complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
‘नयाँ’ एमाले–४

ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला?

किशोर दहाल/डिबी खड्का बिहीबार, कात्तिक २५, २०७८  १८:०६
1140x725

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरु मात्र होइन, ‘दश भाइ’ भनेर चिनिने कतिपय नेताहरु समेत आगामी महाधिवेशनबाट ओलीलाई निर्विकल्प अध्यक्षको रुपमा प्रस्तुत गरिरहेका छन्। ओलीको जोड पनि सर्वसम्मत अध्यक्ष बन्ने नै छ। त्यसैको पूर्वअभ्यास स्वरुप उनले तल्ला कमिटीको नेतृत्व चयन पनि सकेसम्म सर्वसम्मत गर्न परिपत्र नै गराएका थिए।

गत कात्तिक ४ गते वडा र पालिका अधिवेशनको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जारी गरेको परिपत्रको पाँचौं बुँदामा भनिएको थियो- ‘नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउने र यदि सर्वसम्मत नभए मात्र निर्वाचन विधि अपनाउने।’ त्यसयताका आफ्ना भाषणहरुमा अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन विधि पनि कसरी लोकतान्त्रिक हो भनेर व्याख्या गरिरहेका छन्।

यतिबेला ओली एमाले अध्यक्ष मात्रै होइन, प्राधिकार बन्ने बाटोमा छन्। त्यसका लागि पार्टीभित्र निर्विरोध र सर्वसम्मत अध्यक्ष बन्नु जरुरी छ। त्यसो भयो भने तत्काललाई उनीनिकट नेताहरुले भन्दै आएको जस्तो एउटा ध्रुवको नेता र आगामी दिनमा उनी नै राष्ट्रिय नेताको रुपमा सबैभन्दा माथिल्लो उचाइका हुन् भनेर व्याख्या गर्न सहज हुनेछ।

कुनै बेला पार्टीको नेतृत्व गरेका दुई नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालको बहिर्गमनपछि ओलीलाई सांगठनिक रुपमा चुनौती वा दबाब दिने माथिल्लो नेतृत्व छैन। ती नेताको बहिर्गमनपछि पनि एमालेमै रहेका नेताहरु अहिले छिन्नभिन्न भइसकेका छन्। कतिपय ओलीकै गुणगान गाउने र पदाधिकारी सुनिश्चित गर्ने रणनीतिमै लागिसकेका छन्। कतिपय एमाले विभाजनअघि नै ओलीको 'प्यारा' भइसकेका थिए।

यो पनि पढ्नुहोस्

कस्तो होला ‘ओली प्राधिकार’ एमाले?मंगलबार, कात्तिक १६, २०७८

ओलीको विकल्पमा अर्को अध्यक्ष बन्ने सम्भावना नरहेको एमालेभित्र स्वीकार भइसकेको विषय हो। तर, ओली निर्विरोध र सर्वसम्मत अध्यक्ष बन्लान्? कि कसैले चुनौती दिन्छन्?

ओली पक्षका नेताहरु ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन लागिपरेकाले त्यहाँबाट उनलाई चुनौती छैन। त्यसो भए, ओलीलाई सर्वसम्मत अध्यक्ष बन्ने बाटोमा अवरोध कसले गर्ला? एमाले वृत्तमा यतिबेला दुई नेताको चर्चा हुने गरेको छ- उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल।

रावलको आधार कति बलियो?
रावलले आफू अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। गृहजिल्ला अछामस्थित साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधन गर्दै रावलले कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने स्पष्ट पारेका थिए। ‘दशौँ महाधिवेशनमा तपाईंहरूको स्वाभिमान र भावनाको झन्डालाई बलियो गरी समात्छु, हार्ने–जित्ने कुराको चिन्तै नगर्नुस्’, उनको भनाइ थियो।

