• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...

64x64
डिबी खड्का शनिबार, मंसिर ८, २०८१  १३:२२
1140x725

एन्टिमाइक्रोबियल रेसिस्टेन्ट अवारनेस विक (प्रतिजीवि प्रतिरोध सचेतना सप्ताह) चलिरहेको छ। मानव स्वास्थ्यलाई हानी गर्ने जिवाणु (ब्याक्टेरिया, भाइरस, फंगल) आदि औषधि भन्दा बलिया बन्न थालेका छन्। बिरामी गराउने ती जिवाणुबिरुद्ध दिने औषधि (विशेषगरी एन्टिबायोटिक)लाई पचाउन थालेका छन्। जसले गर्दा ब्याक्टेरियाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका मानिसहरुलाई निको बनाउन चिकित्सक असमर्थ भएको घटना पनि सुनिन थालेका छन्। 

यसका लागि स्वास्थ्य मात्रै होइन, बहुक्षेत्रीय प्रयास, सहभागिता र प्रतिबद्धता आवश्यक छ। त्यसको एउटा महत्वपूर्ण हिस्सेदार मिडिया पनि हो। एन्टिबायोटिक रेसिस्टेन्टबिरुद्धको कार्ययोजनाका पाँच पिलर मध्ये एक सचेतना छ। सचेतनाका लागि काम गर्ने पत्रकार तथा सञ्चारकर्मीले पहिले यसबारे राम्रोसँग बुझ्नुपर्छ । तर, नेपालको परिप्रेक्ष्यमा त्यस्तो अवसर निकै कम छ।

विज्ञान तथा स्वास्थ्यका विद्यार्थी र अभ्यासकर्ताका लागि ब्याक्टेरिया, कल्चर,  एएमआर, एमडीआर, एक्सडीआर जस्ता 'जार्गन' सामान्य हुन्। ब्याक्टेरियाले एन्टिबायोटिक प्रतिरोध गर्ने प्रक्रिया उनीहरुका लागि आधारभूत कुरामै पर्ला। सञ्चारकर्मीले आफूलाई माध्यमका रुपमा प्रस्तुत गरिरहेका हुन्छन् । तर, समाजले 'ज्ञाता' दृष्टिले समेत हेर्ने गरेको छ। कहिलेकाहिँ सरोकारवालाई लाग्न सक्छ- यति पनि थाहा छैन? तर, सञ्चारका विद्यार्थी र अभ्यासकर्ताका लागि यी नयाँ पनि हुन सक्छन्।

IMG_0788-1732346644-1732347369.jpeg
एन्टिमाइक्रोबियल रेसिस्टेन्टमा समेत अनुसन्धान गरिरहेको अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट नेपाल (ओक्रु)ले भने यसलाई महशुस गरेको 'महशुस' हामीलाई पनि गरायो। एन्टिमाइक्रोबियल रेसिस्टेन्टसँग जोडिएका नियमित प्रयोगमा आउने प्राविधिक तथा वैज्ञानिक शब्दहरको गुत्थी मात्रै फुकाइदिएन, ब्याक्टेरिया कल्चर (उमार्ने)देखि सेन्सेटिभिटी टेस्ट (मार्ने) प्रक्रियासम्म अवलोकन गराइदिएको थियो।

ओक्रुले रिसर्चका लागि स्थापना गरेको थापाथलीस्थित ल्याबमा स्वास्थ्य पत्रकारिता गरिरहेका केही पत्रकार (कल्पना आचार्य, रामप्रसाद न्यौपाने, सरोज ढुंगेल, सविना खनाल र बालकृष्ण साहलाई बोलाएर छलफलका साथै ल्याब अवलोकन गराएको थियो। संस्थाकी पब्लिक इंन्गेजमेन्ट म्यानेजर आसता दाहालको संयोजनामा माइक्रोबायोलोजिस्ट डा सुलोचना मानन्धर र ल्याब प्रमुख डा सविना डंगोलले प्रक्रिया बारे जानकारी दिनुका साथै पत्रकारहरुसँग रहेका जिज्ञासाहरु सम्बोधन गरेका थिए। 

