• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!

64x64
डिबी खड्का शुक्रबार, साउन २९, २०८३  १८:४०
1140x725

पाँच महिना लामो स्वनिर्वासनपछि शेरबहादुर देउवा बिहीबार स्वदेश फर्किए। जेन–जी आन्दोलनले दिएका शारीरिक र मानसिक घाउ केही पुरिएजस्ता देखिन्थे। अनुहारमा आभा थियो।

जेहोस्, पूर्वप्रधानमन्त्री देउवा देश फर्किए। परदेशिएको हरेक नेपाली फर्किंदा हामी खुशी हुनुपर्छ। देउवा जस्तो व्यक्तित्व घर्किदो उमेरमा पराइ भूमिमा भौतारिएको कसैलाई पनि निको लागेको थिएन। 

फर्किंदा देखिएको भीड र स्वागतको माहोलले स्वाभाविक रूपमा जोश थप्यो होला।, बोलीमा आवेश मिसियो । त्यसै क्रममा उनले भने- 'ज्ञानेन्द्र शाहले त सकेनन्, यिनले सक्छन्?'

‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर नेपाली कांग्रेसका सभापति गगन थापा।

ज्ञानेन्द्र शाहले सकेनन्, त्यो ठीकै हो। तर यिनीहरूले सक्नैपर्छ।

तर ‘सक्ने’ भनेको शेरबहादुर देउवालाई सक्ने होइन। व्यक्ति शेरबहादुर देउवाको देश र लोकतन्त्रका लागि योगदानलाई अस्वीकार गर्न मिल्दैन। उनले नेपाली लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका र त्यस क्रममा भोगेको संघर्षको आफ्नै ऐतिहासिक महत्त्व छ। त्यसलाई सम्मान गर्नैपर्छ।

तर प्रश्न व्यक्ति देउवाको होइन, देउवाको आडमा विकसित भएको ‘देउवा प्रवृत्ति’को हो।

त्यो प्रवृत्ति सकिनैपर्छ। सकिएन भने न देश बन्छ, न कांग्रेस नयाँ बाटोमा अघि बढ्न सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यो ‘देउवा प्रवृत्ति’ के थियो?
भनिरहन नपर्ने कुरा हो। तर समयक्रमले बिर्सन नदिन स्मरण गराउनुपर्छ। शक्ति र सत्ताका लागि देउवा, ओली, नेपाल, प्रचण्डलगायतका पुराना राजनीतिक शक्तिहरूले निर्माण गरेको सत्ता-सिन्डिकेट सम्झिए पुग्छ। देउवाको राजनीतिक आडमा निकटस्थहरूले सिर्जना गरेका राजनीतिक चरित्र र प्रशासनिक विकृतिको हिसाबकिताब पनि बिस्तारै सार्वजनिक हुँदै गएको छ।

जेन–जी आन्दोलनले त्यसको केही हिसाब माग्यो। केही प्रश्न उठायो। केही पर्दा हटायो। अब बाँकी प्रश्नको उत्तर पनि खोजिनुपर्छ।

सायद त्यही त्रासले देउवा प्रवृत्तिका केही पात्रहरू उनीसँगै स्वदेश फर्किन सकेनन्।

ज्ञानेन्द्रले किन सकेनन्?
देउवाले चितवनमा आत्मविश्वासका साथ प्रश्न गरे- 'ज्ञानेन्द्रले त सकेनन्, यिनले सक्छन्?'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जीवनभर राजनीति गरेका र पटक–पटक प्रधानमन्त्री बनेका देउवालाई यसको उत्तर आफैं थाहा हुनुपर्ने हो।

ज्ञानेन्द्रले किन सकेनन्? किनकि, उनले जनताको म्यान्डेटबिना सत्ता हत्याएका थिए। उनीसँग जनताको विश्वास थिएन। जनताले उनको कदम स्वीकार गरेका थिएनन्।

२०६२/०६३ मा देउवा र उनीजस्ता लोकतान्त्रिक शक्तिहरू सफल हुनुको कारण उनीहरूसँग केवल एउटा राजनीतिक झुन्ड थिएन।सिंगो जनता थियो।

त्यो विजय देउवाको व्यक्तिगत विजय थिएन। त्यो जनताको चाहना, जनआन्दोलन र लोकतन्त्रको विजय थियो।

त्यसैले ज्ञानेन्द्रले देउवासँग होइन, जनतासँग हार्नुपरेको थियो।

यिनीहरूले किन सक्छन्, किन सक्नैपर्छ?
विनम्रताका साथ भन्छु- देउवा दाइ, यिनीहरूले चाहिँ सक्नैपर्छ।

किनकि यिनीहरू राजनीतिका नयाँ पुस्ताका प्रतिनिधि हुन्। परिस्थितिले अहिले पार्टीमा गगन थापा र सरकारमा बालेन्द्र शाहलाई अग्रमोर्चामा उभ्याएको छ।

