• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, असार १३, २०८२ Fri, Jun 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
कस्तो होला ‘ओली प्राधिकार’ एमाले?
64x64
रामेश्वर बोहरा मंगलबार, कात्तिक १६, २०७८  २१:३५
1140x725

आउँदो मंसीर १०–१२ मा चितवनमा दशौं महाधिवेशन गर्न लागेको प्रमुख प्रतिपक्षी दल, नेकपा एमालेबारे यतिखेर कैयौं प्रश्न असरल्ल छन्। धेरैमा कौतुहल छ– पार्टी विभाजनपछि हुनलागेको यो महाधिवेशनपछि एमाले बन्ला चाहिँ कस्तो? कतिपय भने अहिल्यै प्रष्ट देखिन्छन्। उनीहरुको निक्र्योल छ– एमालेको रुपरेखा प्रष्ट भइसक्यो, महाधिवेशन एउटा औपचारिकता न हो।

पहिले बुटवलमा गर्ने घोषणा गरिएको र पछि चितवनमा सारिएको दशौं महाधिवेशनपछि एमालेका ‘दिन र दशा’लाई लिएर भइरहेका अड्कलबाजी आफैंमा अस्वाभाविक होइनन्। किनभने एमाले अहिले पनि ‘चलायमान’ छ। भन्नुको तात्पर्य यो थिग्रिइसकेको छैन। महाधिवेशनपछि पनि यो थिग्रिइहाल्ने निश्चित छैन। तर, महाधिवेशनको रन्कोमा केही परिदृष्य भने साँच्चै नौला देखिन्छन् जसबाट एमालेका ‘दिन र दशा’ चिहाउन मद्दत पुग्नेछ।

झण्डै ७ वर्षअघि भएको नवौं महाधिवेशनसँग दाँजेर हेर्ने हो भने त एमालेको यो महाधिवेशन पूर्णतया पृथक हुनेछ। जस्तो कि, नवौं महाधिवेशनमा पार्टीको नेतृत्व हत्याउने घमासान थियो। एमालेको अध्यक्ष बन्न त्यसबेला केपी शर्मा ओली र माधवकुमार नेपालबीच यतिसम्म घमासान चल्यो कि एकले अर्कोलाई खुइल्याउन कुनै हत्कण्डा बाँकी रहेनन्। अहिले नेपाल एमालेमै छैनन्। नेतृत्वको दाबी गर्न ओलीको छेउछाउ पर्ने पनि कोही छैनन्। यसपालि घमासानको कुरै छाडौं, पूरै एकांकी महाधिवेशन हुने निश्चित छ। 

एमालेको दशौं महाधिवेशनमा नेतृत्वमा दाबी गर्नसक्ने ओलीका समकक्षी कोही हुने छैनन्। ओलीलाई चुनौती पनि कसैले दिने छैनन्। अर्थात् सिंहासनमा ओली एक्लै हुनेछन्, उनको समकक्षता गर्ने कोही हुने छैन।

गत महाधिवेशनमा नेतृत्वदेखि केन्द्रीय कमिटी सदस्यसम्मै प्यानलगत निर्वाचन भएको थियो, एक हिसाबले भन्दा प्रष्ट ‘दरार’ देखापरेको थियो। यसपालि दरारको कुनै संकेत छैन। दरारको के कुरा, नेतृत्वमा दाबी गर्नसक्ने ओलीका समकक्षी पनि कोही हुनेछैनन्। अर्थात् सिंहासनमा ओली एक्लै हुनेछन्, उनको समकक्षता गर्ने कोही हुने छैन। 

