काठमाडौँ– आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को लागि टियु रङ्गशालामा समर्थकहरू २ घण्टा अगाडिदेखि नै आउन थालेका छन्।
एनपीएलको उद्घाटनमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबिच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता आगामी मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ।
त्यस्तै आज उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाल प्रहरीका १ हजार ९ सय, सशस्त्र २ सय ५० र प्राइभेट स्क्युरिटी २ सय परिचालन गरिएको नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।