ल्याबमा अपनाउनुपर्ने सम्पूर्ण सावधानीसहितको बन्दोबस्तीमा उक्त प्रक्रियाको प्रत्यक्ष अवलोकन गराइएको थियो। ब्याक्टेरिया जहीँतहीँ हुने विषयलाई राम्रोसँग बुझाउन सुरुमा उनीहरुको हातबाट नमूना लिइएको थियो। प्रयोगशालामा जाँच हुँदा आफ्नो हातमा धेरै ब्याक्टेरिया देखिए 'फोहरी'का रुपमा दर्ज हुने संकोचले पत्रकारहरुलाई पिरोलेको थियो। हात सफा राख्नु धेरै रोगबाट जोगिनु हो। राम्रोसँग हात धुने बानी बसाल्नु पनि स्वस्थ जीवनशैलीको सुरुवात हो। हात धोएपनि हातमा हुने हानिकारक जिवाणु पखालिने वा मर्नेगरी धुने प्रक्रियाबारे पनि निकै कमलाई जानकारी छ।

IMG_0682-1732346693-1732347368.jpeg
 

त्यही संकोचलाई सहज बनाउँदै डा डंगोलले भनिन्,  'ब्याक्टेरिया जहीँतहीँ हुन्छ। सबै हानीकारक हुँदैनन्। जस्तो दहीमा हुने ब्याक्टेरियाले हाम्रो स्वास्थ्यलाई लाभ पुर्यााउँछ।' त्यसले हामीहरु सवैलाई निश्चिन्त बनाएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि सुरु भयो- ब्याक्टेरिया ल्याबमा उमार्ने र मार्ने प्रक्रियाको प्रत्यक्ष अवलोकन। 

सवैलाई थाहा छ, नमूना लिँदै गर्दा अस्पताल/ल्याबबाट भनिएको हुन्छ- कल्चरको रिपोर्ट तीन/पाँच दिनपछि आउँछ !'

बिरामले थला पारेर अस्पताल पुगेका कोही बिरामी कहिलेकाहिँ स्वास्थ्यकर्मीसँग झनक्क रिसाउँछन्। कतिले रिस दबाउँदै अनुग्रह गर्छन्- चाँडो रिपोर्ट दिन मिल्दैन?

कल्चर गर्ने (ब्याक्टेरिया उमार्ने र मार्ने) प्रक्रिया नबुझेसम्म हरेकलाई लाग्ने नै यस्तै हो। डा डंगोलले पहिल्यै लिइएको नमुना देखाउँदै भनिन्,  'हामीले बिरामीबाट स्याम्पल (रगत वा अन्य स्वाब) लिएर मिडियममा राख्छौं ।  मिडियममा त्यस्तो पदार्थ हुन्छ, जसमा ब्याक्टेरियाले आफ्नो विकास गर्न पोषण पाउँछ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मिडियममा स्याम्पल राखिएपछि त्यसलाई इन्क्युभेटरमा राखिन्छ । जसले उपयुक्त तापमान प्रदान गर्छ। प्रायः सामान्य तापमान (३७° सेल्सियस)  हुन्छ। जुन मानव शरीरको तापमान बराबर हो। डा डंगोलका अनुसार  यहाँ ब्याक्टेरियाले दुईबाट चार, चारबाट आठगरी 'अलज्रेब्रिक' रुपमा आफ्नो समूह विकास गर्छ। त्यसमा पहिलो प्रक्रिया २४ घन्टाको हुन्छ। यदि बिरामीबाट लिएको स्याम्पलमा ब्याक्टेरिया छ भने २४ घन्टामा त्यसले धेरै विकास गरिसकेको हुन्छ र इन्क्युभेटरबाट निकालेर हेर्दा फरक देखिन्छ । यदि नमुनामा ब्याक्टेरिया नभएमा कुनै फरक देखिदैन। 

IMG_0657-1732346722-1732347368.jpeg
त्यसपछि फेरि अर्को प्रक्रिया सुरु हुन्छ, कुन प्रजातिको ब्याक्टेरिया भन्ने छुट्याउने। फेरि अर्को मिडियम लिएर विकास प्रक्रिया अघि बढाइन्छ। निश्चित समय त्याहाँ राखेपछि बल्ल ब्याक्टेरियाको प्रजाति छुटिन्छ।

