काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाएर १०५ रन बनायो।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए। उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। इशान पाण्डेले २७ रन बनाए। यी दुईबीच चौथो विकेटका लागि ६४ रनको साझेदारी भएको थियो।
सुदूरपश्चिमको सुरुवात भने निकै खराब रह्यो। ३.१ ओभरमा ८ रन जोड्दा तीन विकेट गुमाएको थियो।
लुम्बिनीका रुबेन ट्रम्पलम्यानले २ तथा शेर मल्लले २ विकेट लिए। किशोर महतो र अभिशेष गौतमले १–१ विकेट लिए। सुदूरपश्चिमका दुई खेलाडी रनआउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।