काठमाडौं– व्यवसायी दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरिएको छ ।
यसअघि नै दर्ताका लागि निवेदन दिएको सो पार्टीका नेताहरु आइतबार आयोग पुगेर सनाखत गरेका हुन् ।
प्रसाईँले आफ्नो नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउदै आएका छन् । तर नागरिक बचाउ दलको सभापतिमा भने नागरिक बचाउ महाअभियानका प्रवक्ता माधव खतिवडालाई तोकिएको छ ।
निर्वाचन आयोगमा सनाखत गरेपछि नागरिक बचाउ दलका सभापति माधव खतिवडाले कात्तिक २३ गते दल दर्ताको निवदेन दिएकोमा आइतबार सनाखत गरिएको जानकारी दिए ।
उनले अहिले धेरै पार्टी दर्ता भएपनि अन्य पार्टीभन्दा आफ्नो दल अलग रहेको दाबी गरे । जनताका आधारभूत एजेण्डालाई लिएर निर्वाचनमा सहभागी हुने उनले बताए । उनले हाल पार्टीको २९ जना प्रारम्भिक समिति गठन गरिएको जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।