• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ ५, २०८३ Tue, May 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 

64x64
डिबी खड्का आइतबार, वैशाख ३०, २०८१  १४:५५
1140x725

काठमाडौं- विश्वका ५५ औं धनी व्यक्ति र संसारकै महान् गणितज्ञ। फोर्ब्स म्यागजिनका अनुसार सन् २०२४ मा उनीसँग ३१.४ बिलियन अमेरिकी डलर निजी सम्पत्ति छ। उनको नाम हो- डा जेम्स ह्यारिस साइमन्स। उनी जिम साइमन्सका नामले बढी चिनिन्थे। 

उनी पछिल्लो डेढ दशकदेखि हरेक दुई वर्षमा जीवनसंगिनीसँग नेपाल आइरहेका थिए र चहारिरहेका थिए कालीकोट, प्युठान, म्याग्दी जस्ता विकट जिल्लाका डाँडाकाँडा। उमेरजन्य समस्याका कारण पछिल्लो वर्षहरुमा उनी नेपाल आउन सकेका थिएनन्। ८६ वर्षको उमेरमा दुई दिनअघि मात्र दिवंगत भए।

उनी ८० वर्षको उमेरमा श्रीमती मर्लिनका साथ नेपाल आइपुगेका थिए। २०७४ सालमा नेपाल आएका बेला स्वास्थ्यखबरले उनीसँग भेटेर कुराकानी गर्ने अवसर पाएको थियो। सञ्चार माध्यमको सहज पहुँचमा नआउने उनीबारे विकिपिडिया लेखिएको एउटा शब्दले झस्काएको थियो– साइमन्स चर्चामा आउन चाहँदैनन्। सञ्चार माध्यालाई अन्तर्वार्ता त विरलै दिन्छन्।

इन्टरनेटमा खोज्दा थाहा लाग्यो,  अमेरिकी अर्थ–राजनीतिमा प्रभाव जमाउन सफल यी गणितज्ञसँग निकै कम सञ्चार माध्यामले मात्रै कुराकानी गर्न पाएका छन्। साइमन्ससँग कुराकानी गर्नुअघि उनलाई नजिकबाट चिन्ने हाम्रा एक विदेशी मित्रको प्रतिक्रिया यस्तो थियो, ‘उनी मिडिया अन्तर्वार्तामा त्यति रुची राख्दैनन्। बरु त्यो समय म्याथम्याटिक्स पढाउन खर्च गर्छु भन्ने उनको धारणा छ।’

यति जानकारी पाए पनि हामीले उनीसँग कुराकानी गर्ने प्रयास जारी राख्यौं। निक साइमन्स इन्स्टिच्युटका तत्कालीन निर्देशक डा अनिलबहादुर श्रेष्ठ र वरिष्ठ कार्यक्रम प्रबन्धक डा कासिम शाह मार्फत हामीले प्रस्ताव पुर्यायौं। स्वास्थ्य खबरपत्रिकाका विषयमा डाक्टरद्वयले बताइदिएपछि साइमन्स जोडी (जिम र मर्लिन साइमन्स) कुराकानीका लागि राजी भयो। 

कुराकानी गर्न राजी हुनुको एउटै कारण थियो, उनीहरुका एक छोरा निक साइमन्स मार्फत् नेपालको स्वास्थ्य क्षेत्रसँग जोडिएको गहिरो भावनात्मक नाता। त्यही भावनाले हरेक सेकेन्ड महत्वपूर्ण कर्ममा खर्चिने खर्बपति गणितज्ञले स्वास्थ्य खबरपत्रिकाका लागि झन्डै एक घन्टा लामो समय दिए। 

राजधानीको सोल्टी होटेलमा भएको भेटमा हामीले साइमन्स जोडीलाई प्रश्न गरेका थियौं, ‘तपाईंहरुले सेवाका लागि नेपालको ग्रामीण क्षेत्र नै किन छान्नुभयो?’

