• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग
श्रद्धाञ्जली

लोभ–डर–लोकरिझ्याइँ जितेका प्राज्ञको गुमनाम महाप्रस्थान

64x64
रामेश्वर बोहरा शुक्रबार, चैत ४, २०७८  २०:५८
1140x725

ध्रुव सर (प्राध्यापक ध्रुवकुमार)सँग गत माघ २९ गते पछिल्लो पटक कुराकानी भएको थियो। ‘के नेपालका पार्टीहरु मर्दैछन्?’ शृंखला थालनी गर्ने र अघि बढाउने क्रममा इमेलमा नियमित संवाद भइरहेकै थियो। नेपाल लाइभमा त्यो शृंखलाको तेस्रो भाग प्रकाशित भएपछि इमेलमै थप हौसला दिएर उनले लेखेका थिए– ‘मिडियामा बिरलै देखिने समकालीन राजनीतिक प्रसंगबारे बहुतै सान्दर्भिक लेख प्रकाशित गरेकोमा धेरै धन्यवाद।’

त्यसमै उनको अर्को सुझाव थियो– ‘यति महत्वपूर्ण सामग्रीलाई प्रिन्ट भर्सनमा पनि छाप्दा राम्रो हुन्थ्यो। प्रिन्टमा छापिँदा भोलिका दिनमा पनि यसको ठूलो अर्थ हुन्छ।’ 

ध्रुव सरसँग चिनजान हिमाल खबरपत्रिकामा काम गर्ने क्रममा भयो। त्यति बेला उनी त्रिभुवन विश्वविद्यालयको नेपाल तथा दक्षिण एसियाली अध्ययन केन्द्र (सिनास)को निर्देशक थिए। सिनासमै करिब डेढ दशकअघि रिपोर्टिङका क्रममा चिनजान भएपछि उनीसँगको भेटघाट नियमित बन्यो। सिनाससँगै बसुन्धरास्थित घरमा समेत महिनामा एक–दुईपल्ट मेरो आउजाउ भइरह्यो। त्रिविबाट रिटायर्ड भएपछि ध्रुव सर कहिलेकाहीँ आफैँ भन्थे– ‘तपाईंलाई घरसम्म आउन टाढा पर्छ, म मण्डला बुकतिर आउँदैछु, त्यतै भेटौं।’ अनि जमलस्थित मण्डला बुक प्वाइन्ट हाम्रो भेटघाटको अर्को थलो बन्यो।

पाक्षिक हुँदा होस् या साप्ताहिक, ध्रुव सर हिमालका नियमित पाठक थिए। प्रत्येक भेट अनि इमेलमा उनी मैले लेखेका स्टोरीमा ‘फिडब्याक’ दिइरहन्थे। झण्डै तीन वर्षयता म छापा माध्यमबाट टाढिएँ। तर, डिजिटल मिडिया ‘फ्रेन्ड्ली’ नहुँदानहुँदै पनि ध्रुव सरले दिने फिडब्याकमा कमी आएन। 

ध्रुव सर मोबाइल बोक्दैनथे। फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा उनको उपस्थिति थिएन। र पनि, डेक्स्टपमा अनलाइन मिडिया स्क्रोल गरेरै उनी हामीले छाप्ने सामग्रीमा महत्वपूर्ण सल्लाह दिइरहन्थे, हौसला बढाइरहन्थे। डिजिटल मिडियालाई अझै पनि पूर्ण नदेखेरै हुनसक्छ, पछिल्लो इमेलमा उनले ‘के नेपालका पार्टीहरु मर्दैछन्?’ शृंखलाका लेखहरुलाई ‘सम्भव भए प्रिन्टमा पनि छाप्न’ सुझाव दिएका थिए। 

यति बेला आफू छापा माध्यममा नभएकाले मैले उनको यो सुझावमा केही पनि ‘रिप्लाई’ गर्न सकिनँ। मलाई लाग्यो– छिटै उनलाई भेट्छु र डिजिटल मिडियाको प्रभावकारिता अनि खोजेका सामग्री भनेको समयमा फेला पार्न सकिने ‘आर्काइभ’बारे पनि बताउँछु। 

