• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कस्तो होला ‘ओली प्राधिकार’ एमाले?

64x64
रामेश्वर बोहरा मंगलबार, कात्तिक १६, २०७८  २१:३५
1140x725

आउँदो मंसीर १०–१२ मा चितवनमा दशौं महाधिवेशन गर्न लागेको प्रमुख प्रतिपक्षी दल, नेकपा एमालेबारे यतिखेर कैयौं प्रश्न असरल्ल छन्। धेरैमा कौतुहल छ– पार्टी विभाजनपछि हुनलागेको यो महाधिवेशनपछि एमाले बन्ला चाहिँ कस्तो? कतिपय भने अहिल्यै प्रष्ट देखिन्छन्। उनीहरुको निक्र्योल छ– एमालेको रुपरेखा प्रष्ट भइसक्यो, महाधिवेशन एउटा औपचारिकता न हो।

पहिले बुटवलमा गर्ने घोषणा गरिएको र पछि चितवनमा सारिएको दशौं महाधिवेशनपछि एमालेका ‘दिन र दशा’लाई लिएर भइरहेका अड्कलबाजी आफैंमा अस्वाभाविक होइनन्। किनभने एमाले अहिले पनि ‘चलायमान’ छ। भन्नुको तात्पर्य यो थिग्रिइसकेको छैन। महाधिवेशनपछि पनि यो थिग्रिइहाल्ने निश्चित छैन। तर, महाधिवेशनको रन्कोमा केही परिदृष्य भने साँच्चै नौला देखिन्छन् जसबाट एमालेका ‘दिन र दशा’ चिहाउन मद्दत पुग्नेछ।

झण्डै ७ वर्षअघि भएको नवौं महाधिवेशनसँग दाँजेर हेर्ने हो भने त एमालेको यो महाधिवेशन पूर्णतया पृथक हुनेछ। जस्तो कि, नवौं महाधिवेशनमा पार्टीको नेतृत्व हत्याउने घमासान थियो। एमालेको अध्यक्ष बन्न त्यसबेला केपी शर्मा ओली र माधवकुमार नेपालबीच यतिसम्म घमासान चल्यो कि एकले अर्कोलाई खुइल्याउन कुनै हत्कण्डा बाँकी रहेनन्। अहिले नेपाल एमालेमै छैनन्। नेतृत्वको दाबी गर्न ओलीको छेउछाउ पर्ने पनि कोही छैनन्। यसपालि घमासानको कुरै छाडौं, पूरै एकांकी महाधिवेशन हुने निश्चित छ। 

एमालेको दशौं महाधिवेशनमा नेतृत्वमा दाबी गर्नसक्ने ओलीका समकक्षी कोही हुने छैनन्। ओलीलाई चुनौती पनि कसैले दिने छैनन्। अर्थात् सिंहासनमा ओली एक्लै हुनेछन्, उनको समकक्षता गर्ने कोही हुने छैन।

गत महाधिवेशनमा नेतृत्वदेखि केन्द्रीय कमिटी सदस्यसम्मै प्यानलगत निर्वाचन भएको थियो, एक हिसाबले भन्दा प्रष्ट ‘दरार’ देखापरेको थियो। यसपालि दरारको कुनै संकेत छैन। दरारको के कुरा, नेतृत्वमा दाबी गर्नसक्ने ओलीका समकक्षी पनि कोही हुनेछैनन्। अर्थात् सिंहासनमा ओली एक्लै हुनेछन्, उनको समकक्षता गर्ने कोही हुने छैन। 

पार्टी महाधिवेशन विचारमा बृहत मन्थन हुने, त्यसनिम्ति राजनीतिक प्रस्तावमा ‘डिबेट’ हुने थलो हो। एमालेको चितवन महाधिवेशनमा त्यो पनि हुने छैन। किनभने, असोज १५–१७ मा ललितपुरको विधान महाधिवेशनमार्फत् एमालेले विचारको बहस ‘सम्पन्न’ भइसकेको निचोड निकालिसकेको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल लाइभसँगको अन्तर्वार्तामै भनेका छन्– ‘विधान महाधिवेशनबाट पार्टीलाई पाँच वर्षसम्म बाटो देखाउने हाम्रो सिद्धान्त, कार्यक्रम, कार्यदिशा एकमतले टुंग्याएका छौं। यस अर्थमा यो महाधिवेशनमा विचारमा अनेकता हुने छैन। विधान महाधिवेशनले पार्टीको सिद्धान्त, कार्यक्रम, कार्यदिशा, नीति समेटिएको विधानको टुंगो लगाइसकेकाले फेरि दुई महिनापछि त्यही विषयमा बहस गर्नु आवश्यक हुँदैन र सान्दर्भिक पनि हुँदैन।’ यो बेग्लै हो कि विधान महाधिवेशनमा फरक मतलाई स्थान नदिएर ‘ठेगान लगाइएको’ एकथरी एमाले नेताहरुको गुनासो अझै मत्थर भइसकेको छैन।  

