• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?

64x64
डिबी खड्का मंगलबार, चैत १३, २०८०  १८:४०
1140x725

काठमाडौं- सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ। सोमबार न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले उक्त आदेश जारी गरेको हो।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मा सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए। जसको फैसला अहिले भएको हो। चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३ मा उपदफा ६ आफू अनुकुल राख्न सफल भए पनि सम्बन्धन लिन भने प्रसाईं असफल भएका थिए।

तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ‌ओली र पुष्पकमल दाहाल प्रचण्ड निकट पुगेका उनका पक्षमा तत्कालीन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौं युनिभर्सिटीको सिनेटले समेत साथ दिएको थियो। तर चिकित्सा शिक्षा आयोग र डा गोविन्द केसीको निरन्तर खबरदारीका कारण रोकिएको थियो। 

तीन वर्षअघि नै केयूको निर्णय
प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय काठमाडौं युनिभर्सिटी २०७७ फागुनमै गरिसकेको थियो। २०७७ फागुन १२ गते बसेको केयूको सिनेट बैठकले बीएन्डसीको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।

तत्कालीन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले त्यसका लागि पहल गरेका थिए। 'झापास्थित बीएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरले २०७३ फागुन १५ गते चलानी नम्बर ४१९ मार्फत केयूमा एमबीबीएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिका लागि निवेदन पेस गरेको सन्दर्भमा सहकुलपति एवं शिक्षा मन्त्रीबाट निर्देशन भए अनुरुप त्यस बीएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको सम्बन्धनको विषयबारे बैठकमा छलफल हुँदा उक्त संस्थाको संस्थाको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय भयो,'  उक्त बैठकको माइन्युटमा उल्लेख छ।

सोही माइन्युटका आधारमा २०७८ साल वैशाख २२-२६ गतेसम्म केयूको विज्ञ टोलीले अस्पताल निरीक्षण गरेको थियो। उक्त टोलीले सम्बन्धन दिन सकिने प्रतिवेदन बुझाएको थियो। त्यही प्रतिवेदनका आधारमा २०७८ वैशाख ३१ गते विश्वविद्यालय कार्यकारी परिषद् बैठक बसेर सम्बन्धन अघि बढाउने निर्णय लिएको थियो।

kathmandu-university-letter-1711435421-1711444750.jpg
सोही अनुसार २०७८ जेठ २ गते केयूले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन प्रक्रिया अघि बढाउन पत्र पठाएको थियो। चिकित्सा शिक्षा आयोगले भने उक्त विषयलाई थाती राख्यो। बरु तत्कालीन आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले आयोगलाई छलेर विश्वविद्यालयले सम्बन्धन दिन खोजेको बताएका थिए। डा गिरीले सम्बन्धनका लागि उपयुक्त वातावरण नबनाएपछि व्यवसायी प्रसाईंले डा गिरीले २० करोड घुस मागेको आरोप लगाएका थिए। अफवाह फैलाएर मानहानि गरेको भन्दै डा गिरीले अदालतमा मुद्दा दायर गरेका थिए।

कसरी रोकिएको थियो? 
२०६८ माघ २४ गते मेडिकल कलेजका लागि आसयपत्र लिएर बीएण्डसी मेडिकल कलेजले एमबीबीएसका लागि भौतिक संरचना तीव्र रुपमा बनाइरहेको थियो। यही समय नेपालमा चिकित्सा शिक्षामा मनोमानी भइरहेको भन्दै थिति बसाउनका लागि डा गोविन्द केसीले आन्दोलन तीव्र पारे। पटक-पटक अनशन बसे।  

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले २०७५ सालमा काठमाडौं उपत्यका भित्र १० वर्ष मेडिकल कलेजलाई सम्बन्धन नदिने सहित एक विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन गर्न नपाउने सहमति डा केसीसँग गर्‍यो। उक्त  सहमति कानुन संशोधन गरेर कार्यान्वयनमा ल्याइयो।

अन्य मापदण्ड पूरा गरे पनि यही एक मेडिकल कलेजले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने प्रावधानका कारण बीएण्डसीले सम्बन्धन पाएन। 

