• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
‘नयाँ’ एमाले–४

ओलीलाई सर्वसम्मत अध्यक्ष बन्नबाट कसले रोक्ला?

किशोर दहाल/डिबी खड्का बिहीबार, कात्तिक २५, २०७८  १८:०६
1140x725

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरु मात्र होइन, ‘दश भाइ’ भनेर चिनिने कतिपय नेताहरु समेत आगामी महाधिवेशनबाट ओलीलाई निर्विकल्प अध्यक्षको रुपमा प्रस्तुत गरिरहेका छन्। ओलीको जोड पनि सर्वसम्मत अध्यक्ष बन्ने नै छ। त्यसैको पूर्वअभ्यास स्वरुप उनले तल्ला कमिटीको नेतृत्व चयन पनि सकेसम्म सर्वसम्मत गर्न परिपत्र नै गराएका थिए।

गत कात्तिक ४ गते वडा र पालिका अधिवेशनको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जारी गरेको परिपत्रको पाँचौं बुँदामा भनिएको थियो- ‘नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउने र यदि सर्वसम्मत नभए मात्र निर्वाचन विधि अपनाउने।’ त्यसयताका आफ्ना भाषणहरुमा अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन विधि पनि कसरी लोकतान्त्रिक हो भनेर व्याख्या गरिरहेका छन्।

यतिबेला ओली एमाले अध्यक्ष मात्रै होइन, प्राधिकार बन्ने बाटोमा छन्। त्यसका लागि पार्टीभित्र निर्विरोध र सर्वसम्मत अध्यक्ष बन्नु जरुरी छ। त्यसो भयो भने तत्काललाई उनीनिकट नेताहरुले भन्दै आएको जस्तो एउटा ध्रुवको नेता र आगामी दिनमा उनी नै राष्ट्रिय नेताको रुपमा सबैभन्दा माथिल्लो उचाइका हुन् भनेर व्याख्या गर्न सहज हुनेछ।

कुनै बेला पार्टीको नेतृत्व गरेका दुई नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालको बहिर्गमनपछि ओलीलाई सांगठनिक रुपमा चुनौती वा दबाब दिने माथिल्लो नेतृत्व छैन। ती नेताको बहिर्गमनपछि पनि एमालेमै रहेका नेताहरु अहिले छिन्नभिन्न भइसकेका छन्। कतिपय ओलीकै गुणगान गाउने र पदाधिकारी सुनिश्चित गर्ने रणनीतिमै लागिसकेका छन्। कतिपय एमाले विभाजनअघि नै ओलीको 'प्यारा' भइसकेका थिए।

यो पनि पढ्नुहोस्

कस्तो होला ‘ओली प्राधिकार’ एमाले?मंगलबार, कात्तिक १६, २०७८

ओलीको विकल्पमा अर्को अध्यक्ष बन्ने सम्भावना नरहेको एमालेभित्र स्वीकार भइसकेको विषय हो। तर, ओली निर्विरोध र सर्वसम्मत अध्यक्ष बन्लान्? कि कसैले चुनौती दिन्छन्?

ओली पक्षका नेताहरु ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन लागिपरेकाले त्यहाँबाट उनलाई चुनौती छैन। त्यसो भए, ओलीलाई सर्वसम्मत अध्यक्ष बन्ने बाटोमा अवरोध कसले गर्ला? एमाले वृत्तमा यतिबेला दुई नेताको चर्चा हुने गरेको छ- उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल।

रावलको आधार कति बलियो?
रावलले आफू अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। गृहजिल्ला अछामस्थित साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधन गर्दै रावलले कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने स्पष्ट पारेका थिए। ‘दशौँ महाधिवेशनमा तपाईंहरूको स्वाभिमान र भावनाको झन्डालाई बलियो गरी समात्छु, हार्ने–जित्ने कुराको चिन्तै नगर्नुस्’, उनको भनाइ थियो।

रावल  सुदूरपश्चिम इञ्चार्जमा आफू पुन:बहाली नहुँदा असन्तुष्ट छन्। ओलीको त्यही क्रियाको प्रतिक्रियामा उनले अध्यक्ष उठ्ने घोषणा गरेको जस्तो देखिएको छ। उनले १० बुँदे कार्यान्वयन नभए मात्रै 'ओलीसँग संघर्ष जारी रहने' भाष्य त्यहीँ प्रस्तुत गरेका छन्। उनको भनाइ छ, ‘अब हामीले भन्दा पनि मानेन भने के गर्ने भन्नुहोला। मानेन भने उनले जस्तो व्यवहार गर्छन्, त्यस्तै व्यवहार गर्ने र संघर्ष जारी राख्नुपर्छ।’