प्रगतिशील एमाले कि दक्षिणपन्थी? 
एमालेले नवौं महाधिवेशन बुटवलमा गर्ने घोषणा गरिएको भए पनि अचानक चितवनमा सार्ने निर्णय गरियो। यो निर्णयका पछाडि ओलीका केही स्वार्थ जोडिएका छन्। पहिलो त यो ‘रणनीतिक मूभ’मार्फत् ओली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘तह लगाउने’ आधार बनाउन चाहन्छन्। प्रचण्डसँगको उनको प्रतिद्वन्द्विता यति विघ्न व्यक्तिगत इगो बन्नपुगेको छ कि प्रायः सार्वजनिक अभिव्यक्तिमा उनी प्रचण्डको सत्तोसराप गर्न छाड्दैनन्। माओवादी केन्द्रका एक नेताकै शब्दमा, ‘प्रचण्डकै कारण आफू सत्ताबाट बहिर्गमित हुनुपरेको र एमाले फुटेको बुझाई ओलीमा यति बाक्लो छ कि उनी प्रचण्डलाई क्षति पुर्‍याउन कुनै कसर छाड्न चाहँदैनन्।’

महाधिवेशन कुनै पनि दलको शक्ति प्रदर्शन गर्ने अर्थपूर्ण थलो हो, जसले आसन्न निर्वाचनमा मतदाताको मनोविज्ञानमै प्रभाव पार्न सक्छ। ओलीले त्यसकै निम्ति चितवनलाई नवौं महाधिवेशनस्थल रोजेको बुझ्न सकिन्छ। कारण, प्रचण्ड चितवनबाटै प्रतिनिधि सभामा निर्वाचित भएका हुन् र आउँदो निर्वाचनमा पनि उनी चितवनबाटै प्रत्यासी हुनेछन्। यसकारण ओली, चितवनमै प्रचण्डलाई अप्ठ्यारोमा पार्न चाहन्छन्। केही दिनपहिले आगामी निर्वाचनमा चितवन ‘कुरुक्षेत्र हुने’ अभिव्यक्ति दिएका प्रचण्डलाई लक्ष्यित गर्दै ओलीले मंगलबार चितवन पुगेरै भने– ‘मलाई प्रचण्डले उहिले एउटा बसमा बम पड्काइदिने, ३९ जना तत्काल मर्ने, ६ जना पछि मर्ने, ६९ जना घाइते भएर बाँच्नुपर्ने, त्यही बैंश सोचेर कुरुक्षेत्र बनाउँला भनेको होला। अब कुरुक्षेत्र होइन। धर्म क्षेत्र, शान्ति क्षेत्र, पवित्र भूमि, विकास क्षेत्र, एकता क्षेत्र, मेलमिलाप क्षेत्र र जनता मिलेर विकास गर्ने संकल्प गरेको क्षेत्र हुन्छ। कुरुक्षेत्र नै बनाउन खोजेको भए उहाँलाई म भन्न चाहन्छु, कौरवहरुले जितेका थिएनन् कुरुक्षेत्रमा। पाण्डवहरुले जितेका थिए। जो युद्ध चाहँदैनथे, उनीहरुले जितेका थिए। जो युद्धका लागि कस्सिएका थिए, तिनले हारेका थिए।’

Ncell 2
Ncell 2
nimb
nimb

पार्टी महाधिवेशन विचारमा बृहत् मन्थन हुने, त्यसनिम्ति राजनीतिक प्रस्तावमा ‘डिबेट’ हुने थलो हो। एमालेको चितवन महाधिवेशनमा भने यो केही पनि हुने छैन।