मार्सी भातवाला सम्बन्ध र कानुनी प्रावधान
कानुनी रुपमै सम्बन्धन पाउने सम्भावनाको अन्त्य भएपछि व्यवसायी प्रसाईंले कानुनबाटै सम्बन्धन लिने बाटो खुलाउन अनेक प्रयत्न गरे। त्यहीमध्येको एक प्रयत्न तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी भात खुवाउनुको थियो। त्यही मार्सी भातवाला सम्बन्धको लाभ उनलाई मिल्ने भएको हो। 

तत्कालीन समयमा अध्यक्षद्वयका प्रिय पात्र रहेका प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा ऐनको दफा १३ को उपदफा ६ मा विशेष व्यवस्था गरिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जहाँ भनिएको छ, 'यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन जारी भएपछि एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन। तर यो ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिइसकेका र मनसायपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागू हुने छैन। काठमाडौं उपत्यका बाहिरका अन्य शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुनेछ। आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन।'

5_yr_2---Copy-1-1711435471-1711444802.jpg
उक्त प्रावधान रोक्न डा केसीले त्यो बेला चर्को लबिङ गरे। आन्दोलन पनि गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका सांसदहरुले संसद् र संसदीय समितिमा फरक धारणा राखे। उक्त विषयका कारण चिकित्सा शिक्षा विधेयकमा सर्वसम्मति जुटेन। दुई तिहाइ नजिकको तत्कालीन नेकपा (एमाले र माओवादी केन्द्र)को सरकारले बहुमतका आधारमा उक्त प्रावधान सहित ऐन पारित गरेरै छाड्यो। तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पेस गरेको विधेयकमा सभामुख कृष्णबहादुर महराले विरोधका बाबजुद पेलेरै पास गराएका थिए।

सोही कानुनमा टेकेर मुद्दा
त्यही कानुनमा टेकेर प्रसाईं २०७६ साल भदौमा सम्बन्धनका लागि निवेदन लएर चिकित्सा शिक्षा आयोगमा पुगेका थिए। तत्कालीन उपाध्यक्ष डा गिरीले २०७३ सालदेखि आसयपत्र नवीकरण नभएको र विश्वविद्यालयको सहमति पनि नभएको भन्दै सम्बन्धन दिन अस्वीकार गरे। राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ को दफा ७ को उपदफा (३) मा सम्बन्धनका लागि सिफारिस भएका तर आसयपत्र नवीकरण नभएका शिक्षण संस्थाले नियमावली प्रारम्भ भएको तीन महिना भित्र आसयपत्र नवीकरण गराउनुपर्ने व्यवस्था छ।

Durga-6-1711435449-1711444841.jpg
उपदफा (३) अनुसार नवीकरण नगरे आशयपत्र स्वतः रद्द हुने नियमावलीको उपदफा ४ मा उल्लेख छ। यस विषयमा भने २०७७ कात्तिक १८ गते न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले उक्त मेडिकल कलेजको हकमा दफा ७ को उपदफा (१), (३) र (४) कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। लामो अवरोधबाट गुज्रेको बीएण्डसीको हकमा आसयपत्र नवीकरण भए/नभएको विषय मात्रै सम्बन्धनको 'इस्यु' नहुने संकेत अदालतले गरिसकेको थियो। 

मेडिकल कलेजका लागि सम्बन्धन प्राप्त गर्न १२ वर्षदेखि कुरेको बीएण्डसीलाई अदालतले कानुन अनुसार हरियो झण्डा देखाएको छ। मेडिकल कलेजका सञ्चालक प्रसाईं झापामा चिकित्सा शिक्षा दिने अभियानबाट केही पर पुगेका छन्। सन्देह कायम छ- कानुनबाट 'न्याय' पाएका उनी कानुनीतन्त्रमा विश्वास गर्लान् वा भिडतन्त्रमै रमाउलान्?

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला जसमध्ये रसुवामा २ सय ३७ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर... बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको... बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाहले बुधबार बिहान पालाञ्चोक भगवती पुगेका... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्