complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
‘नयाँ एमाले’-१५ 

पदाधिकारीमा महिलाको उपस्थिति एक तिहाइ पुर्‍याइन्छ भन्ने आशा गरेका छौं : पद्‌मा अर्याल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, मंसिर ६, २०७८  १४:०७
1140x725

नेकपा एमालेको १०औं महाधिवेशन आउन केही दिन मात्र बाँकी छ। महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भइरहँदा एमालेमा महिलाको उपस्थिति कस्तो रहला भन्ने आम जिज्ञासा छ। खुला प्रतिस्पर्धा हुँदा पदाधिकारीमा मनोनयन गर्ने महिलाको संख्या उल्लेख्य छ, तर शीर्ष नेतृत्वको नजरमा अटाउने संख्या कति होला? आगामी महाधिवेशन र महिलाको उपस्थितिका विषयमा पदाधिकारीको आकांक्षा गरिरहेकी नेकपा एमालेकी केन्द्रीय सदस्य पद्मा अर्यालसँग डिबी खड्काले गरेको संवाद:

आगामी महाधिवेशनपछि एमालेको नेतृत्वमा महिलाको उपस्थिति कस्तो रहला? 
महिला प्रतिनिधित्व विगतबाट फर्केर हेर्दा एमालेले जोड दिएर उठायो। कार्यान्वयन गर्‍यो। पहिलो स्थानीय निर्वाचन भयो, महिलाको प्रतिनिधित्व कम भयो। गृहमन्त्री बामदेव गौतम हुँदा स्थानीय तहमा २० प्रतिशत महिला हुनुपर्ने अध्यादेश ल्याइयो र त्यसलाई कार्यान्वयन गरियो। 

पार्टीका सबै कमिटीमा महिलाको उपस्थिति अनिवार्य गर्ने कुराको थालनी गर्ने पार्टी पनि एमाले नै हो। समानता हाम्रो गन्तव्य हो भनेर विधानको प्रस्तावनामा लेखिएको छ। महिलाको नेतृत्व विकास गर्न सामाजिक संघ–संस्थामा पनि पठाइयो र त्यहाँबाट नेतृत्व विकास गराइयो। अब महिलाविहीन कमिटी र राज्यको संरचना बन्न सक्दैन भनेर ३३ प्रतिशतको कुरा उठाउने र कार्यान्वयनमा लैजान पहल गर्ने पार्टी पनि एमाले नै हो। ३३ प्रतिशतको जननी एमाले हो। तात्कालीन सांसद, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा संसद्‌मा संकल्प प्रस्ताव लगेर त्यसलाई हामीले पारित गर्‍यौं। सबै दललाई गोलबन्द गरेर पारित गरेपछि कानुनी मान्यता दिन नयाँ संविधानमा त्यसलाई उल्लेख गर्‍यौं। आज व्यवहारमा कार्यान्वयन गर्दै गइरहेका छौं। 

त्यही कार्यान्वयनको सिलसिलामा दलसँग जोडिँदा महिलाको प्रतिनिधित्व कति प्रतिशत गराउने भनेर विधानमा लेख्नुपर्छ। त्यसैले त्यो विधानमा लेख्न  दल दर्तासम्बन्धी ऐनमा हरेक राजनीतिक पार्टीले आफ्ना संरचनामा एक तिहाइ महिला अनिवार्य गर्ने लेखियो। एमाले मात्र होइन, सबै राष्ट्रिय दल महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न बाध्य भए। 

एमालेको अहिले तल्लो तहका अधिवेशन सकिए। हामीले ३३ प्रतिशत जहाँ पुग्दैन, त्यहाँ खाली राखेका छौं। जहाँ पुर्‍याउन सकिएन, त्यसको सिट खाली गरेर आएका छौं। 

पदाधिकारीमा ३३ प्रतिशत पुर्‍याउने कुरामा पहल किन भएन?
विधानमै पदाधिकारीमा ३३ प्रतिशत भनिएन, त्यसैले तल्ला तहमा पदाधिकारीमा प्रतिनिधित्व मात्रै सुनिश्चित गरेर आइएको छ। त्यसलाई राष्ट्रिय महाधिवेशनसँग जोडेर हेर्ने हो भने विगतमा जे थियो, त्यसमा थप हुँदै आएको छ। पहिले एउटा महासचिव मात्रै पद थियो। आठौं महाधिवेशनबाट बहुपद अवलम्बन गरियो। आठौं महाधिवेशनमा पदाधिकारीमा महिलाको उपस्थिति शून्य भएन। नवौं महाधिवेशनमा पनि प्रतिनिधित्व भयो। नवौंमा दुईजना हुनुहुन्थ्यो, त्यसमा बढोत्तरी त यसपल्ट हुनपर्‍यो नि। विधानले कमिटी भनेको छ। पदाधिकारी पनि एउटा कमिटी हो नि, किनभने त्यहाँ सचिवालय रहने छ भनिएको छ। त्यसलाई संरचना मान्ने किन नमान्ने, त्यो वहशको विषय बन्ला। एमालेले जुन ढंगले महिलाको प्रतिनिधित्वका लागि संघर्ष गर्‍यो, त्यसको सुनिश्चितता गर्‍यो, कानुनी प्रबन्धसहित अगाडि बढाएको छ। नेतृत्व दूरगामी छ, समावेशीकरणका हिसावले संवेदनशील छ। त्यसैले यो महाधिवेशनमा पनि यी सबै कुरालाई ख्याल गर्दै महिलाको प्रतिनिधित्व बढाउँछ। पदाधिकारीमा महिलाको प्रतिनिधित्व एक तिहाइ पुर्‍याइन्छ भन्नेमा आशावादी छु।