कल्चरको अर्को अन्तिम चरण बाँकी नै छ। जहाँ त्यो ब्याक्टेरियालाई कुन एन्टिबायोटिकले मार्न सक्छ भन्ने यकिन गर्नु हो। त्यसका लागि औषधि पसलमा पाइने एन्टिबायोटिककै नमुना निश्चित ल्याब सामाग्रीमा राखिएको हुन्छ र त्यहाँ ब्याक्टेरिया पनि राखिन्छ। निश्चित समयपछि हेर्दा जुन एन्टिबायोटिकको केही भाग परसम्म ब्याक्टेरिया देखिदैनन्, त्यो प्रभावकारी रहेको पुष्टि हुन्छ। ल्याबकर्मीले ब्याक्टेरियाको प्रकार र त्य समा प्रभावकारी (परीक्षण गरिएका) एन्टिबायोटिक रिपोर्टमा उल्लेख गर्छन्। जहाँ प्रभावकारी एन्टिबायोटिकलाई सेन्सेटिभ (अंग्रेजी अक्षर एस) र ब्याक्टेरिया मार्न नसकेका एन्टिबायोटिकलाई रेसिस्टेन्ट (अंग्रेजी अक्षर आर) इंगित गरिएको हुन्छ। यही प्रक्रियाका लागि तीन/पाँच दिन परीक्षणको रिपोर्ट आउन समय लाग्ने हो। 

IMG_0754-1732346744-1732347368.jpeg
डा मानन्धरले यो प्रक्रियाको दर्शक बन्नुअघि नै एन्टिबायोटिकका प्रकार बुझाएकी थिइन्। उनका अनुसार एन्टिबायोटिक तीन प्रकारमा वर्गीकृत गरिएको छ। पहिलो एक्सेस, दोस्रो  वाच र तेस्रो रिजर्भ। सामान्यतया ल्याबकर्मीले एक्सेसबाट सेन्सेटिभिटी जाँच गर्न सुरु गर्छन्। त्यसमा रेसिस्टेन्ट आएमा वाच र रिजर्भतिर जान्छन्। कतिपय अवस्थामा तीनै वर्गका एन्टिबायोटिकको जाँचका लागि पनि पठाइएको हुन्छ, ल्याबले रिपोर्ट त्यहीअनुसार दिन्छ। चिकित्सकले सकेसम्म एक्सेस र वाचबाट नै बिराम निको पार्ने प्रयास गर्नुपर्छ। त्यसले काम नगर्दा मात्रै रिसर्भतिर जानुपर्छ।

यति बुझाएपछि हामीले माथि प्रस्तुत केही मेडिकल शब्दावलीको गुत्थी आफ्नै भाषामा फुकाउने प्रयास गर्यौं,  एन्टिबायोटिकले काम गर्न नसकेको अवस्थालाई एएमआर भनिन्छ। दुई वा त्यो भन्दा बढी प्रकारका एन्टिबायोटिकले काम गर्न नसकेको अवस्था मल्टिड्रग रेसिस्टेन्ट (एमडीआर) हो र कुनैपनि एन्टिबायोटिकले काम गर्न नसकेको अवस्था एक्सटेन्डेड स्पेकटर्म (एक्सडीआर) हो। 

एएमआरको संवेदनशीलता आमजनमाझ बुझाउने 'मिडियम' यो कार्यक्रम भएको छ। यस्ता कार्यक्रमले नै 'एएमआर सचेतना सप्ताह' अर्थपूर्ण बनाउँछन्। सोचका लागि धन्यवाद ओक्रु-  मिडियाले अर्थ बुझ पो आमजनलाई अर्थ्याउँछन् !

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो दशैं र विजयादशमीमा पनि फरक छ। पहिले त हामी दशैं मान्थ्यौं। पछिपछि आएर दशैंलाई विजयादशमी भन्न थालियो। पहिलो त दशैं नेपालीहरुको चाड हो... बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बिरामी र नर्सबीच एक किसिमको आत्मीयता जोडिएको हुन्छ। जब बिनिताले ती बिरामी हजुरबुबाको मृत्युको खबर सुनिन्, उनी निकै दुःखी भइन्। बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मोसन सिकनेस हवाईजहाज, पानीजहाज, बस, कार वा अन्य चलायमान साधनमा यात्रा गर्दा हुन सक्छ। केही मानिसलाई सामान्य गतिमा पनि समस्या हुन्छ भ... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश बुधबार, कात्तिक ११, २०८३
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं बुधबार, कात्तिक ११, २०८३
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह बुधबार, कात्तिक ११, २०८३
लुम्बिनी प्रदेश सभा विवाद : सभामुखसहित पाँच जनाविरुद्ध प्रदेश सांसद काफ्ले पुगिन् अदालत बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्