complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माधव नेपाल दोहोर्‍याइरहेछन्, आखिर के भएको थियो नेकपाको दोस्रो महाधिवेशनमा?

64x64
किशोर दहाल मंगलबार, भदौ १५, २०७८  २१:१५
1140x725

काठमाडौं- नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा दुईवटा महाधिवेशनबाट पार्टीको नीति अर्थात् कार्यदिशा एउटा पारित गर्ने तर, नेतृत्वमा भने महाधिवेशनबाट पारित नीतिको पक्षमा नरहेको व्यक्तिलाई चयन गर्ने काम भयो। ती दुवै निर्णयले नेपाली कम्युनिस्ट आन्दोलनको एकतामा गम्भीर क्षति पुर्‍याएका छन्। पार्टीको दोस्रो महाधिवेशनले गणतन्त्रात्मक नीति पारित गरेको थियो भने नेतृत्वमा गणतन्त्रात्मक नीतिका विरोधीहरुको टिमलाई छानेको थियो, जसले महाधिवेशनबाट पारित नीति कार्यान्वयन नगरी पार्टीलाई दक्षिणपन्थी दिशामा लगेको थियो र अन्ततः पार्टी विभाजित भएको थियो। नवौं महाधिवेशनमा पनि त्यस्तै भयो। मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने पार्टी नीति पारित गरेको त्यस महाधिवेशनले पार्टीको प्रमुख नेतामा त्यस नीतिका विरोधी व्यक्तिलाई चयन गर्‍यो, जसले महाधिवेशनको निर्णयलाई बोक्दै बोकेनन्। -नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को घोषणापत्र- २०७८

घोषणा-पत्रमा उल्लिखित यो सन्दर्भ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पछिल्ला सम्बोधनहरुमा धेरथोर चर्चा गर्ने गरेका छन्। पार्टीको नीति एकातिर र नेतृत्व अर्कोतिर हुँदा पार्टीमा विद्रोह हुने र विभाजन हुने कुरालाई  नेकपाको इतिहासबाटै सान्दर्भिक तुल्याउने प्रयत्न उनको छ। 'जसरी दोस्रो महाधिवेशनमा केशरजंग रायमाझी हुँदाहुँदै त्यो पार्टी रुपान्तरण हुन सक्दैनथ्यो। पुष्पलालले पार्टीबाट विद्रोह गर्नुभयो। र, बेग्लै पार्टीको निर्माण गर्नुभएको थियो', भदौ ८ गते चन्द्रागिरिमा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले भनेका थिए।

सोमबार मात्रै भारतमा उपचार गरेर फर्किएका आफ्नो पार्टीका वरिष्ठ नेता झलनाथ खनालको स्वागतका लागि त्रिभुवन विमानस्थलमा पुगेका नेपालले अझ विस्तृतमा यो विषयलाई दोहोर्‍याए। आफ्नो सम्बोधनमा उनले भने- 'नेपालको कम्युनिस्ट आन्दोलनमा समय-समयमा यस्ता समस्याहरु देखापर्ने गरेका छन्। यो पहिलोपटक देखिएको समस्या होइन। २०१४ सालमा पनि समस्या देखिएका थिए। तत्कालीन महासचिवले पार्टीलाई दक्षिणपन्थी भासमा पुर्‍याएका थिए। पार्टीको क्रान्तिकारी धारलाई भुत्ते बनाउने काम गरेका थिए। फलस्वरुप पार्टी गतिहीन हुँदै गयो। शिथिल हुँदै गयो। दक्षिणपन्थी भासमा भासिँदै गयो। त्यसले जनताको विश्वास गुमाउँदै गयो। विस्तारै त्यो पार्टी निरंकुश र निर्दलीय पञ्चायती व्यवस्थाको समर्थक भएर त्यसको पक्षपोषक भएर देखापरिसकेपछि नेकपाका संस्थापक महासचिव पुष्पलालले विद्रोह गर्ने संकल्प गर्नुभयो।'
०००
२००६ सालमा गठन भएको नेकपाको पहिलो सम्मेलन २००८ सालमा आयोजना भयो। भारतको कलकत्तामा आयोजित यो सम्मेलनमा 'नयाँ जनवादको निम्ति नेपाली जनताको बाटो' नामको राजनीतिक प्रस्ताव प्रस्तुत गरिएको थियो। यो सम्मेलनले पुष्पलालको नेतृत्वमा पाँच सदस्यीय राजनीतिक समिति पनि निर्वाचित गर्‍यो। जसमा पुष्पलाल, मनमोहन अधिकारी, तुल्सीलाल अमात्य, डीपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय र भाइ साहेब (अयोध्या सिंह) थिए।