कोरोना संक्रमण बढेपछि ध्रुव सरसँगको संवाद इमेलमा सीमित भएको थियो। अलि पहिले त कहिलेकाहीँ घरको ल्याण्डलाइन टेलिफोनमै पनि कुराकानी हुन्थ्यो। तर, जीवनका सात दशक पार गरिसकेका ध्रुव सरको श्रवणशक्तिमा केही समस्या रहेकाले पछिल्लो समय टेलिफोनमा पनि कुराकानी सम्भव थिएन। प्रत्यक्ष भेटेर संवाद गर्ने हुटहुटी भए पनि उनको उमेरलाई ख्याल गरेर कोरोना संक्रमणबीच भेटिहाल्न मन लागेन। ओमिक्रोन भेरियन्टले ल्याएको कोरोनाको तेस्रो लहर कम हुँदै गएपछि भने ध्रुव सरसँग ‘चाँडै भेट्न आउने’ वाचा गरेको थिएँ। 

यसबीच अफिसका सहकर्मीमाझ मैले ध्रुव सर अर्थात्, एउटा हक्की प्राध्यापकको प्रोफाइल स्टोरी गर्ने योजना पनि सेयर गरेको थिएँ। त्यसका लागि उनलाई भेट्नै पर्ने थियो। तर, बिहीबार बिहान अकल्पनीय खबर सुन्नुपर्‍यो। मिर्गौलाको समस्यासँग जुधिरहेका ध्रुव सर बुधबार राति नै संसारबाट बिदा भएछन्। माघ २९ गतेको त्यही इमेल उनको अन्तिम सन्देश बन्यो। लोभ र डर केही नभएको एउटा हक्की प्राध्यापकको प्रोफाइल स्टोरी गर्ने योजना अधुरै रह्यो।

Ncell 2
Ncell 2
nimb
nimb

लोकरिझ्याइँबाट टाढा, लोभ–डरबाट मुक्त
राष्ट्रिय राजनीति, राष्ट्रिय सुरक्षा र भूराजनीति– एउटा रिपोर्टरका निम्ति यी आफैंमा धान्न कठिन र निकै नै ठूलो दायरा बोक्ने क्षेत्र थिए। तर, रिपोर्टिङ करिअरमा मेरो ‘प्यासन’ जोडिएका क्षेत्र थिए यी। म यी विषयमा घोत्लिइरहन प्रयत्न गर्थें। यिनै विषयका केही ‘एंगल’ र राम्ररी छिमलिइनसकेका सूचना बोकेर ध्रुव सरलाई भेट्न पुग्थेँ। 

राजनीति शास्त्रका प्राध्यापक ध्रुव सरको दक्खल यिनै क्षेत्रमा थियो। उनले यति सजिलै त्यसमा ‘एंगल’ दिन्थे कि त्यसले स्टोरीको वजन नै बेग्लै बनाइदिन्थ्यो। उनी एंगल मात्र होइन, त्यसमा महत्वपूर्ण सन्दर्भहरु पनि जोडिदिन्थे। रिपोर्टिङ करिअरमा मेरा निम्ति यो सिकाइ सर्वाधिक अर्थपूर्ण रह्यो, रहनेछ। 

भनाइ नै छ– राजनीति सीधा होइन, बक्र रेखामा हिँड्छ। पहिलो संविधान सभाको कालखण्डदेखि संविधान जारी नहुँदासम्मको नेपाली राजनीति ठ्याक्कै यस्तै थियो। ठम्याउन गाह्रो, त्यसको दिशा पहिल्याउन त झन् गाह्रो। तर, यसमा ध्रुव कुमारको दृष्टि बेजोड थियो। 

सशस्त्र विद्रोहको धङ्धङी बोकेर आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘डेमागग’ प्रवृत्ति होस् या बाबुराम भट्टराईको ‘पपुलिज्म’– ध्रुव सर प्रष्ट थिए र त्यसकै आधारमा राजनीतिका अगाडिका दिन तथा दशाको सुक्ष्म विश्लेषण गरिदिन्थे। पछिल्लो कालखण्डमा केपी ओलीको ‘राष्ट्रवाद’देखि शेरबहादुर देउवाको अकर्मण्यतासम्मले निम्त्याउने परिणामबारे उनले गर्ने प्रक्षेपण पनि उसैगरी यथार्थसँग मिल्न पुग्थे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ध्रुव कुमारलाई श्रवण शक्तिको समस्याले सताएका कारण पछिल्लो समय प्रायः सार्वजनिक कार्यक्रमहरूमा पुग्दैन्थे। नयाँ–नयाँ सूचना र जानकारीसँग ‘अपडेट’ भइरहन उनको उमेर र स्वास्थ्य दुवै बाधक थियो। बाहिर निस्कन सार्वजनिक सवारी प्रयोग गर्ने उनको ‘मोबिलिटी’ झन् खुम्चने नै भयो। तर, सूचनासँग साक्षात्कार गर्ने निकै सीमित विकल्पबीच पनि स्वअध्ययन–अनुसन्धानबाट उनीसँग जति सूचना जुट्थे र त्यसको आधारमा जस्तो विश्लेषण पस्कन्थे, समकालीन प्राज्ञिक दुनियाँमा त्यो एकखाले अपवाद जस्तै थियो। 