यो अपेक्षाको कुरा भयो। केही समयअघि विधान महाधिवेशन भयो। त्यो  बेला पदाधिकारीमा महिलाहरुको एक तिहाइ सहभागिता सुनिश्चित गर्नेगरी दबाब दिन किन सक्नुभएन? 
सुझावहरु आएका थिए। सबै समूहबाट आएको थियो। तर, त्यसलाई विधानमा राखिएन, कतिपय कुरा व्यावहारिक रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने होला।  यो कुरामा नेतृत्वले ख्याल गरेको छ भन्ने विश्वास छ। 

एमालेको १०औं महाधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भनेको छ। त्यसमा पूर्वमाओवादीबाट आएकाहरुलाई अटाउनुपर्ने, माधव नेपालको साथ छाडेकालाई मिलाउनु पर्ने आदि होलान्। यसले महिला नेताको उपस्थितिको बहस छायाँमा पार्ला जस्तो लागेको छैन?
खुला प्रतिस्पर्धा छाड्ने हो भने एक तिहाइ होइन, त्यो भन्दा बढीको संख्यामा महिलाहरुले मनोनयन गर्छन् र जित्ने योग्यता क्षमता राख्ने पनि धेरै छन्। हामी अगाडि आएर बोलेका छौं, हामी मात्रै होइनौं। पार्टीको एकताको महाधिवेशन भनेर संकल्प गर्‍यो– एकताको महाधिवेशन भनेर। किनभने खुला प्रतिस्पर्धामा जाँदा कहीँ असन्तुलित हुन सक्छ। सन्तुलन कायम राख्नु पनि पर्नेछ, समावेशी बनाउनुपर्ने पनि छ। अर्कोतिर पार्टी सन्तुलन गरेर मात्रै हुँदैन, सञ्चालन पनि गर्नुपर्ने हुन्छ। सन्तुलन र सञ्चालन दुवै हिसाबले नेतृत्व चयन गर्नुपर्ने भएकाले अहिले ठूलो चुनौती छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एकताकालमा जोडिएका साथीहरुको भावनामा ठेस नपुगोस् भनेर सोच्नुपर्ने हुन्छ। पार्टी भित्रको अन्तरसंघर्षमा सामेल भएर पार्टीको जिम्मेवारीमा फर्किनुभएका साथीहरुको मर्म बुझ्नुपर्ने छ। पार्टी चलाउनुपर्ने पनि छ। नेतृत्वले यस्ता कुरामा हेक्का राखेर पदाधिकारी चयन गर्नुपर्छ। मासमा पुग्दा त्यो भावनाको ख्याल नहोला भन्ने चिन्ता भएकाले सर्वसम्मत भनिएको हो। 

यी सबैभित्र समावेशी पनि हो। जनसंख्याका हिसाबले ५१ प्रतिशत त महिला छौं। यिनीहरु विरुद्धमा जाँदैनन्, झन्डा बोक्दैनन् भनेर पेल्ने कुरा नेतृत्वबाट हुन्छ भन्ने मलाई लाग्दैन। समावेशी, सन्तुलन, पार्टी सञ्चालन जस्ता तिनै कुरालाई हेक्का राखेर पदाधिकारी चयन गरिनुपर्छ। 

सर्वसम्मत नेतृत्व छनोट गर्दा तपाईंहरुको प्रतिनिधित्व जस्तोसुकै भए पनि मान्य नै हुन्छ नि, हैन? 
सर्वसम्मत गर्दा हिजोको प्रतिनिधित्व घट्दैन र घटाउन मिल्दैन। महिला नेतृत्व भनेको सधैं बढाउने र विकास गर्ने हो। यसमा नेतृत्व र कार्यकर्ता दुवैले ध्यान पुर्‍याउनै पर्छ । 