पार्टी महाधिवेशन विचारमा बृहत मन्थन हुने, त्यसनिम्ति राजनीतिक प्रस्तावमा ‘डिबेट’ हुने थलो हो। एमालेको चितवन महाधिवेशनमा त्यो पनि हुने छैन। किनभने, असोज १५–१७ मा ललितपुरको विधान महाधिवेशनमार्फत् एमालेले विचारको बहस ‘सम्पन्न’ भइसकेको निचोड निकालिसकेको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल लाइभसँगको अन्तर्वार्तामै भनेका छन्– ‘विधान महाधिवेशनबाट पार्टीलाई पाँच वर्षसम्म बाटो देखाउने हाम्रो सिद्धान्त, कार्यक्रम, कार्यदिशा एकमतले टुंग्याएका छौं। यस अर्थमा यो महाधिवेशनमा विचारमा अनेकता हुने छैन। विधान महाधिवेशनले पार्टीको सिद्धान्त, कार्यक्रम, कार्यदिशा, नीति समेटिएको विधानको टुंगो लगाइसकेकाले फेरि दुई महिनापछि त्यही विषयमा बहस गर्नु आवश्यक हुँदैन र सान्दर्भिक पनि हुँदैन।’ यो बेग्लै हो कि विधान महाधिवेशनमा फरक मतलाई स्थान नदिएर ‘ठेगान लगाइएको’ एकथरी एमाले नेताहरुको गुनासो अझै मत्थर भइसकेको छैन।  

प्रगतिशील एमाले कि दक्षिणपन्थी? 
एमालेले नवौं महाधिवेशन बुटवलमा गर्ने घोषणा गरिएको भए पनि अचानक चितवनमा सार्ने निर्णय गरियो। यो निर्णयका पछाडि ओलीका केही स्वार्थ जोडिएका छन्। पहिलो त यो ‘रणनीतिक मूभ’मार्फत् ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘तह लगाउने’ आधार बनाउन चाहन्छन्। प्रचण्डसँगको उनको प्रतिद्वन्द्विता यति विघ्न व्यक्तिगत इगो बन्नपुगेको छ कि प्रायः सार्वजनिक अभिव्यक्तिमा उनी प्रचण्डको सत्तोसराप गर्न छाड्दैनन्। माओवादी केन्द्रका एक नेताकै शब्दमा, ‘प्रचण्डकै कारण आफू सत्ताबाट बहिर्गमित हुनुपरेको र एमाले फुटेको बुझाई ओलीमा यति बाक्लो छ कि उनी प्रचण्डलाई क्षति पुर्‍याउन कुनै कसर छाड्न चाहँदैनन्।’

महाधिवेशन कुनै पनि दलको शक्ति प्रदर्शन गर्ने अर्थपूर्ण थलो हो, जसले आसन्न निर्वाचनमा मतदाताको मनोविज्ञानमै प्रभाव पार्न सक्छ। ओलीले त्यसकै निम्ति चितवनलाई नवौं महाधिवेशनस्थल रोजेको बुझ्न सकिन्छ। कारण, प्रचण्ड चितवनबाटै प्रतिनिधि सभामा निर्वाचित भएका हुन् र आउँदो निर्वाचनमा पनि उनी चितवनबाटै प्रत्यासी हुनेछन्। यसकारण ओली, चितवनमै प्रचण्डलाई अप्ठ्यारोमा पार्न चाहन्छन्। केही दिनपहिले आगामी निर्वाचनमा चितवन ‘कुरुक्षेत्र हुने’ अभिव्यक्ति दिएका प्रचण्डलाई लक्ष्यित गर्दै ओलीले मंगलबार चितवन पुगेरै भने– ‘मलाई प्रचण्डले उहिले एउटा बसमा बम पड्काइदिने, ३९ जना तत्काल मर्ने, ६ जना पछि मर्ने, ६९ जना घाइते भएर बाँच्नुपर्ने, त्यही बैंश सोचेर कुरुक्षेत्र बनाउँला भनेको होला। अब कुरुक्षेत्र होइन। धर्म क्षेत्र, शान्ति क्षेत्र, पवित्र भूमि, विकास क्षेत्र, एकता क्षेत्र, मेलमिलाप क्षेत्र र जनता मिलेर विकास गर्ने संकल्प गरेको क्षेत्र हुन्छ। कुरुक्षेत्र नै बनाउन खोजेको भए उहाँलाई म भन्न चाहन्छु, कौरवहरुले जितेका थिएनन् कुरुक्षेत्रमा। पाण्डवहरुले जितेका थिए। जो युद्ध चाहँदैनथे, उनीहरुले जितेका थिए। जो युद्धका लागि कस्सिएका थिए, तिनले हारेका थिए।’