उनीहरुको उत्तर थियो,  ‘दिवंगत छोरा निकको सपनालाई पछ्याएका हौं। नेपालको स्वास्थ्य क्षेत्रमा सेवा गरेर छोराको सपना पूरा गरेका हौं। नेपालमा काम गर्दा र यहाँ आउँदा ऊ हामीसँगै रहेको महसुस हुन्छ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

निकको नेपाल साइनो 
१६ वर्षअघि सन् २००२ मा २२ वर्षीय एक अमेरिकी युवा निक साइमन्स कामका सिलसिलामा नेपाल आए। सांस्कृतिक तथा भाषिक अवरोधका बाबजुद उनले ९ महिना नेपाल बसेर काम गरे। न्युयोर्क फर्किनुअघि उनी नेपालमा निरन्तर योगदान दिने निर्णयमा पुगे। अमेरिकास्थित घर पुगेपछि उनले आमालाई भने, ‘यदि मैले आफ्नो बाँकी जीवन नेपालमै बिताउन चाहें भने तपाईं अचम्ममा नपर्नुहोला।’

नेपालप्रतिको प्रेमले गर्दा निकले आफ्नो केही सयम नेपालको चिकित्सा क्षेत्रका लागि खर्चिने निधो गरेका थिए। तर, सन् २००३ को गर्मियामको एकदिन इन्डोनेसियाको बालीमा स्विमिङ गर्दै गर्दा उनको निधन भयो। निकले संसार छाडे पनि उनको सोचले पूर्णता पाउनुपर्छ भन्ने उनका बुवाआमा सहित परिवारलाई लाग्यो। 

निककी आमा मर्लिन भनेकी थिइन्, ‘कुन अभिभावकलाई आफ्नो सन्तानको सपना पूरा गर्न मन लाग्दैन र ? छोरा बितेर गए पनि उसको सपना पूरा गर्ने अभिभावकीय दायित्व हामीले निर्वाह गर्ने सोच्यौं।’

साइमन्स परिवार र उनका केही साथी नेपाल आएर यहाँको अवस्थाबारे जानकारी लिएपछि उनीहरुले स्वास्थ्य क्षेत्रमा लगानी गर्न थालेका हुन्।

छोराको सम्झनामा उनीहरुले निक साइमन्स इन्सिच्युट (एनएसआई) नामक संस्था नेपालमा स्थापना गरेका छन्। एनएसआईले नेपालको ग्रामीण स्वास्थ्यका लागि उपयुक्त चिकित्सकीय जनशक्ति एमडिजिपी, बिएसएलटी उत्पादन गर्ने र स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने लगायतका काम गरिरहेको छ।

देशभर निक साइमन्सहरु
साइमन्स परिवारले नेपालमा काम गरिरहेका अमेरिकी डाक्टर मार्क जिम्मरम्यानलाई भेटे। उनी मार्फत् सुरुमा पाटन अस्पतालमा सहयोग गरे। साइमन्स परिवारको चाहना बुझेका डा जिम्मरम्यानले त्यसपछि नेपालको ग्रामीण भेगमा पुगेर अध्ययन गरे। डा जिम्मरम्यानको समूहले स्थानीयलाई सोध्यो, ‘स्वास्थ्य क्षेत्रमा सहयोग गर्नुपर्दा तपाईंहरुलाई के होस् भन्ने चाहनुहुन्छ?’ धेरैको साझा उत्तर थियो, ‘डाक्टर’ डाक्टर आएदेखि अपरेसन गरेर बच्चा जन्माउने, भाँचिएका हातखुट्टा शल्यक्रिया गरेर जोडिदिने, राम्रो उपचार पाउने ग्रामीण जनताको अपेक्षा थियो। 

ग्रामीण तहका मानिसले अपेक्षा गरेका सबै सेवा दिन धेरै विशेषज्ञ डाक्टर चाहिने देखेपछि डा जिम्मरम्यान ‘एमडिजिपी’ (एमडी इन जेनेरल प्राक्टिस) डाक्टर तयार गर्नु उपयुक्त हुने निक्र्यौलमा पुगे। छात्रवृत्तिमा पढाएर एमडिजिपी डाक्टर तयार गरी ग्रामीण भेगमा पठाउने प्रस्ताव साइमन्स परिवारकहाँ जिम्मरम्यानले पेश गरे। साइमन्स परिवारले सुरुमा एक जना त्यसपछि ३ जना गर्दै हालसम्म ७५ जना डाक्टरलाई एमडिजिपी पढाइसकेको छ। 

सोही छात्रवृत्तिमा एमडिजिपी पढेका हाल एनएसआईकै वरिष्ठ कार्यक्रम प्रबन्धक डा कासिम शाह सम्झिन्छन्, ‘हामीलाई छात्रवृत्ति दिने बेला निक बितेर गए पनि नेपालमा धेरै निक जन्माउने चाहना अन्तर्गत तिमीहरुलाई छात्रवृत्तिमा पढाइँदैछ भनिएको थियो। त्यही अनुसार हामीले पढ्यौं र काम गर्यौंग।’

