• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

64x64
नेपाल लाइभ शनिबार, असार २८, २०८२  १३:१०
1140x725

एजेन्सी – इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर इन्धन प्रवेश गर्न दिइए पनि त्यो आपूर्ति अत्यन्तै न्यून भएको र गम्भीर मानवीय संकट समाधान गर्न अपर्याप्त रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार, गाजामा दैनिकरूपमा लाखौं लिटर इन्धन आवश्यक पर्दछ, जसको प्रयोग स्वास्थ्य सेवा, खानेपानी आपूर्ति, सरसफाइ तथा आपतकालीन सेवाहरूको सञ्चालनका लागि अत्यावश्यक हुन्छ ।

चार महिनाभन्दा लामो समयदेखि जारी इन्धन प्रतिबन्धका कारण सेवा प्रवाहमा गम्भीर असर परेको ओसीएचएले जनाएको छ ।

‘स्पष्ट रूपमा भन्नुपर्दा, गाजामा इन्धनको अभाव अत्यन्त चिन्ताजनक अवस्थामा पुगेको छ,’ ओसीएचएद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘यदि अहिले कायम रहेका सीमितताहरू तुरुन्तै हटाइएनन् र नियमित रूपमा पर्याप्त मात्रामा इन्धन आपूर्ति हुन सकेन भने, धेरै जीवनरक्षक सेवाहरू पूर्णरूपमा बन्द हुने खतरा छ।’

ओसीएचएले गाजाभित्र समयमै पहुँच सुनिश्चित गर्न आग्रह गर्दै आएको छ । इन्धन वितरण प्रयास दक्षिण गाजासम्म सीमित रहेका छन्, किनभने उत्तर गाजातर्फ पुर्‍याउने अनुमति इजरायलले प्रदान नगरेको ओसीएचएले जनाएको छ ।

‘उत्तर गाजामा रहेका अस्पतालहरू बन्द हुने स्थितिमा छन्। एम्बुलेन्स सेवा, खानेपानी प्रशोधन केन्द्र र अन्य अत्यावश्यक सेवाहरूमा पनि इन्धनको अत्यधिक अभाव छ,’ कार्यालयले जनाएको छ । इन्धन अभाव मात्र होइन, गाजामा हाल विभिन्न खाले मानवीय चुनौतीहरू थप जटिल बन्दै गएका छन् ।

युद्धविरामको अभावमा दैनिकजसो निवारण गर्न सकिने मृत्युहरू भइरहेका छन् । भोक, प्यास र उपचारको खोजीमा रहेका सर्वसाधारण सहायता लिन जाँदा पनि ज्यानको जोखिममा परिरहेका छन् । बिहीबार इजरायलसँग समन्वय गरेर गरिएको १५ सहायता प्रयासमध्ये केवल ६ प्रयासहरू सफल भएका थिए । यसले घाइतेको उद्धार, जोखिमयुक्त क्षेत्रबाट सर्वसाधारणको स्थानान्तरण र स्वास्थ्य उपकरणको मूल्यांकनजस्ता महत्त्वपूर्ण कामहरू प्रभावित पारेको ओसीएचएले जनाएको छ ।

बुधबार गाजा सहरको एक क्षेत्रमा १८ जना घाइते व्यक्ति भग्नावशेषमा फसेको सूचना पाएर उद्धार टोली पठाउने अनुमति मागिएको थियो । तर अनुमति ढिला भइ बिहीबारमात्र प्राप्त भयो र त्यो समयसम्म कोही पनि जीवित भेटिएनन् ।

nimb
nimb
Ncell 2
Ncell 2

ओसीएचएले हाल आश्रयका लागि आवश्यक सामग्रीको भण्डारण पूर्ण रूपमा सकिएको र विगत १३० दिनभन्दा बढी समयदेखि इजरायलले नयाँ पाल तथा आश्रय सामग्री प्रवेश गर्न नदिएको जानकारी दिएको छ ।

साथै, द्वन्द्व र असुरक्षाका कारण गाजाभित्र कार्यरत सहायता कर्मचारीहरूको सुरक्षामा समेत गम्भीर चुनौती देखिएको छ ।

बुधबार र बिहीबारका दिन, सहायता टोली रहेका स्थानहरू नजिकै भएका हवाई आक्रमणहरूबाट ठूलो जोखिम उत्पन्न भएको थियो । भाग्यवश, कुनै पनि सहयोगकर्मी घाइते भएका छैनन् । तर, यस्ता घटनाले मानवीय काममा संलग्न सबैको सुरक्षालाई गम्भीर रूपमा असर पुर्‍याउने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्तेफान दुजारिकले मानव अधिकार कार्यालयबाट प्राप्त पछिल्लो विवरण सार्वजनिक गर्दै भने, ‘गाजा क्षेत्रमा राहत सामग्री लिन खोज्दा ज्यान गुमाएका ८१९ जना फिलिस्तीनीको तथ्यांक हामीसँग छ । यसमध्ये अधिकांश व्यक्ति सहायता वितरण केन्द्रहरू र राहत सवारीसाधन नजिक मारिएका थिए ।’

उनले निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको जोड दिँदै भने, ‘जहाँ नागरिकहरू दैनिक रूपमा केवल खाना लिन जाँदा मारिन्छन्, त्यो प्रणालीलाई मानवीय भनेर स्वीकार गर्न सकिन्न ।’

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभ्यास खेलमा आज अमेरिकासँग अन्तिम खेल खेल्दै नेपाल ‘ए’
आजदेखि बजेट अधिवेशन सुरु हुँदै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने
आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
सम्बन्धित सामग्री
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ शनिबार मस्कोमा भएको सैन्य प्रदर्शनमा नेता पुटिनले सैनिकहरूलाई आफूहरू युक्रेनमा नेटोद्वारा समर्थन गरेको ‘आक्रामक शक्ति’ सँग लडिरहेको... आइतबार, वैशाख २७, २०८३
श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि सार्वजनिक उपयोगिता आयोगका अनुसार सोमबारदेखि लागू हुने नयाँ दरअनुसार मासिक १८० युनिटभन्दा बढी बिजुली प्रयोग गर्ने उपभोक्ताले १८ प्रति... आइतबार, वैशाख २७, २०८३
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ आइतबार चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित विशेष समारोहमा उनले औपचारिक रूपमा शपथ ग्रहण गरेका हुन् । सो समारोहमा परिवारका सदस... आइतबार, वैशाख २७, २०८३
ताजा समाचारसबै
अभ्यास खेलमा आज अमेरिकासँग अन्तिम खेल खेल्दै नेपाल ‘ए’ सोमबार, वैशाख २८, २०८३
आजदेखि बजेट अधिवेशन सुरु हुँदै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने सोमबार, वैशाख २८, २०८३
आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा सोमबार, वैशाख २८, २०८३
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक आइतबार, वैशाख २७, २०८३
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक, कसरी हेर्न सकिन्छ ? (सूचनासहित) आइतबार, वैशाख २७, २०८३
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २७, २०८३
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन आइतबार, वैशाख २७, २०८३
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्