेका छौं : पद्‌मा अर्याल [अन्तर्वार्ता]

  • अष्टलक्ष्मीलाई प्रश्न- माधव र झलनाथविनाको एमाले महाधिवेशन कस्तो होला?

  • एमाले नेताहरूमा ओलीकै आश, ओलीकै त्रास

  • एमाले उपाध्यक्षमा जम्मा पद चार, दोब्बरभन्दा बढी दाबेदार

  • केपी ओलीका कमजोरी होलान्, तर एमालेको आवश्यकता ओली नै हो : ईश्वर पोखरेल [अन्तर्वार्ता]

  • नेम्वाङका लागि दाहिने फर्किएलान् ओली?

  • एमालेका १० नेताको समूह : महाधिवेशनको मुखमा तितरबितर  

  • एकताकै निरन्तरता भएकाले हाम्रो व्यवस्थापनमा अप्ठ्यारो हुँदैन : लेखराज भट्ट [अन्तर्वार्ता]

  • को बन्ला एमालेको महासचिव?

  • कस्तो होला ‘ओली प्राधिकार’ एमाले?

  • वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!

  • एक्लै दौडेर विजेता हुने तरखरमा ओली  

  • ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला? 

  • महाधिवेशनपछि कसरी होला माओवादी छाडेर आएका नेताहरूको व्यवस्थापन? 

  • जालझेल गरेर कसैलाई थन्क्याउने, कसैलाई हुक लगाएर माथि तान्ने काम नहोस् : ज्ञवाली [अन्तर्वार्ता]

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १६:०२
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्