Ncell 2
Ncell 2

त्यसैले पनि अध्यक्ष उठ्ने विषयलाई उनले असन्तुष्टिका रुपमा व्यक्त गरेको कतिपयको बुझाइ छ। अध्यक्षमा उठ्ने विषयलाई त्यति हलुका रुपमा प्रस्तुत गर्न नहुने उनीहरुको भनाइ पाइन्छ।

असन्तुष्ट भएर 'विद्रोह'को बिगुल फुक्‍ने र जिम्मेवारी प्राप्त गर्नासाथ 'कुल' हुने रावलको स्वभाव छ। विगतका कतिपय घटनाक्रमले त्यसलाई पुष्टि गरेका छन्। त्यसैले उनको अध्यक्ष उठ्ने घोषणालाई एमालेको ओली पक्षका नेताहरुले 'बार्गेनिङ टुल्स'का रुपमा बुझेका छन्। ओलीनिकट एक नेता भन्छन्, 'उहाँलाई एकपल्ट अध्यक्षले भेट्नुभयो भने सबै ठीक हुन्छ। १०औं महाधिवेशनपछिको सुरक्षा खोज्नुभएको होला।'

यो पनि पढ्नुहोस्

वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!बुधबार, कात्तिक १७, २०७८

इन्चार्जको विषयमा उनले उठाइरहेको असन्तुष्टि हल भएमा र आगामी महाधिवेशनबाट उनी उपाध्यक्षमा दोहोरिने निश्चित भएमा उनको आक्रोश मत्थर हुने उनको नियमित सम्पर्कमा रहने नेताहरु बताउँछन्। रावलको पछि लागेर आफ्नो राजनीतिक पाइला अघि सारिरहेको एउटा निश्चित समूह छ। त्यसकारण रावलले आफ्नो मात्रै हिसाबकिताब गरेर पुग्दैन, आफू निकटका नेताहरुको व्यवस्थापनको पनि चिन्ता गर्नुपर्ने छ। रावल अध्यक्षमा पराजित भए तर, स्थायी कमिटीमा परेनन् भने के हुन्छ? अन्य नेताको अवस्था के हुन्छ? त्यसैले अध्यक्षमा उम्मेदवार बन्ने उनको घोषणा अन्तिमसम्म नटिक्न पनि सक्ने आकलन कतिपयले गरेका छन्।

रावलले अध्यक्षमा आफूलाई प्रस्तुत गर्ने सवैभन्दा बलियो आधार 'दश भाइ'को समर्थन हो। उनीहरुसँगको छलफलपछि अध्यक्षमा रावलले उम्मेदवारी घोषणा गरेका होइनन्। ‘के सन्दर्भमा त्यो घोषणा गर्नुभयो, सम्पूर्ण रुपमा बुझ्न पाएको छैन। उहाँसँग पनि बसेर कुराकानी हुन पाएको छैन’, एमाले विभाजनका बेला माधवकुमार नेपालको साथ छाडेका स्थायी कमिटीका १० नेतामध्येका एक नेता भन्छन्, ‘उहाँसँगको कुराकानीपछि त्यो कुरा स्पष्ट होला।’

त्यसैले एमालेको आन्तरिक संघर्षमा माधव नेपालसँग रहेका 'दश भाइ'मध्ये कोहीबाट ओलीलाई अध्यक्षमा चुनौती आउने स्वाभाविक अपेक्षाको परिणाम पनि उनको घोषणालाई लिन सकिँदैन। त्यसैले पनि उनी अध्यक्षमा उठ्ने  बलियो  आधार अझै एमाले कार्यकर्ताले देखेका छैनन्। 

यो पनि पढ्नुहोस्

एक्लै दौडेर विजेता हुने तरखरमा ओलीशुक्रबार, कात्तिक १९, २०७८

रावलले उम्मेदवारी घोषणा गर्दा उनले उठाइरहेको 'राष्ट्रवाद'लाई पृष्ठभूमि बनाउन सक्थे। उनको प्रदेशमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीदेखि उनले नै चर्को विरोध गरेको एमसीसीलाई आधार बनाउँदा एक तहको सेन्टिमेन्ट 'क्यास' हुन सक्थ्यो। उनले चुनाव नजिते पनि बहसको अजेन्डा हुन सक्थ्यो। आगामी महाधिवेशनसम्ममा औचित्य सकिने १० बुँदेले रावललाई 'अध्यक्षको वैतरणी' तार्नु त परको कुरा, किनारसम्म पुर्‍याउन सक्ने पनि देखिँदैन।