रावल  सुदूरपश्चिम इञ्चार्जमा आफू पुन:बहाली नहुँदा असन्तुष्ट छन्। ओलीको त्यही क्रियाको प्रतिक्रियामा उनले अध्यक्ष उठ्ने घोषणा गरेको जस्तो देखिएको छ। उनले १० बुँदे कार्यान्वयन नभए मात्रै 'ओलीसँग संघर्ष जारी रहने' भाष्य त्यहीँ प्रस्तुत गरेका छन्। उनको भनाइ छ, ‘अब हामीले भन्दा पनि मानेन भने के गर्ने भन्नुहोला। मानेन भने उनले जस्तो व्यवहार गर्छन्, त्यस्तै व्यवहार गर्ने र संघर्ष जारी राख्नुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैले पनि अध्यक्ष उठ्ने विषयलाई उनले असन्तुष्टिका रुपमा व्यक्त गरेको कतिपयको बुझाइ छ। अध्यक्षमा उठ्ने विषयलाई त्यति हलुका रुपमा प्रस्तुत गर्न नहुने उनीहरुको भनाइ पाइन्छ।

असन्तुष्ट भएर 'विद्रोह'को बिगुल फुक्‍ने र जिम्मेवारी प्राप्त गर्नासाथ 'कुल' हुने रावलको स्वभाव छ। विगतका कतिपय घटनाक्रमले त्यसलाई पुष्टि गरेका छन्। त्यसैले उनको अध्यक्ष उठ्ने घोषणालाई एमालेको ओली पक्षका नेताहरुले 'बार्गेनिङ टुल्स'का रुपमा बुझेका छन्। ओलीनिकट एक नेता भन्छन्, 'उहाँलाई एकपल्ट अध्यक्षले भेट्नुभयो भने सबै ठीक हुन्छ। १०औं महाधिवेशनपछिको सुरक्षा खोज्नुभएको होला।'

यो पनि पढ्नुहोस्

वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!बुधबार, कात्तिक १७, २०७८

इन्चार्जको विषयमा उनले उठाइरहेको असन्तुष्टि हल भएमा र आगामी महाधिवेशनबाट उनी उपाध्यक्षमा दोहोरिने निश्चित भएमा उनको आक्रोश मत्थर हुने उनको नियमित सम्पर्कमा रहने नेताहरु बताउँछन्। रावलको पछि लागेर आफ्नो राजनीतिक पाइला अघि सारिरहेको एउटा निश्चित समूह छ। त्यसकारण रावलले आफ्नो मात्रै हिसाबकिताब गरेर पुग्दैन, आफू निकटका नेताहरुको व्यवस्थापनको पनि चिन्ता गर्नुपर्ने छ। रावल अध्यक्षमा पराजित भए तर, स्थायी कमिटीमा परेनन् भने के हुन्छ? अन्य नेताको अवस्था के हुन्छ? त्यसैले अध्यक्षमा उम्मेदवार बन्ने उनको घोषणा अन्तिमसम्म नटिक्न पनि सक्ने आकलन कतिपयले गरेका छन्।

रावलले अध्यक्षमा आफूलाई प्रस्तुत गर्ने सवैभन्दा बलियो आधार 'दश भाइ'को समर्थन हो। उनीहरुसँगको छलफलपछि अध्यक्षमा रावलले उम्मेदवारी घोषणा गरेका होइनन्। ‘के सन्दर्भमा त्यो घोषणा गर्नुभयो, सम्पूर्ण रुपमा बुझ्न पाएको छैन। उहाँसँग पनि बसेर कुराकानी हुन पाएको छैन’, एमाले विभाजनका बेला माधवकुमार नेपालको साथ छाडेका स्थायी कमिटीका १० नेतामध्येका एक नेता भन्छन्, ‘उहाँसँगको कुराकानीपछि त्यो कुरा स्पष्ट होला।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसैले एमालेको आन्तरिक संघर्षमा माधव नेपालसँग रहेका 'दश भाइ'मध्ये कोहीबाट ओलीलाई अध्यक्षमा चुनौती आउने स्वाभाविक अपेक्षाको परिणाम पनि उनको घोषणालाई लिन सकिँदैन। त्यसैले पनि उनी अध्यक्षमा उठ्ने  बलियो  आधार अझै एमाले कार्यकर्ताले देखेका छैनन्। 