अर्को कारण हो, प्रधानमन्त्री हुँदा ओली आफैंले रणनीतिक रुपमा चर्चामा ल्याएको अयोध्यापुरी, जो चितवनमै छ। ओलीले चर्चित हिन्दू धर्मग्रन्थ, रामायणका ‘भगवान राम’को जन्मभूमि चितवनको अयोध्यापुरी नै भएको (अर्थात् हिन्दूहरुको पवित्र तीर्थस्थल, अयोध्या नै चितवनमा रहेको) घोषणा गरेर यसप्रति आस्थावानहरुको समर्थन र संवेदना आफूतिर तान्ने प्रयत्न मात्र गरेनन्, आफ्नै क्याबिनेटका बहालवाला मन्त्रीलाई काठमाडौंदेखि अयोध्यापूरीसम्म गरिएको कलश–यात्रामै पठाए। अझ रोचक त के भने महाधिवेशनको ‘माहोल’ बनाउन चितवन पुगेका ओलीले मंगलबार अयोध्यापूरीमै पुगेर भाषण गरे– ‘अब भगवान् राम आफ्नो जन्मस्थलमा आइपुग्नुभएको छ। लक्ष्मण र सीता आफ्नो जन्मथलो र कर्मथलोमा आउनुभएको छ। मन्दिर घर बन्दै गर्छ। हामी बनाउँदै गर्छौं। मुख्य कुरा राम जन्मभूमिको टुङ्गो लाग्नु हो।’

एमालेले आफ्नो प्रगतिशील छबि बरकरार राख्न प्रयत्न गर्छ वा ओली हिँड्न चाहेको दक्षिणपन्थमै आफूलाई एकाकार गराउँछ भन्ने छिनोफानो पनि यही महाधिवेशनबाट हुनेछ। शब्दमा जे भनिए पनि ओलीको नेतृत्वमा एमालेले दक्षिणपन्थी बाटो समातिसकेको छ।

प्रधानमन्त्रीको पदमा रहेर ओलीले घोषणा गरेको ‘राम जन्मभूमि’को विषय एउटा दृष्टान्त मात्र हो। खासमा त्यसबेला ओलीले एमालेले निर्माण गरेको प्रगतिशील छबिमै मेल नखाने अरु कैयौं निर्णय र गतिविधिमा अचाक्ली रुचि देखाए। पशुपतिमा सुनको जलहरी राख्ने निर्णय आदी त्यसका उदाहरण थिए। धर्मनिरपेक्षताको वकालत गर्ने एमालेले आफ्नो त्यो छबि बरकरार राख्न प्रयत्न गर्छ वा ओली हिँड्न चाहेको दक्षिणपन्थमै आफूलाई एकाकार गराउँछ भन्ने छिनोफानो पनि यही महाधिवेशनबाट हुनेछ। ओलीको यस्तो रुझानमा असहमत एमालेका एक नेताले भने एमालेको प्रगतिशील छबि नै संकटमा परेको स्वीकारे। उनले भने, ‘अहिले जे भइरहेको छ, मलाई लाग्दैन कि राजनीतिक प्रतिवेदनका शब्द र अक्षरमा सेन्टर लेफ्ट पार्टीका रुपमा जे जस्तो भाषा लेखिए पनि मुलतः एमाले दक्षिणपन्थी लाइनमा अघि बढेको छ।’

Xtrem

Xtrem

एमालेमा ओलीपछि को होला वा ओलीको उत्तराधिकारी को बन्ला भन्ने सवालले पनि धेरै हदसम्म महाधिवेशनमा ओलीको ‘मूभ’ निर्धारण गर्नेछ।

पछिल्लो समय आन्तरिक लोकतन्त्रको अभ्यास र नेतृत्वमा सामूहिकताको अभ्यासलाई एमालेले समकालीन दलहरुमाझ एकखाले मानकका रुपमा स्थापित गरेको थियो। तर, एमालेमा ओली नै निष्कंटक बनेसँगै त्यो ‘मानक’ लगभग हराएसरह बनेको छ। सम्भवतः अबको एमालेको अर्को परिचय यसले नै निर्धारण गर्नेछ।

निष्कंटक ओली र त्यसपछिका परिदृष्य
माधवकुमार नेपाल, झलनाथ खनाललगायत नेताहरुले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गर्नु ओलीका निम्ति एमालेमा आफूलाई चुनौतीरहित बनाउने अभूतपूर्व अवसर बन्यो। एक हिसाबले भन्दा यो ओलीले चाहिरहेकै परिस्थिति थियो। एमालेमा अन्तरसंघर्ष चलिरहँदा कैयौंपटक उनले ‘माधव नेपालरहित एमाले बनाउने’ उद्घोष नै गरेका थिए। त्यसकारण गत भदौ सुरुमै भएको पार्टी विभाजनले ओलीलाई एमालेमा निष्कंटक बनाइदिएको छ। र, नवौं महाधिवेशनमा जाँदा उनलाई कसैले चुनौती दिन नसक्ने अवस्था बनेको छ।