Ncell 2
Ncell 2

पार्टी महाधिवेशन विचारमा बृहत् मन्थन हुने, त्यसनिम्ति राजनीतिक प्रस्तावमा ‘डिबेट’ हुने थलो हो। एमालेको चितवन महाधिवेशनमा भने यो केही पनि हुने छैन।

अर्को कारण हो, प्रधानमन्त्री हुँदा ओली आफैंले रणनीतिक रुपमा चर्चामा ल्याएको अयोध्यापुरी, जो चितवनमै छ। ओलीले चर्चित हिन्दू धर्मग्रन्थ, रामायणका ‘भगवान राम’को जन्मभूमि चितवनको अयोध्यापुरी नै भएको (अर्थात् हिन्दूहरुको पवित्र तीर्थस्थल, अयोध्या नै चितवनमा रहेको) घोषणा गरेर यसप्रति आस्थावानहरुको समर्थन र संवेदना आफूतिर तान्ने प्रयत्न मात्र गरेनन्, आफ्नै क्याबिनेटका बहालवाला मन्त्रीलाई काठमाडौंदेखि अयोध्यापूरीसम्म गरिएको कलश–यात्रामै पठाए। अझ रोचक त के भने महाधिवेशनको ‘माहोल’ बनाउन चितवन पुगेका ओलीले मंगलबार अयोध्यापूरीमै पुगेर भाषण गरे– ‘अब भगवान् राम आफ्नो जन्मस्थलमा आइपुग्नुभएको छ। लक्ष्मण र सीता आफ्नो जन्मथलो र कर्मथलोमा आउनुभएको छ। मन्दिर घर बन्दै गर्छ। हामी बनाउँदै गर्छौं। मुख्य कुरा राम जन्मभूमिको टुङ्गो लाग्नु हो।’

एमालेले आफ्नो प्रगतिशील छबि बरकरार राख्न प्रयत्न गर्छ वा ओली हिँड्न चाहेको दक्षिणपन्थमै आफूलाई एकाकार गराउँछ भन्ने छिनोफानो पनि यही महाधिवेशनबाट हुनेछ। शब्दमा जे भनिए पनि ओलीको नेतृत्वमा एमालेले दक्षिणपन्थी बाटो समातिसकेको छ।

प्रधानमन्त्रीको पदमा रहेर ओलीले घोषणा गरेको ‘राम जन्मभूमि’को विषय एउटा दृष्टान्त मात्र हो। खासमा त्यसबेला ओलीले एमालेले निर्माण गरेको प्रगतिशील छबिमै मेल नखाने अरु कैयौं निर्णय र गतिविधिमा अचाक्ली रुचि देखाए। पशुपतिमा सुनको जलहरी राख्ने निर्णय आदी त्यसका उदाहरण थिए। धर्मनिरपेक्षताको वकालत गर्ने एमालेले आफ्नो त्यो छबि बरकरार राख्न प्रयत्न गर्छ वा ओली हिँड्न चाहेको दक्षिणपन्थमै आफूलाई एकाकार गराउँछ भन्ने छिनोफानो पनि यही महाधिवेशनबाट हुनेछ। ओलीको यस्तो रुझानमा असहमत एमालेका एक नेताले भने एमालेको प्रगतिशील छबि नै संकटमा परेको स्वीकारे। उनले भने, ‘अहिले जे भइरहेको छ, मलाई लाग्दैन कि राजनीतिक प्रतिवेदनका शब्द र अक्षरमा सेन्टर लेफ्ट पार्टीका रुपमा जे जस्तो भाषा लेखिए पनि मुलतः एमाले दक्षिणपन्थी लाइनमा अघि बढेको छ।’

