काठमाडौँ- नेकपा एमालेको विघटित संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ ।
बैठक मंगलबार दिउँसो १ बजेलाई बोलाइए पनि डेढ घण्टा ढिलो गरी सुरु भएको हो ।
सचिवालय बैठकले संसद् पुनर्स्थापनाको माग र निर्वाचनबारे ठोस धारणा बनाउने बताइएको छ ।
विघटित प्रतिनिधि सभामा एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टीले असंवैधानिक ठहर गरेको संसद् विघटन र पुनर्स्थापनाका बारेमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई जानकारी गराउने र छलफलपछि निर्णय हुने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।