यो अवस्थामा ओलीले के गर्लान् वा महाधिवेशनको परिदृष्य कस्तो होला भनेर हेर्नुपर्ने हुन्छ। एमालेका केही नेताहरुसँग गरिएको कुराकानी केलाउँदा यसमा तीन भिन्न परिदृष्य देखा पर्छन्। पहिलो, ओली आफू हिँड्न चाहेको बाटोमा बेरोकटोक अघि बढ्छन्, आफूले चाहेका नेतालाई आफैले चाहेको पदमा पुर्याउँछन्, त्यसमा कसैले बाधा–व्यवधान खडा गर्दैनन्। अझ भनौं, उनले जे गर्नेछन्, सबै चुपचाप लाग्नेछन्। दोस्रो, उनले सबैलाई कुनै न कुनै हिसाबले समेटेर अघि बढ्ने प्रयत्न गर्नेछन्, जसले एमालेलाई तुलनात्मक रुपमा एकढिक्का बनाउनेछ। तेस्रो चाहिँ उनले हिजो माधवकुमार नेपाल समूहमा रहेर पनि एमालेमै बसेका र भोलि पार्टी सञ्चालनमा आफूलाई दखल–चुनौती दिनसक्ने नेताहरुलाई ‘इग्नोर’ गरेर अगाडि बढ्न सक्छन्। विधान महाधिवेशन तथा पछिल्ला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा देखापरेका घटनाक्रम तेस्रो परिदृष्यसँग मिल्दाजुल्दा थिए।

माधव नेपालहरुको बहिर्गमनपछि पनि एमालेभित्रको उतारतचढाव बन्द भइसकेको छैन। किनभने, अहिले नै पनि पार्टी छाडेर गएकाहरु फर्किइरहेका छन्। पार्टीबाट बाहिरिने वा भित्रिने क्रम महाधिवेशनपछि पनि निरन्तर रहन सक्छ।

एमालेमा ओलीपछि को होला वा ओलीको उत्तराधिकारी को बन्ला भन्ने सवालले पनि धेरै हदसम्म महाधिवेशनमा ओलीको ‘मूभ’ निर्धारण गर्नेछ। अहिलेको एमालेमा ओलीपछि स्वाभाविक उत्तराधिकारीको रुपमा देखापरेका विष्णुप्रसाद पौडेल भए पनि पौडेल ‘ओली गुट’बाटै ग्रुमिङ भएका नेता होइनन्, पछिबाट ओली समूहमा मिसिन पुगेका हुन्। सुरुदेखि नै ‘ओली गुटमा ग्रुमिङ’ भएकाहरुबाट उनी कत्तिको स्वीकार्य हुन्छन् या हुँदैनन्? ओली गुटका भित्रिया मानिने शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवालीलगायतसँग को को रहन्छन् र उनीहरुले के गर्छन् भन्ने पनि महत्वपूर्ण हुनेछ। ‘एउटा कुरा निश्चित के हो भने केपी कमरेडले यसपालि नै आफ्नो उत्तराधिकारी प्रष्ट गर्नुहुनेछ’, एमालेमा रहेर पनि ओलीका कदमसँग असहमत एक नेताले भने, ‘त्यो काम कति सहज वा कठिन हुन्छ, त्यसअनुसार नै उहाँले सबैलाई समेट्ने वा कसैलाई पर धकेल्ने भन्ने निक्र्योल गर्नुहुनेछ।’

माधव नेपालहरुको बहिर्गमनपछि पनि एमालेभित्रको उतारतचढाव बन्द भइसकेको छैन। किनभने, अहिले नै पनि पार्टी छाडेर गएकाहरु फर्किइरहेका छन्। पार्टीबाट बाहिरिने वा भित्रिने क्रम महाधिवेशनपछि पनि निरन्तर रहन सक्छ। महाधिवेशनमा हुने गतिविधि र त्यसपछि हुने विभिन्न तहका निर्वाचनमा हुने टिकट वितरण जस्ता ‘मोड’ आउन बाँकी नै छन् जसले एमालेको यो चलायमानता बढाउन सक्छ। ‘फेरि पनि यो अध्यक्ष ओलीमै निर्भर छ, उहाँले पार्टी पंक्तिलाई कसरी लिएर जानुहुन्छ र भावी नेतृत्वलाई कसरी तयार पार्नुहुन्छ भन्ने कुराले नै यसको आयतन निर्धारण गर्छन्’, ती नेताले भने। 