एमालेमा ओलीपछि को होला वा ओलीको उत्तराधिकारी को बन्ला भन्ने सवालले पनि धेरै हदसम्म महाधिवेशनमा ओलीको ‘मूभ’ निर्धारण गर्नेछ।

पछिल्लो समय आन्तरिक लोकतन्त्रको अभ्यास र नेतृत्वमा सामूहिकताको अभ्यासलाई एमालेले समकालीन दलहरुमाझ एकखाले मानकका रुपमा स्थापित गरेको थियो। तर, एमालेमा ओली नै निष्कंटक बनेसँगै त्यो ‘मानक’ लगभग हराएसरह बनेको छ। सम्भवतः अबको एमालेको अर्को परिचय यसले नै निर्धारण गर्नेछ।

निष्कंटक ओली र त्यसपछिका परिदृष्य
माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरुले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गर्नु ओलीका निम्ति एमालेमा आफूलाई चुनौतीरहित बनाउने अभूतपूर्व अवसर बन्यो। एक हिसाबले भन्दा यो ओलीले चाहिरहेकै परिस्थिति थियो। एमालेमा अन्तरसंघर्ष चलिरहँदा कैयौंपटक उनले ‘माधव नेपालरहित एमाले बनाउने’ उद्घोष नै गरेका थिए। त्यसकारण गत भदौ सुरुमै भएको पार्टी विभाजनले ओलीलाई एमालेमा निष्कंटक बनाइदिएको छ। र, नवौं महाधिवेशनमा जाँदा उनलाई कसैले चुनौती दिन नसक्ने अवस्था बनेको छ।

यो अवस्थामा ओलीले के गर्लान् वा महाधिवेशनको परिदृष्य कस्तो होला भनेर हेर्नुपर्ने हुन्छ। एमालेका केही नेताहरुसँग गरिएको कुराकानी केलाउँदा यसमा तीन भिन्न परिदृष्य देखा पर्छन्। पहिलो, ओली आफू हिँड्न चाहेको बाटोमा बेरोकटोक अघि बढ्छन्, आफूले चाहेका नेतालाई आफैले चाहेको पदमा पुर्याउँछन्, त्यसमा कसैले बाधा–व्यवधान खडा गर्दैनन्। अझ भनौं, उनले जे गर्नेछन्, सबै चुपचाप लाग्नेछन्। दोस्रो, उनले सबैलाई कुनै न कुनै हिसाबले समेटेर अघि बढ्ने प्रयत्न गर्नेछन्, जसले एमालेलाई तुलनात्मक रुपमा एकढिक्का बनाउनेछ। तेस्रो चाहिँ उनले हिजो माधवकुमार नेपाल समूहमा रहेर पनि एमालेमै बसेका र भोलि पार्टी सञ्चालनमा आफूलाई दखल–चुनौती दिनसक्ने नेताहरुलाई ‘इग्नोर’ गरेर अगाडि बढ्न सक्छन्। विधान महाधिवेशन तथा पछिल्ला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा देखापरेका घटनाक्रम तेस्रो परिदृष्यसँग मिल्दाजुल्दा थिए।

माधव नेपालहरुको बहिर्गमनपछि पनि एमालेभित्रको उतारतचढाव बन्द भइसकेको छैन। किनभने, अहिले नै पनि पार्टी छाडेर गएकाहरु फर्किइरहेका छन्। पार्टीबाट बाहिरिने वा भित्रिने क्रम महाधिवेशनपछि पनि निरन्तर रहन सक्छ।

