• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...

64x64
डिबी खड्का शनिबार, मंसिर ८, २०८१  १३:२२
1140x725

एन्टिमाइक्रोबियल रेसिस्टेन्ट अवारनेस विक (प्रतिजीवि प्रतिरोध सचेतना सप्ताह) चलिरहेको छ। मानव स्वास्थ्यलाई हानी गर्ने जिवाणु (ब्याक्टेरिया, भाइरस, फंगल) आदि औषधि भन्दा बलिया बन्न थालेका छन्। बिरामी गराउने ती जिवाणुबिरुद्ध दिने औषधि (विशेषगरी एन्टिबायोटिक)लाई पचाउन थालेका छन्। जसले गर्दा ब्याक्टेरियाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका मानिसहरुलाई निको बनाउन चिकित्सक असमर्थ भएको घटना पनि सुनिन थालेका छन्। 

यसका लागि स्वास्थ्य मात्रै होइन, बहुक्षेत्रीय प्रयास, सहभागिता र प्रतिबद्धता आवश्यक छ। त्यसको एउटा महत्वपूर्ण हिस्सेदार मिडिया पनि हो। एन्टिबायोटिक रेसिस्टेन्टबिरुद्धको कार्ययोजनाका पाँच पिलर मध्ये एक सचेतना छ। सचेतनाका लागि काम गर्ने पत्रकार तथा सञ्चारकर्मीले पहिले यसबारे राम्रोसँग बुझ्नुपर्छ । तर, नेपालको परिप्रेक्ष्यमा त्यस्तो अवसर निकै कम छ।

विज्ञान तथा स्वास्थ्यका विद्यार्थी र अभ्यासकर्ताका लागि ब्याक्टेरिया, कल्चर,  एएमआर, एमडीआर, एक्सडीआर जस्ता 'जार्गन' सामान्य हुन्। ब्याक्टेरियाले एन्टिबायोटिक प्रतिरोध गर्ने प्रक्रिया उनीहरुका लागि आधारभूत कुरामै पर्ला। सञ्चारकर्मीले आफूलाई माध्यमका रुपमा प्रस्तुत गरिरहेका हुन्छन् । तर, समाजले 'ज्ञाता' दृष्टिले समेत हेर्ने गरेको छ। कहिलेकाहिँ सरोकारवालाई लाग्न सक्छ- यति पनि थाहा छैन? तर, सञ्चारका विद्यार्थी र अभ्यासकर्ताका लागि यी नयाँ पनि हुन सक्छन्।

IMG_0788-1732346644-1732347369.jpeg
एन्टिमाइक्रोबियल रेसिस्टेन्टमा समेत अनुसन्धान गरिरहेको अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट नेपाल (ओक्रु)ले भने यसलाई महशुस गरेको 'महशुस' हामीलाई पनि गरायो। एन्टिमाइक्रोबियल रेसिस्टेन्टसँग जोडिएका नियमित प्रयोगमा आउने प्राविधिक तथा वैज्ञानिक शब्दहरको गुत्थी मात्रै फुकाइदिएन, ब्याक्टेरिया कल्चर (उमार्ने)देखि सेन्सेटिभिटी टेस्ट (मार्ने) प्रक्रियासम्म अवलोकन गराइदिएको थियो।

ओक्रुले रिसर्चका लागि स्थापना गरेको थापाथलीस्थित ल्याबमा स्वास्थ्य पत्रकारिता गरिरहेका केही पत्रकार (कल्पना आचार्य, रामप्रसाद न्यौपाने, सरोज ढुंगेल, सविना खनाल र बालकृष्ण साहलाई बोलाएर छलफलका साथै ल्याब अवलोकन गराएको थियो। संस्थाकी पब्लिक इंन्गेजमेन्ट म्यानेजर आसता दाहालको संयोजनामा माइक्रोबायोलोजिस्ट डा सुलोचना मानन्धर र ल्याब प्रमुख डा सविना डंगोलले प्रक्रिया बारे जानकारी दिनुका साथै पत्रकारहरुसँग रहेका जिज्ञासाहरु सम्बोधन गरेका थिए। 