आगामी निर्वाचनमा हुनसक्ने सम्भावित अन्तरघातलाई ध्यानमा राखेर ओली, सबैलाई मिलाएर जानुपर्ने बाध्यतामा रहेको पनि एकथरी नेताहरु बताउँछन्। सम्भवतः त्यहीकारण उनले तत्कालीन एमालेमा झलनाथ खनालपक्षमा रहेका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्यलगायतलाई साथमा लिन खोजेको देखिए पनि रावल, भुसाललगायतलाई उनले समयक्रममा गर्नथालेको बेवास्ता अर्थपूर्ण छ।

प्रमुख नेतृत्व चयनमा एमाले महाधिवेशनले टुंग्याउने विषय सम्भवतः बाँकी केही छैन। तर, पाका नेताहरुसँगै सम्भावना बोकेका नेताहरुको पद व्यवस्थापनको विषय भने अझैसम्म प्रष्ट भइसकेको छैन। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवहरुसहित १५ जना पदाधिकारीको व्यवस्थाले केही संकेत गरे पनि प्रकटतः ‘खास ओली गुट’का एमाले र ओली गुटमा जोडिन आइपुगेका एमाले नेताहरुको ‘एड्जस्टमेन्ट’कै विषय पेचिलो बन्न सक्छ। किनभने ओलीले सहयोग गरेनन् भने हिजो माधवकुमार नेपाल समूहमा रहेका भीम रावल, घनश्याम भुसालजस्ता नेताहरु पदाधिकारीमा निर्वाचित भएर आउने सम्भावना देखिँदैन। पार्टीका बैठकहरुमा ओलीसँग उनीहरुको नोकझोंक अहिले पनि परिरहेकै छ। एमालेले एकै दिन देशभरका वडा अधिवेशनहरु गर्दा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुखै फोरेर त्यसलाई ‘गलत अभ्यास’ भनिन्।  

आगामी निर्वाचनमा हुनसक्ने सम्भावित अन्तरघातलाई ध्यानमा राखेर ओली, सबैलाई मिलाएर जानुपर्ने बाध्यतामा रहेको पनि एकथरी नेताहरु बताउँछन्। सम्भवतः त्यहीकारण उनले तत्कालीन एमालेमा झलनाथ खनालपक्षमा रहेका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्यलगायतलाई साथमा लिन खोजेको देखिए पनि रावल, भुसाललगायतलाई उनले समयक्रममा गर्नथालेको बेवास्ता अर्थपूर्ण छ। अर्को रोचक परिदृष्य चाहिँ एमालेमा हिजो गुटहरुबीचको लडाईं हुन्थ्यो भने अब ओली गुटकै विभिन्न समूहहरुबीचको लडाईं देखिनसक्छ। त्यो लडाईंमा पछिबाट ओली गुटमा जोडिन पुगेकाहरु फड्के किनाराका साक्षी बन्ने या कुनै समूहमा सामेल हुने परिदृष्य देखा पर्नसक्छ। 


(तत्कालीन एमाले र माओवादीबीच एकीकरणबाट बनेको नेकपाको एकता सर्वोच्च अदालतको फैसलासँगै भंग भएपछि ब्युँतिएको एमालेले पनि विभाजन भोग्यो। एमाले गठनमै भूमिका खेलेका माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोले। विभाजन भोगेको एमालेको वैचारिक र सांगठनिक ढाँचामा निकै बदलाव आएको छ। र, यसका नेताहरु भनिरहेका छन्– यो नयाँ एमाले हो। कस्तो हुन्छ नयाँ एमाले? यो कसरी अगाडि बढ्छ? अनि यो कुन बाटो हिँड्छ? पार्टीभित्रको व्यवस्थापनदेखि कार्यदिशासम्म यो कसरी प्रकट हुन्छ? एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई केन्द्रमा राखेर हामी नेपाल लाइभमा शृंखलाबद्ध रुपमा चर्चा गर्नेछौं।)
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  २१:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामेश्वर बोहरा
बोहरा नेपाल लाइभका सम्पादक हुन्।
लेखकबाट थप
लोभ–डर–लोकरिझ्याइँ जितेका प्राज्ञको गुमनाम महाप्रस्थान
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग ३)
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग २)
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्