एमालेमा ओलीपछि को होला वा ओलीको उत्तराधिकारी को बन्ला भन्ने सवालले पनि धेरै हदसम्म महाधिवेशनमा ओलीको ‘मूभ’ निर्धारण गर्नेछ। अहिलेको एमालेमा ओलीपछि स्वाभाविक उत्तराधिकारीको रुपमा देखापरेका विष्णुप्रसाद पौडेल भए पनि पौडेल ‘ओली गुट’बाटै ग्रुमिङ भएका नेता होइनन्, पछिबाट ओली समूहमा मिसिन पुगेका हुन्। सुरुदेखि नै ‘ओली गुटमा ग्रुमिङ’ भएकाहरुबाट उनी कत्तिको स्वीकार्य हुन्छन् या हुँदैनन्? ओली गुटका भित्रिया मानिने शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवालीलगायतसँग को को रहन्छन् र उनीहरुले के गर्छन् भन्ने पनि महत्वपूर्ण हुनेछ। ‘एउटा कुरा निश्चित के हो भने केपी कमरेडले यसपालि नै आफ्नो उत्तराधिकारी प्रष्ट गर्नुहुनेछ’, एमालेमा रहेर पनि ओलीका कदमसँग असहमत एक नेताले भने, ‘त्यो काम कति सहज वा कठिन हुन्छ, त्यसअनुसार नै उहाँले सबैलाई समेट्ने वा कसैलाई पर धकेल्ने भन्ने निक्र्योल गर्नुहुनेछ।’

माधव नेपालहरुको बहिर्गमनपछि पनि एमालेभित्रको उतारतचढाव बन्द भइसकेको छैन। किनभने, अहिले नै पनि पार्टी छाडेर गएकाहरु फर्किइरहेका छन्। पार्टीबाट बाहिरिने वा भित्रिने क्रम महाधिवेशनपछि पनि निरन्तर रहन सक्छ। महाधिवेशनमा हुने गतिविधि र त्यसपछि हुने विभिन्न तहका निर्वाचनमा हुने टिकट वितरण जस्ता ‘मोड’ आउन बाँकी नै छन् जसले एमालेको यो चलायमानता बढाउन सक्छ। ‘फेरि पनि यो अध्यक्ष ओलीमै निर्भर छ, उहाँले पार्टी पंक्तिलाई कसरी लिएर जानुहुन्छ र भावी नेतृत्वलाई कसरी तयार पार्नुहुन्छ भन्ने कुराले नै यसको आयतन निर्धारण गर्छन्’, ती नेताले भने। 

आगामी निर्वाचनमा हुनसक्ने सम्भावित अन्तरघातलाई ध्यानमा राखेर ओली, सबैलाई मिलाएर जानुपर्ने बाध्यतामा रहेको पनि एकथरी नेताहरु बताउँछन्। सम्भवतः त्यहीकारण उनले तत्कालीन एमालेमा झलनाथ खनालपक्षमा रहेका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्यलगायतलाई साथमा लिन खोजेको देखिए पनि रावल, भुसाललगायतलाई उनले समयक्रममा गर्नथालेको बेवास्ता अर्थपूर्ण छ।

प्रमुख नेतृत्व चयनमा एमाले महाधिवेशनले टुंग्याउने विषय सम्भवतः बाँकी केही छैन। तर, पाका नेताहरुसँगै सम्भावना बोकेका नेताहरुको पद व्यवस्थापनको विषय भने अझैसम्म प्रष्ट भइसकेको छैन। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवहरुसहित १५ जना पदाधिकारीको व्यवस्थाले केही संकेत गरे पनि प्रकटतः ‘खास ओली गुट’का एमाले र ओली गुटमा जोडिन आइपुगेका एमाले नेताहरुको ‘एड्जस्टमेन्ट’कै विषय पेचिलो बन्न सक्छ। किनभने ओलीले सहयोग गरेनन् भने हिजो माधवकुमार नेपाल समूहमा रहेका भीम रावल, घनश्याम भुसालजस्ता नेताहरु पदाधिकारीमा निर्वाचित भएर आउने सम्भावना देखिँदैन। पार्टीका बैठकहरुमा ओलीसँग उनीहरुको नोकझोंक अहिले पनि परिरहेकै छ। एमालेले एकै दिन देशभरका वडा अधिवेशनहरु गर्दा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुखै फोरेर त्यसलाई ‘गलत अभ्यास’ भनिन्।  