ल्याबमा अपनाउनुपर्ने सम्पूर्ण सावधानीसहितको बन्दोबस्तीमा उक्त प्रक्रियाको प्रत्यक्ष अवलोकन गराइएको थियो। ब्याक्टेरिया जहीँतहीँ हुने विषयलाई राम्रोसँग बुझाउन सुरुमा उनीहरुको हातबाट नमूना लिइएको थियो। प्रयोगशालामा जाँच हुँदा आफ्नो हातमा धेरै ब्याक्टेरिया देखिए 'फोहरी'का रुपमा दर्ज हुने संकोचले पत्रकारहरुलाई पिरोलेको थियो। हात सफा राख्नु धेरै रोगबाट जोगिनु हो। राम्रोसँग हात धुने बानी बसाल्नु पनि स्वस्थ जीवनशैलीको सुरुवात हो। हात धोएपनि हातमा हुने हानिकारक जिवाणु पखालिने वा मर्नेगरी धुने प्रक्रियाबारे पनि निकै कमलाई जानकारी छ।

IMG_0682-1732346693-1732347368.jpeg
 

त्यही संकोचलाई सहज बनाउँदै डा डंगोलले भनिन्,  'ब्याक्टेरिया जहीँतहीँ हुन्छ। सबै हानीकारक हुँदैनन्। जस्तो दहीमा हुने ब्याक्टेरियाले हाम्रो स्वास्थ्यलाई लाभ पुर्यााउँछ।' त्यसले हामीहरु सवैलाई निश्चिन्त बनाएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि सुरु भयो- ब्याक्टेरिया ल्याबमा उमार्ने र मार्ने प्रक्रियाको प्रत्यक्ष अवलोकन। 

सवैलाई थाहा छ, नमूना लिँदै गर्दा अस्पताल/ल्याबबाट भनिएको हुन्छ- कल्चरको रिपोर्ट तीन/पाँच दिनपछि आउँछ !'

बिरामले थला पारेर अस्पताल पुगेका कोही बिरामी कहिलेकाहिँ स्वास्थ्यकर्मीसँग झनक्क रिसाउँछन्। कतिले रिस दबाउँदै अनुग्रह गर्छन्- चाँडो रिपोर्ट दिन मिल्दैन?

कल्चर गर्ने (ब्याक्टेरिया उमार्ने र मार्ने) प्रक्रिया नबुझेसम्म हरेकलाई लाग्ने नै यस्तै हो। डा डंगोलले पहिल्यै लिइएको नमुना देखाउँदै भनिन्,  'हामीले बिरामीबाट स्याम्पल (रगत वा अन्य स्वाब) लिएर मिडियममा राख्छौं ।  मिडियममा त्यस्तो पदार्थ हुन्छ, जसमा ब्याक्टेरियाले आफ्नो विकास गर्न पोषण पाउँछ।'

Xtrem

Xtrem

मिडियममा स्याम्पल राखिएपछि त्यसलाई इन्क्युभेटरमा राखिन्छ । जसले उपयुक्त तापमान प्रदान गर्छ। प्रायः सामान्य तापमान (३७° सेल्सियस)  हुन्छ। जुन मानव शरीरको तापमान बराबर हो। डा डंगोलका अनुसार  यहाँ ब्याक्टेरियाले दुईबाट चार, चारबाट आठगरी 'अलज्रेब्रिक' रुपमा आफ्नो समूह विकास गर्छ। त्यसमा पहिलो प्रक्रिया २४ घन्टाको हुन्छ। यदि बिरामीबाट लिएको स्याम्पलमा ब्याक्टेरिया छ भने २४ घन्टामा त्यसले धेरै विकास गरिसकेको हुन्छ र इन्क्युभेटरबाट निकालेर हेर्दा फरक देखिन्छ । यदि नमुनामा ब्याक्टेरिया नभएमा कुनै फरक देखिदैन। 

