काठमाडौं– एनपीएल सिजन २ को डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स तेस्रो सिजनमा पनि फाइनलमा पुगेको छ । आज भएको पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा मात्र ४ विकेटको क्षतिमा १०८ रन बनाउँदै जित निकाल्यो ।
लुम्बिनीको जितमा ओपनर निरोशान डिकवेलाले अर्धशतकीय पारी खेले । उनले मात्र ३७ बलमा ५९ रनमा अविजित रहे । यस्तै रोहित पौडेलले २१ रन बनाउँदा सन्दीप जोराले ८ र दिलिप नाथ १० रनमा अविजित रहे ।
अब सुदूरपश्चिमले एलिमिनेटरबाट विजेता हुने टिमसँग दोस्रो क्वालिफायर खेल्ने छ । एलिमिनेटरमा काठमान्डू गोर्खाज र चितवन राइनोजबीच हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।