मुलुकको प्राज्ञिक जगत र बौद्धिक समुदायमाथि पछिल्लो समय एउटा संगीन आरोप लाग्दै आएको छ– उनीहरू विवेक होइन, स्वार्थ हेर्छन्! हुन पनि लोकतन्त्र, विधिको शासन, मुलुक र नागरिकको वृहत्तर हित निम्ति राजनीति र समाजलाई दिशानिर्देश गर्नुपर्ने प्राज्ञिक–बौद्धिक क्षेत्र त्यो भूमिकामा देखिन छाडेको छ। प्राज्ञिक–बौद्धिकहरुमा या त कुनै पार्टीप्रतिको पक्षधरता हाबी छ, या दातृ निकाय–संस्थाको स्वार्थ।

प्राज्ञिक–बौद्धिक समुदायमा ओत लाग्ने दलको आश र त्रास अनि दाताबाट पाइने अवसरको लोभ अचाक्ली बढेको देखिन्छ। त्यही कारण प्राज्ञिक कर्म दल विशेषको हित वा दाताको स्वार्थ रक्षाको साधन बन्दै गएको छ। ध्रुव कुमार त्यसमा अपवाद थिए। उनी व्यक्तिगत लाभ वा अवसरको लोभभन्दा माथि उठेका थिए। कसैलाई बिझाइएला भन्ने डर उनमा छँदै थिएन। लोकरिझ्याइँले ग्रस्त समाजमा उनी ब्रह्मले देखेको लेख्न–बोल्न सदा अग्रसर भइरहे।

उनी जहिल्यै नागरिकका कुरा उठाउँथे। जनसाधारणको हितमा लेख्थे, बोल्थे। मुलुकको वृहत्तर हितका निम्ति मुखर हुन्थे। त्यसका लागि जुनसुकै पार्टी वा नेताको जस्तोसुकै आलोचना गर्न किञ्चित हच्किँदैन्थे। मुलुकले अवलम्बन गरेको पछिल्लो राजनीतिक व्यवस्था, संघीय लोकतान्त्रिक गणतन्त्रका प्रखर पक्षधर ध्रुव कुमार यो व्यवस्थाभित्रका विकृति र त्यसका कारकप्रति उत्तिकै कठोर थिए। त्यही कारण उनी कुनै पार्टीका निम्ति कहिल्यै ‘आफ्नो’ भएनन्। त्यही भएरै हुनुपर्छ, देशले मुर्धन्य प्राध्यापक गुमाउँदा मुलुकका प्रधानमन्त्रीदेखि विपक्षी नेतासम्मले सामाजिक सञ्जालमा एक लाइन श्रद्धाञ्जली दिनसम्म आवश्यक ठानेनन्। 

प्रविधिको विकासले आज समाजलाई ‘भाइरल’ बन्ने रोगले गाँजेको छ। अरुको के कुरा, हाम्रो पत्रकारिता नै पनि ‘भाइरल कन्टेन्ट’को भागदौडमा कुदिरहेको छ। यो भागदौडबीच ध्रुव सरले इमेलमार्फत् दिने ‘फिडब्याक’ पनि एउटा मानक थियो, जसले हामी गलत गरिरहेका छैनौं भन्ने बोध गराइरहन्थ्यो। अब हामीलाई ध्रुव सरका ती फिडब्याक आउने छैनन्। अलविदा ध्रुवसर, भावपूर्ण श्रद्धाञ्जली!

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  २०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामेश्वर बोहरा
बोहरा नेपाल लाइभका सम्पादक हुन्।
लेखकबाट थप
लोभ–डर–लोकरिझ्याइँ जितेका प्राज्ञको गुमनाम महाप्रस्थान
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग ३)
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग २)
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्