IMG_0657-1732346722-1732347368.jpeg
त्यसपछि फेरि अर्को प्रक्रिया सुरु हुन्छ, कुन प्रजातिको ब्याक्टेरिया भन्ने छुट्याउने। फेरि अर्को मिडियम लिएर विकास प्रक्रिया अघि बढाइन्छ। निश्चित समय त्याहाँ राखेपछि बल्ल ब्याक्टेरियाको प्रजाति छुटिन्छ।

कल्चरको अर्को अन्तिम चरण बाँकी नै छ। जहाँ त्यो ब्याक्टेरियालाई कुन एन्टिबायोटिकले मार्न सक्छ भन्ने यकिन गर्नु हो। त्यसका लागि औषधि पसलमा पाइने एन्टिबायोटिककै नमुना निश्चित ल्याब सामाग्रीमा राखिएको हुन्छ र त्यहाँ ब्याक्टेरिया पनि राखिन्छ। निश्चित समयपछि हेर्दा जुन एन्टिबायोटिकको केही भाग परसम्म ब्याक्टेरिया देखिदैनन्, त्यो प्रभावकारी रहेको पुष्टि हुन्छ। ल्याबकर्मीले ब्याक्टेरियाको प्रकार र त्य समा प्रभावकारी (परीक्षण गरिएका) एन्टिबायोटिक रिपोर्टमा उल्लेख गर्छन्। जहाँ प्रभावकारी एन्टिबायोटिकलाई सेन्सेटिभ (अंग्रेजी अक्षर एस) र ब्याक्टेरिया मार्न नसकेका एन्टिबायोटिकलाई रेसिस्टेन्ट (अंग्रेजी अक्षर आर) इंगित गरिएको हुन्छ। यही प्रक्रियाका लागि तीन/पाँच दिन परीक्षणको रिपोर्ट आउन समय लाग्ने हो। 

IMG_0754-1732346744-1732347368.jpeg
डा मानन्धरले यो प्रक्रियाको दर्शक बन्नुअघि नै एन्टिबायोटिकका प्रकार बुझाएकी थिइन्। उनका अनुसार एन्टिबायोटिक तीन प्रकारमा वर्गीकृत गरिएको छ। पहिलो एक्सेस, दोस्रो  वाच र तेस्रो रिजर्भ। सामान्यतया ल्याबकर्मीले एक्सेसबाट सेन्सेटिभिटी जाँच गर्न सुरु गर्छन्। त्यसमा रेसिस्टेन्ट आएमा वाच र रिजर्भतिर जान्छन्। कतिपय अवस्थामा तीनै वर्गका एन्टिबायोटिकको जाँचका लागि पनि पठाइएको हुन्छ, ल्याबले रिपोर्ट त्यहीअनुसार दिन्छ। चिकित्सकले सकेसम्म एक्सेस र वाचबाट नै बिराम निको पार्ने प्रयास गर्नुपर्छ। त्यसले काम नगर्दा मात्रै रिसर्भतिर जानुपर्छ।

यति बुझाएपछि हामीले माथि प्रस्तुत केही मेडिकल शब्दावलीको गुत्थी आफ्नै भाषामा फुकाउने प्रयास गर्यौं,  एन्टिबायोटिकले काम गर्न नसकेको अवस्थालाई एएमआर भनिन्छ। दुई वा त्यो भन्दा बढी प्रकारका एन्टिबायोटिकले काम गर्न नसकेको अवस्था मल्टिड्रग रेसिस्टेन्ट (एमडीआर) हो र कुनैपनि एन्टिबायोटिकले काम गर्न नसकेको अवस्था एक्सटेन्डेड स्पेकटर्म (एक्सडीआर) हो। 

एएमआरको संवेदनशीलता आमजनमाझ बुझाउने 'मिडियम' यो कार्यक्रम भएको छ। यस्ता कार्यक्रमले नै 'एएमआर सचेतना सप्ताह' अर्थपूर्ण बनाउँछन्। सोचका लागि धन्यवाद ओक्रु-  मिडियाले अर्थ बुझ पो आमजनलाई अर्थ्याउँछन् !

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्