प्रतिस्पर्धा हुने अवस्था आएमा तपाईं आफूले चाहिँ कुन पदका लागि तयारी गर्नु भएको छ? 
मैले कुन पदमा तयारी गरेँ भन्ने विषय ठूलो कुरो होइन। पार्टी नेतृत्वले केमा विश्वास गर्छ र जिम्मेवारी दिन्छ भन्ने हो। म जुनसुकै जिम्मेवारीका लागि तयार छु। मसँग सबै खालका जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमता पनि रहेको दाबी गर्छु। प्रतिस्पर्धा गर्नुपर्दा पदाधिकारीमै गर्छु, तर सर्वसम्मतिका लागि नेतृत्वले दिएको जिम्मेवारीमा विरोध जनाउँदिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महिलाहरुको उपस्थिति बढाउन सबै महिला नेतृत्व एक ठाउँमा उभिएर पदाधिकारी माग्ने अवस्था कति छ ? 
हामी महिलाको मात्र नेता होइन। हामी एमालेको नेता हौं। सिङ्गो मुलुकको नेतृत्व बन्ने क्रममा रहेका छौं। सबै महिला साथीहरुलाई माथि ल्याउन पाए जस्तो त लाग्छ। तर, महिला प्रतिनिधित्वका नाममा पार्टी जहाँसुकै पुगोस्, हामी यति नै हुनुपर्छ भन्ने बेला होइन। कमसेकम म त्यस्तो भन्न सक्दिनँ। हामीले बाहिरको अभ्यास, कानुनी प्रावधान र माग यस्तो छ भनेर नेतृत्वलाई सुझाव दिने हो, दबाब दिने होइन। सुझाव दिएर, सल्लाहमा चलेर पार्टीलाई समृद्ध बनाउने हो । 

नेताहरु महिला समावेशीको कुरामा संवेदनशील भएको विगतले देखाउँदैन। त्यसैले सचेत गराउने तयारी भएको छ? 
अहिले यस्तो केही तयारी छैन। यो अभियानकै जरुरी छैन भन्ने मेरो बुझाइ हो। अखिल महिला संघले ध्यानाकर्षण गराउने काम गरिरहनु भएको छ। उहाँहरुले पार्टीलाई दबाब भन्दा पनि सुझाव दिनु भएको छ। त्यो छलफलमा हामीलाई पनि बोलाइएको थियो, हामीले समन्वय गरेर अघि बढ्न सुझाव दिएका थियौं।

एमालेमा कार्यकारी स्थानमा महिलाहरु पुग्ने अवस्था कहिलेसम्म बन्ला जस्तो लाग्छ?
हामीले राजनीति गर्दा विदेशमा मात्रै देशको सर्वोच्च निकायमा महिलाको उपस्थिति रहेको पढ्थ्यौं। अहिले राष्ट्रपतिमा एमालेकै नेता विद्यादेवि भण्डारी पुग्नुभएको छ। यो आज छोटै समयमा हाम्रै आँखाले देख्ने र भोग्नेगरी राष्ट्रपति महिलालाई बनाएकै हो। राष्ट्रपति भएमा प्रधानमन्त्री बन्ने दिन पनि आउनेछ। यति छोटो समयमा महिलाले गरेको यो ठूलो प्रगति हो। दक्षिण एसियामै नेपाल यो अवस्थामा पुगेको हो। यसरी हेर्दा छिट्टै हामी पनि कार्यकारी पदमा पुग्छौं भन्ने विश्वास छ।

 

यस श‍ृंखलाका अन्य सामग्रीहरू पढ्नुहोस्:

  • अष्टलक्ष्मीलाई प्रश्न- माधव र झलनाथविनाको एमाले महाधिवेशन कस्तो होला?

  • एमाले नेताहरूमा ओलीकै आश, ओलीकै त्रास

  • एमाले उपाध्यक्षमा जम्मा पद चार, दोब्बरभन्दा बढी दाबेदार

  • केपी ओलीका कमजोरी होलान्, तर एमालेको आवश्यकता ओली नै हो : ईश्वर पोखरेल [अन्तर्वार्ता]

  • नेम्वाङका लागि दाहिने फर्किएलान् ओली?

  • एमालेका १० नेताको समूह : महाधिवेशनको मुखमा तितरबितर  

  • एकताकै निरन्तरता भएकाले हाम्रो व्यवस्थापनमा अप्ठ्यारो हुँदैन : लेखराज भट्ट [अन्तर्वार्ता]

  • को बन्ला एमालेको महासचिव?

  • कस्तो होला ‘ओली प्राधिकार’ एमाले?

  • वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!

  • एक्लै दौडेर विजेता हुने तरखरमा ओली  

  • ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला? 

  • महाधिवेशनपछि कसरी होला माओवादी छाडेर आएका नेताहरूको व्यवस्थापन? 

  • जालझेल गरेर कसैलाई थन्क्याउने, कसैलाई हुक लगाएर माथि तान्ने काम नहोस् : ज्ञवाली [अन्तर्वार्ता]

प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १४:०७
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्