काठमाडौं– नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको प्रदर्शन फेरि खराब देखिएको छ ।
पहिलो बलमै विकेट गुमाएको सुदूरपश्चिमले पहिलो पावर प्ले सकिँदासम्म सस्तैमा तीन विकेट गुमाइसकेको छ । र विकेटसँगै सुदूरले रनसमेत बनाउन सकेको छैन । ६ ओभरमा जम्मा २० रन मात्र बनाएको छ।
पहिला ओपनर जर्ज मन्जे गोल्डेन डक भएका थिए । यस्तै विनोद भण्डारीले ३ र थनुका दबारेले पनि तीन रन मात्रै बनाए ।
अहिले क्रिजमा इशान पाण्डे र कप्तान दीपेन्द्र सिंह ऐरी रहेका छन् । लुम्बिनीका लागि रुबेन ट्रम्पलमेनले २ र अविशेष गौतमले १ विकेट निकालेका छन् । गत सिजनको फाइनलमा पनि लुम्बिनीविरुद्ध सुदूरको प्रदर्शन यस्तै नै रहेको थियो । यस सिजनको सुरुवाती खेलमा पनि लुम्बिनी यसरी नै सुदूरका ब्याटरमाथि हाबी देखिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।