काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेको छ।
संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले बताएका हुन्।
‘श्री ५ महाधिराज सरकार भन्दै निकालिएका विज्ञप्तिदेखि संवाद सचिवालयको आधिकारिता लगायतका विषयमा बुझ्न बोलाएका हौं’, उनले भने।
जिल्ला प्रहरी परिसर, काठमाडौंले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि उनी केहीबेरअघि जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।