यो पनि पढ्नुहोस्

एक्लै दौडेर विजेता हुने तरखरमा ओलीशुक्रबार, कात्तिक १९, २०७८

रावलले उम्मेदवारी घोषणा गर्दा उनले उठाइरहेको 'राष्ट्रवाद'लाई पृष्ठभूमि बनाउन सक्थे। उनको प्रदेशमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीदेखि उनले नै चर्को विरोध गरेको एमसीसीलाई आधार बनाउँदा एक तहको सेन्टिमेन्ट 'क्यास' हुन सक्थ्यो। उनले चुनाव नजिते पनि बहसको अजेन्डा हुन सक्थ्यो। आगामी महाधिवेशनसम्ममा औचित्य सकिने १० बुँदेले रावललाई 'अध्यक्षको वैतरणी' तार्नु त परको कुरा, किनारसम्म पुर्‍याउन सक्ने पनि देखिँदैन।

अध्यक्ष उठ्नैपर्ने दबाबमा घनश्याम भुसाल? 
उपमहासचिव घनश्याम भुसाललाई यसपटक अध्यक्षमै उम्मेदवारी दिन दबाब छ। त्यो दबाब उनी निकटका नेताहरु र उनी स्वयंले आफैंप्रति सिर्जना गरेका छन्। व्यवहारमा जे सुकै होस्, एमालेले आफ्नो दस्तावेजमार्फत् जे विषय पारित गरिरहेको छ र सार्वजनिक रुपमा त्यसलाई जसरी व्याख्या गर्न थालिएको छ, त्यो भुसालकै लाइन भएको उनी निकट नेताहरुको दाबी मात्रै होइन, ओली निकट नेताहरुको पनि स्वीकारोक्ति पाइन्छ। ‘ओली स्वयं दलाल पुँजीवादको विरोध गर्दै भाषण गर्न थाल्नुभएको छ। अरु के कुरा गर्नु?’, भुसाल निकट एक नेता भन्छन्।

पार्टीका आधिकारिक दस्तावेज आफ्नो लाइन अनुसार अघि बढिरहेको छ भने त्यही पार्टीको नेतृत्व लिनका लागि न्यूनतम प्रयास पनि नगरेको चाहिँ किन त? भुसाललाई उनी निकटका नेताहरुले दिने दबाब पनि यही मान्यताबाट सिर्जना भएको हो।

कम्युनिस्ट पार्टीमा जसको नीति उसको नेतृत्व भन्ने मान्यता छ। तर, नेकपाको दोस्रो महाधिवेशनमा पुष्पलालको नीति पास भए पनि केशरजंग रायमाझी नेतृत्वमा आए। नवौंमा भुसालहरुको नीति पास भयो, नेतृत्वमा ओली आए। केशरजंग नेतृत्वमा आउँदा जसरी नेकपा भताभुंग भएको थियो, ओली आएपछि एमाले त्यस्तै भएको व्याख्या पनि हुने गरेको छ।

यो पनि पढ्नुहोस्

माधव नेपाल दोहोर्‍याइरहेछन्, आखिर के भएको थियो नेकपाको दोस्रो महाधिवेशनमा?मंगलबार, भदौ १५, २०७८

तर, त्यतिबेला पुष्पलाल प्रतिस्पर्धामा उत्रिएका थिए। भुसाल भने अघि सरेका छैनन्। पुष्पलालको प्रयास इतिहासमा अभिलेख छ, भुसाल के गर्लान् प्रष्ट छैन। ‘अघि बढ्नुपर्छ भन्नेमा उहाँ पनि सहमत हुनुहुन्छ। सम्भवतः यसपटक अध्यक्षमै उम्मेदवारी दिनुहुन्छ। तर, भीम रावलले समेत अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरिसकेको अवस्थामा एकपटक उहाँसँगै र अन्य नेताहरुसँग पनि छलफल गर्ने मनस्थितिमा हुनुहुन्छ’, ती नेता भन्छन्, ‘चार-पाँच दिनमै विषय स्पष्ट हुन्छ।’

रावलभन्दा भुसाललाई अध्यक्षमा उम्मेदवार बन्न सजिलो रहेको उनी बताउँछन्। मुख्यतः भुसाल गुट-उपगुटको झन्झटमा छैनन्। अध्यक्षमा हारेर उनी स्थायी कमिटी सदस्य पनि बन्न पाएनन् भने पनि उनले खासै ठूलो क्षति बेहोर्नुपर्दैन। किनकि, अहिले उपमहासचिव हुँदा पनि उनलाई जिम्मेवारी दिइएको छैन। जिम्मेवारी नपाउने भएपछि उपमहासचिव हुनु र केन्द्रीय सदस्य हुनुमा के फरक पर्छ र भन्ने बुझाइ उनमा पाइन्छ।