यहाँ गगन र बालेन्द्रलाई केवल व्यक्ति भनेर बुझ्नु गलत हुन्छ। उनीहरू परिवर्तन चाहने नयाँ पुस्ता र नयाँ राजनीतिक मनोविज्ञानका प्रतिनिधि हुन्।

त्यसैले चुनौती पनि व्यक्तिलाई हराउने होइन। चुनौतीपुरानो राजनीतिक संस्कारलाई विस्थापित गर्नेहो।
नेपाली कांग्रेसले आफ्ना पूर्वसभापति शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा गरेको छ। कांग्रेसले उनको लोकतान्त्रिक आन्दोलनमा योगदान र पार्टी निर्माणमा खेलेको भूमिकाको सम्मान गर्दै आगामी दिनमा पनि उनको अनुभव र मार्गदर्शन महत्त्वपूर्ण हुने बताएको छ।

यो अपेक्षा स्वाभाविक हो।

तर अभिभावक हुनु भनेको पुरानो शैलीको राजनीतिक संरक्षणको केन्द्र बन्नु होइन। नयाँ पुस्तालाई ठाउँ दिनु, उनीहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिनु र आवश्यक पर्दा सही बाटो देखाउनु हो।
देउवा अब किन सान्दर्भिक छैनन् भन्ने प्रश्न

जनताले आफ्नो धारणा व्यक्त गरिसकेका छन्।

एक समयका शक्तिशाली नेता देउवालाई राजनीतिक घटनाक्रमले नै केही हदसम्म किनारामा पुर्‍याइसकेको छ। उनलाई विस्थापित गरेर निर्वाचनमा गएको कांग्रेसले समेत संसदमा अपेक्षित राजनीतिक हैसियत हासिल गर्न सकेन।

२०६२/०६३ मा देउवा नेपाली राजनीतिका सान्दर्भिक पात्र थिए। त्यसैले उनीहरूको आवाज सुनिन्थ्यो। आज परिस्थिति फेरिएको छ।

देउवा व्यक्तिका रूपमा उमेरको स्वाभाविक चरणमा विश्रामको हकदार छन्। राजनीति पनि एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुनुपर्छ।

तर समस्या त्यहाँ होइन।

समस्या के हो भने देउवाको उपस्थितिलाई आधार बनाएर ‘देउवा प्रवृत्ति’ फेरि टाउको उठाउन खोजिरहेको छ कि छैन?

यदि खोजिरहेको छ भने त्यसलाई नयाँ पुस्ताले रोक्नैपर्छ।

देउवाले अब के गर्न सक्छन्?
अन्त्यमा देउवा आफैंले महसुस गर्नुपर्ने एउटा कुरा छ।

जेनजी आन्दोलनका क्रममा देशमा ठूलो उथलपुथल भइरहँदा त्यसलाई घरबाटै 'लाइभ' हेरिरहेका कतिपय पात्रहरू आज फेरि 'राजनीतिक सेल्फी र लाइभ'मा देखिन थालेका छन्।

उनीहरू देउवाको मायाले मात्र आएका होइनन्। आफ्नै राजनीतिक ठौर–ठेगाना गुमेपछि नयाँ आड खोज्दै आएको देखिन्छन्।

तिनीहरुले पछिल्ला महिनामा राजनीतिक ठेगाना खोज्ने अनेक प्रयास गरे। तर सबै सफल भएनन्।
अब उनीहरूका लागि देउवा फेरि एउटानिमित्त पात्रबन्ने खतरा छ।

देउवा दाइ, त्यसबाट जोगिनुहोस्।

कांग्रेसलाई नयाँ धारबाट अघि बढाउन खोजिरहेको गगन–विश्वप्रकाश पुस्ताको अभिभावक बनिदिनुभयो भने त्यो तपाईंको राजनीतिक जीवनको सुन्दर उत्तरार्ध हुन सक्छ।

सरकारलाई छानबिनमा सघाउनुहोस्। आफू र आफ्नो परिवारमाथि लागेका आरोप तथा आफूमाथि भएका अन्यायको समेत निष्पक्ष छानबिन माग्नुहोस्।

छानबिनबाट नभाग्नुहोस्, छानबिनलाई बाटो देखाउनुहोस्।

तपाईंमाथि भएका ज्यादतीको पनि छानबिन हुनुपर्छ। त्यसका लागि जनताको ठूलो हिस्सा तपाईंको साथमा हुनेछ।

किनकि इतिहासमा तपाईंको योगदान महत्वपूर्ण छ र त्यसलाई कायम राख्नुपर्छ।

मेटिनुपर्ने केवल त्यो ‘देउवा प्रवृत्ति’ हो- जसले व्यक्ति होइन, संस्थालाई कमजोर बनायो,लोकतन्त्र होइन, सत्ता-संरक्षणलाई बलियो बनायो।

ज्ञानेन्द्रले नसकेको कारण जनता उनीसँग थिएनन्।

अब यिनीहरूले सक्ने कारण पनि यही हो- जनताको चाहना उनीहरूसँग छ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १८:४०
  • #शेरबहादुर-देउवा
  • #नेपाली कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्