अहिले निक साइमन्स इन्सिच्युटले ‘ग्रामीण स्वास्थ्यकर्मी सहयोग कार्यक्रम’ भनेर विभिन्न जिल्लामा आफैंले पढाएका एमडिजिपी डाक्टर पठाएको छ। नेपालका धेरैभन्दा धेरै ग्रामीण भेगमा चिकित्सकीय सेवाको पहुँच पुगोस् भन्ने चाहना साइमन्स परिवारको रहेको उनले बताएका थिए। जनशक्ति उत्पादन बढ्दै जाँदा सेवा विस्तार पनि गर्दै जाने योजना अनुरुप एनएसआईले काम गरिरहेको छ।

एनएसआईले डाक्टर र स्वास्थ्यकर्मीका लागि आवास मर्मत तथा निर्माणमा, अपरेसन थिएटर र डेलिभरी रुमका लागि पनि सहयोग गरिरहेको छ। अपरेसन थिएटर नर्स, एनेस्थेसिया, बायोमेडिकल इक्युपमेन्ट टेक्निसियनको तालिमका लागि पनि एनएसआइले सघाइरहेको छ। 

नेपाल सरकार, स्वास्थ्य मन्त्रालयसँग मिलेर अस्पताल शुद्धीकरण कार्यक्रम चलाइरहेको एनएसआईले देशका ८४ अस्पतालको व्यवस्थापनमा विभिन्न किसिमका वर्कसप, सहयोग, फलोअप लगायतका काम गरिरहेको छ। एनइएसआईले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रसँग मिलेर डाक्टर र नर्सका लागि विभिन्न तालिममा पनि सघाउँदै आएको छ। साइमन्स परिवारको सहयोगका कारण नेपालका दुर्गम भेगका जनताको उपचार सेवामा पहुँच विस्तार भइहरेको छ। 

संसारमा एमडिजिपीलाई सर्जनका रुपमा लिइँदैन। तर, नेपालमा भने यस्ता आपतकालीन सर्जरीहरु गर्न सक्ने गरी उनीहरुलाई तयार गरिएको छ। नेपाल सरकारले विशेषज्ञ सेवा पुर्याउन नसकेका केही पहाडी जिल्लामा एनएसआईले एमडिजिपी डाक्टर पठाइरहेको तत्कालीन निर्देश डा श्रेष्ठ बताएका थिए। उनको भनाइ थियो,  ‘दिवंगत निक साइमन्सको नेपाली स्वास्थ्य क्षेत्रमा काम गर्ने सपनाका कारण दुर्गम जिल्लामा मेडिकलका साथै केही अत्यावश्यक सर्जरी सेवाहरु दिन सम्भव भएको हो।’

नेपालमा सहयोग गरिरहेका विदेशी दाताहरुले कार्यक्रमको डिजाइन आफ्नो स्वार्थ अनुकूल गर्ने गरेको आरोप लाग्दै आएको छ। तर, एनएसआईले अनुसन्धान गरेर नेपालीको आवश्यकता अनुसार कार्यक्रम बनाइरहेको छ। नेपालीले नै नेतृत्व गरिरहेको इन्सिच्युटको आर्थिक सहयोगी साइमन्स परिवारको एउटा चाहना छ, ‘सकेसम्म नेपालका धेरै जिल्लामा आपतकालीन सर्जरी सेवा दिन सकियोस्।’

उनले छाडेर गएको एनएसआईले युगौंसम्म त्यो प्रयत्न जारी राख्नेछ। अलिबिदा विश्वका महान् गणितज्ञ, नेपालका स्वास्थ्यसेवी!

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं उनलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एकजना अधिकृतले बताए। उनलाई कुन कसुर... सोमबार, जेठ ४, २०८३
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता कार्यक्रममा नेपालभरिबाट आएका ५०० भन्दा बढी डेभलपर, इन्जिनियर, आर्किटेक्ट, स्टार्टअप संस्थापक, संस्थागत नेतृत्वकर्ता तथा प्रविधि क्षे... सोमबार, जेठ ४, २०८३
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरू समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्ताले बचत फिर... सोमबार, जेठ ४, २०८३
ताजा समाचारसबै
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
रास्वपाद्वारा जिल्ला अधिवेशन कार्यविधि सार्वजनिक, सभापति उम्मेदवारका लागि ५ हजार शुल्क निर्धारण सोमबार, जेठ ४, २०८३
'एडब्लुएस कम्युनिटी डे नेपाल २०२६' मा सैयौं युवाको सहभागिता सोमबार, जेठ ४, २०८३
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता सुरू सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्