आगामी निर्वाचनमा हुनसक्ने सम्भावित अन्तरघातलाई ध्यानमा राखेर ओली, सबैलाई मिलाएर जानुपर्ने बाध्यतामा रहेको पनि एकथरी नेताहरु बताउँछन्। सम्भवतः त्यहीकारण उनले तत्कालीन एमालेमा झलनाथ खनालपक्षमा रहेका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्यलगायतलाई साथमा लिन खोजेको देखिए पनि रावल, भुसाललगायतलाई उनले समयक्रममा गर्नथालेको बेवास्ता अर्थपूर्ण छ। अर्को रोचक परिदृष्य चाहिँ एमालेमा हिजो गुटहरुबीचको लडाईं हुन्थ्यो भने अब ओली गुटकै विभिन्न समूहहरुबीचको लडाईं देखिनसक्छ। त्यो लडाईंमा पछिबाट ओली गुटमा जोडिन पुगेकाहरु फड्के किनाराका साक्षी बन्ने या कुनै समूहमा सामेल हुने परिदृष्य देखा पर्नसक्छ। 


(तत्कालीन एमाले र माओवादीबीच एकीकरणबाट बनेको नेकपाको एकता सर्वोच्च अदालतको फैसलासँगै भंग भएपछि ब्युँतिएको एमालेले पनि विभाजन भोग्यो। एमाले गठनमै भूमिका खेलेका माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोले। विभाजन भोगेको एमालेको वैचारिक र सांगठनिक ढाँचामा निकै बदलाव आएको छ। र, यसका नेताहरु भनिरहेका छन्– यो नयाँ एमाले हो। कस्तो हुन्छ नयाँ एमाले? यो कसरी अगाडि बढ्छ? अनि यो कुन बाटो हिँड्छ? पार्टीभित्रको व्यवस्थापनदेखि कार्यदिशासम्म यो कसरी प्रकट हुन्छ? एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई केन्द्रमा राखेर हामी नेपाल लाइभमा शृंखलाबद्ध रुपमा चर्चा गर्नेछौं।)
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  २१:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामेश्वर बोहरा
बोहरा नेपाल लाइभका सम्पादक हुन्।
लेखकबाट थप
लोभ–डर–लोकरिझ्याइँ जितेका प्राज्ञको गुमनाम महाप्रस्थान
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग ३)
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग २)
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
लुम्बिनी प्रदेश सरकारबाट जसपा नेपालले लियो समर्थन फिर्ता शुक्रबार, असार १३, २०८२
सन् २०१४ देखि बेपत्ता पारिएका नेपालीभाषी भुटानी मानवअधिकारकर्मी आचार्यको विषयमा चिन्ता व्यक्त शुक्रबार, असार १३, २०८२
अमेरिकासँग व्यापार वार्ता गर्दै थाइल्यान्ड शुक्रबार, असार १३, २०८२
नेपाली टोलीले अस्ट्रेलियामा क्रिकेट सिरिज खेल्ने शुक्रबार, असार १३, २०८२
जापानमा आफ्नो अपार्टमेन्टमा ९ जनालाई मारेर टुक्रा पारेको हत्या अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१० करोडको चेक बाउन्समा ‘काठमाडौं भ्यू टावर’का ठेकेदार भेटवाल पक्राउ शुक्रबार, असार १३, २०८२
जापानमा आफ्नो अपार्टमेन्टमा ९ जनालाई मारेर टुक्रा पारेको हत्या अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड शुक्रबार, असार १३, २०८२
अमेरिकी अड्डाहरूलाई फेरि निशाना बनाउने इरानका सर्वोच्च नेताको धम्की शुक्रबार, असार १३, २०८२
एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी शुक्रबार, असार १३, २०८२
मुकुल ढकालले दायर गरेको रिटमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाइयो बिहीबार, असार १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्