‘उहाँ उम्मेदवार हुनुभयो भने अध्यक्षमा ओलीलाई नै भोट हाल्नेहरुलाई पनि कुन प्रवृत्तिलाई भोट हाल्दै हुनुहुन्छ र त्यसले एमालेलाई कहाँ पुर्‍याउँछ भन्ने स्पष्ट पार्न सक्नुहुन्छ’, उनी भन्छन्, ‘भुसालको हार त होला, तर ओलीको जितले एमालेलाई जहाँ पुर्‍याउँछ, त्यसको जिम्मेवारीबोध सम्पूर्ण मतदातालाई महसुस गराउन सक्नुहुन्छ। ओलीलाई रोक्न कसैले सांकेतिक रुपमै भए पनि प्रयास गरेको थियो भन्ने अभिलेख रहन्छ। आफ्नो विचारको बीऊ जोगाउन पनि त्यस्तो प्रतिस्पर्धाले फाइदै गर्छ।'

भुसालले स्थापित गरेको भाष्य 'दलाल पुँजीवाद'को चुनौतीलाई एमालेले नीतिगत रुपमै स्वीकारेको छ। त्यसबाट देशलाई कसरी मुक्ति दिलाउने भन्ने 'कार्यदिशा' पहिल्याउन सकेको छैन। एमाले नेताकै तहमा उक्त विषयप्रति स्पष्ट बुझाइ रहेको समेत भेटिँदैन। त्यसैले भुसालको उम्मेदवारीले स्वीकारिसकेको 'दलाल पुँजीवाद'को चुनौतीबाट पार पाउने उपाय खोज्न एमालेमाथि दबाब सिर्जना हुनेछ। भुसालनिकट एक नेता भन्छन्, 'एमालेमा 'टावरिङ पर्सनालिटी' बनेका ओली जस्ता 'पहाड'सँग किन कुम ठोक्काउन लागेको? भनेर सोध्ने कार्यकर्ताका लागि समेत भूसालसँग स्पष्ट जवाफ छ- जसको नीति, उसैको नेतृत्व।

तर, ओलीनिकट नेताहरुका अनुसार रावल र भुसाल दुवै जना अध्यक्षको प्रतिस्पर्धी बन्ने छैनन्। महाधिवेशन प्रतिनिधिहरुको चयन भइसकेपछि धेरै विषय स्पष्ट हुने र ओलीको विपक्षमा खडा हुने नेताको स्थान टुंगो लगाउने तयारी छ। 'सहमतिको महाधिवेशन'मा ओलीले दिएको स्थानमा बस्न 'सहमत' हुने वा नहुने कुरा भने नेताहरुमा भर पर्नेछ।

(तत्कालीन एमाले र माओवादीबीच एकीकरणबाट बनेको नेकपाको एकता सर्वोच्च अदालतको फैसलासँगै भङ्‍ग भएपछि ब्युँतिएको एमालेले पनि विभाजन भोग्यो। एमाले गठनमै भूमिका खेलेका माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोले। विभाजन भोगेको एमालेको वैचारिक र सांगठनिक ढाँचामा निकै बदलाव आएको छ। र, यसका नेताहरु भनिरहेका छन्- यो नयाँ एमाले हो। कस्तो हुन्छ नयाँ एमाले? यो कसरी अगाडि बढ्छ? अनि यो कुन बाटो हिँड्छ? पार्टीभित्रको व्यवस्थापनदेखि कार्यदिशासम्म यो कसरी प्रकट हुन्छ? एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई केन्द्रमा राखेर हामी नेपाल लाइभमा शृंखलाबद्ध रुपमा चर्चा गर्नेछौं।)
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १८:०६
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित स्प... बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पे... बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण स्थानीय तहसँगको समन्वयमा पहिचान भएका बाढीपीडित परिवारलाई दोहोरो राहत नपर्ने गरी एकद्वार प्रणालीमार्फत रकम उपलब्ध गराइएको सरकारले जना... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्