अध्यक्ष उठ्नैपर्ने दबाबमा घनश्याम भुसाल? 
उपमहासचिव घनश्याम भुसाललाई यसपटक अध्यक्षमै उम्मेदवारी दिन दबाब छ। त्यो दबाब उनी निकटका नेताहरु र उनी स्वयंले आफैंप्रति सिर्जना गरेका छन्। व्यवहारमा जे सुकै होस्, एमालेले आफ्नो दस्तावेजमार्फत् जे विषय पारित गरिरहेको छ र सार्वजनिक रुपमा त्यसलाई जसरी व्याख्या गर्न थालिएको छ, त्यो भुसालकै लाइन भएको उनी निकट नेताहरुको दाबी मात्रै होइन, ओली निकट नेताहरुको पनि स्वीकारोक्ति पाइन्छ। ‘ओली स्वयं दलाल पुँजीवादको विरोध गर्दै भाषण गर्न थाल्नुभएको छ। अरु के कुरा गर्नु?’, भुसाल निकट एक नेता भन्छन्।

पार्टीका आधिकारिक दस्तावेज आफ्नो लाइन अनुसार अघि बढिरहेको छ भने त्यही पार्टीको नेतृत्व लिनका लागि न्यूनतम प्रयास पनि नगरेको चाहिँ किन त? भुसाललाई उनी निकटका नेताहरुले दिने दबाब पनि यही मान्यताबाट सिर्जना भएको हो।

कम्युनिस्ट पार्टीमा जसको नीति उसको नेतृत्व भन्ने मान्यता छ। तर, नेकपाको दोस्रो महाधिवेशनमा पुष्पलालको नीति पास भए पनि केशरजंग रायमाझी नेतृत्वमा आए। नवौंमा भुसालहरुको नीति पास भयो, नेतृत्वमा ओली आए। केशरजंग नेतृत्वमा आउँदा जसरी नेकपा भताभुंग भएको थियो, ओली आएपछि एमाले त्यस्तै भएको व्याख्या पनि हुने गरेको छ।

यो पनि पढ्नुहोस्

माधव नेपाल दोहोर्‍याइरहेछन्, आखिर के भएको थियो नेकपाको दोस्रो महाधिवेशनमा?मंगलबार, भदौ १५, २०७८

तर, त्यतिबेला पुष्पलाल प्रतिस्पर्धामा उत्रिएका थिए। भुसाल भने अघि सरेका छैनन्। पुष्पलालको प्रयास इतिहासमा अभिलेख छ, भुसाल के गर्लान् प्रष्ट छैन। ‘अघि बढ्नुपर्छ भन्नेमा उहाँ पनि सहमत हुनुहुन्छ। सम्भवतः यसपटक अध्यक्षमै उम्मेदवारी दिनुहुन्छ। तर, भीम रावलले समेत अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरिसकेको अवस्थामा एकपटक उहाँसँगै र अन्य नेताहरुसँग पनि छलफल गर्ने मनस्थितिमा हुनुहुन्छ’, ती नेता भन्छन्, ‘चार-पाँच दिनमै विषय स्पष्ट हुन्छ।’

रावलभन्दा भुसाललाई अध्यक्षमा उम्मेदवार बन्न सजिलो रहेको उनी बताउँछन्। मुख्यतः भुसाल गुट-उपगुटको झन्झटमा छैनन्। अध्यक्षमा हारेर उनी स्थायी कमिटी सदस्य पनि बन्न पाएनन् भने पनि उनले खासै ठूलो क्षति बेहोर्नुपर्दैन। किनकि, अहिले उपमहासचिव हुँदा पनि उनलाई जिम्मेवारी दिइएको छैन। जिम्मेवारी नपाउने भएपछि उपमहासचिव हुनु र केन्द्रीय सदस्य हुनुमा के फरक पर्छ र भन्ने बुझाइ उनमा पाइन्छ।

