काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आइपुगेका छन् ।
प्रधानमन्त्री शाहलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले स्वागत गरे ।
प्रधानमन्त्री शाहले आजै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । उनी न्यूयोर्कस्थित नेपाली नियोगले आयोजना गर्ने स्वागत समारोहमा पनि सरिक हुनेछन् ।
प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।