‘उहाँ उम्मेदवार हुनुभयो भने अध्यक्षमा ओलीलाई नै भोट हाल्नेहरुलाई पनि कुन प्रवृत्तिलाई भोट हाल्दै हुनुहुन्छ र त्यसले एमालेलाई कहाँ पुर्‍याउँछ भन्ने स्पष्ट पार्न सक्नुहुन्छ’, उनी भन्छन्, ‘भुसालको हार त होला, तर ओलीको जितले एमालेलाई जहाँ पुर्‍याउँछ, त्यसको जिम्मेवारीबोध सम्पूर्ण मतदातालाई महसुस गराउन सक्नुहुन्छ। ओलीलाई रोक्न कसैले सांकेतिक रुपमै भए पनि प्रयास गरेको थियो भन्ने अभिलेख रहन्छ। आफ्नो विचारको बीऊ जोगाउन पनि त्यस्तो प्रतिस्पर्धाले फाइदै गर्छ।'

भुसालले स्थापित गरेको भाष्य 'दलाल पुँजीवाद'को चुनौतीलाई एमालेले नीतिगत रुपमै स्वीकारेको छ। त्यसबाट देशलाई कसरी मुक्ति दिलाउने भन्ने 'कार्यदिशा' पहिल्याउन सकेको छैन। एमाले नेताकै तहमा उक्त विषयप्रति स्पष्ट बुझाइ रहेको समेत भेटिँदैन। त्यसैले भुसालको उम्मेदवारीले स्वीकारिसकेको 'दलाल पुँजीवाद'को चुनौतीबाट पार पाउने उपाय खोज्न एमालेमाथि दबाब सिर्जना हुनेछ। भुसालनिकट एक नेता भन्छन्, 'एमालेमा 'टावरिङ पर्सनालिटी' बनेका ओली जस्ता 'पहाड'सँग किन कुम ठोक्काउन लागेको? भनेर सोध्ने कार्यकर्ताका लागि समेत भूसालसँग स्पष्ट जवाफ छ- जसको नीति, उसैको नेतृत्व।

तर, ओलीनिकट नेताहरुका अनुसार रावल र भुसाल दुवै जना अध्यक्षको प्रतिस्पर्धी बन्ने छैनन्। महाधिवेशन प्रतिनिधिहरुको चयन भइसकेपछि धेरै विषय स्पष्ट हुने र ओलीको विपक्षमा खडा हुने नेताको स्थान टुंगो लगाउने तयारी छ। 'सहमतिको महाधिवेशन'मा ओलीले दिएको स्थानमा बस्न 'सहमत' हुने वा नहुने कुरा भने नेताहरुमा भर पर्नेछ।

(तत्कालीन एमाले र माओवादीबीच एकीकरणबाट बनेको नेकपाको एकता सर्वोच्च अदालतको फैसलासँगै भङ्‍ग भएपछि ब्युँतिएको एमालेले पनि विभाजन भोग्यो। एमाले गठनमै भूमिका खेलेका माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोले। विभाजन भोगेको एमालेको वैचारिक र सांगठनिक ढाँचामा निकै बदलाव आएको छ। र, यसका नेताहरु भनिरहेका छन्- यो नयाँ एमाले हो। कस्तो हुन्छ नयाँ एमाले? यो कसरी अगाडि बढ्छ? अनि यो कुन बाटो हिँड्छ? पार्टीभित्रको व्यवस्थापनदेखि कार्यदिशासम्म यो कसरी प्रकट हुन्छ? एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई केन्द्रमा राखेर हामी नेपाल लाइभमा शृंखलाबद्ध रुपमा चर्चा गर्नेछौं।)
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १८:०६
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता समानुपातिकतर्फ इच्छा जाहेर गर्नेहरूको संख्या बढेपछि पार्टीका विभिन्न गतिविधिमा सक्रिय हुन भन्दै उनले नाम फिर्ता लिएको एक नेताले जानक... आइतबार, पुस २७, २०८२
भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (लाइभ) आज र भोलि हुने महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ । भोलि बन्दसत्र हुने बताइएको छ । आइतबार, पुस २७, २०८२
शेखरको भिडिओ सन्देश- सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु कोइरालाले आफूलाई मन्त्री वा महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित नगरेको र सभापति वा प्रधानमन्त्री हुने कुराले पनि नलोभ्याउने... आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता आइतबार, पुस २७, २०८२
भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (लाइभ) आइतबार, पुस २७, २०८२
शेखरको भिडिओ सन्देश- सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु आइतबार, पुस २७, २०८२
१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष भेटियो, खोतल्ने काम सुरु आइतबार, पुस २७, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्