तर, यो सम्मेलनको केही समयमै पार्टीभित्र पुष्पलाल र मनमोहन अधिकारीको गुट विकास भयो। परिणामतः पहिलो सम्मेलन सकिएको केही महिनामै महोत्तरीको बटेश्वरमा बसेको केन्द्रीय कमिटी बैठकमा अधिकारी पक्षधरले नेतृत्व परिवर्तनको प्रस्ताव ल्याए। र, बहुमत रहेका अधिकारीले नेतृत्व हत्याए। कम्युनिस्ट पार्टीमा नेतृत्वको लागि हुने किचलोको प्रस्थान बिन्दु त्यही बैठकलाई मान्ने गरिन्छ।

यसैबीच, तत्कालीन मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारले २००८ सालमा कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगायो। जुन २०१३ सालसम्म कायम रह्यो। प्रतिबन्धित अवस्थामै २०१० माघ १३-१७ मा पाटनमा भूमिगत अवस्थामा पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। यो महाधिवेशनबाट महासचिवको हैसियतले मनमोहन अधिकारीले 'केन्द्रीय कमिटीको रिपोर्ट' भन्ने राजनीतिक प्रतिवेदन र 'नेपाल कम्युनिस्ट पार्टीको कार्यक्रम' भनिएको पार्टी कार्यक्रम प्रस्तुत गरेका थिए। जुन सर्वसम्मतिले पारित भएको थियो।

अधिकारीद्वारा प्रस्तुत 'नेपाल कम्युनिस्ट पार्टीको कार्यक्रम'मा अहिले पनि बेलाबखत चर्चा गरिने केही विषयहरु उल्लेख छन्। जस्तो कि, सो कार्यक्रममा चुनाव क्षेत्रको बहुमतद्वारा प्रतिनिधिहरुलाई फर्काउने माग गर्न सकियोस् भन्ने उल्लेख छ। 'राज्यका प्रधानलाई कुनै विशेष अधिकार नदिइयोस्', सो दस्तावेजमा भनिएको छ। त्यस्तै धर्मको विषयमा भनिएको छ- 'धर्मलाई व्यक्तिगत विश्वासको विषय मानियोस्। जनताको धार्मिक भावनाको आदर गरियोस्। जनताद्वारा कुनै धर्म मान्ने वा नमान्ने अधिकारमा हस्तक्षेप नगरियोस्। जनताको साधारण आराम र खुसीको विरोधमा नजाने धार्मिक क्रियाहरुका लागि तथा सबै धर्मलाई स्वतन्त्रताको ग्यारेन्टी होस्।'

महाधिवेशनबाट अधिकारी पार्टी महासचिव भए भने १३ सदस्यीय केन्द्रीय कमिटी गठन गरियो। तीमध्येबाट पाँच जना सदस्यहरु मनमोहन अधिकारी, पुष्पलाल, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र शम्भुराम श्रेष्ठ पोलिटब्युरो सदस्य चयन भए। केन्द्रीय कमिटीमा रहेका अन्य सदस्यहरुमा केशरजंग रायमाझी, हिक्मतसिंह भण्डारी, कमर शाह, कृष्णराज बर्मा, महेशप्रसाद उपाध्याय, केदारप्रसाद उपाध्याय, मधुसिंह, धनुषचन्द्र गौतम थिए। तर पोलिटब्युरोमा केही समयमै हेरफेर भएको थियो। जसअनुसार, केशरजंग रायमाझी पनि पोलिटब्युरो सदस्य बनेका थिए।

प्रतिबन्ध हट्यो तर, नेकपाभित्र आन्तरिक विवाद गहिरो भइसकेको थियो। यसैबेला चिनियाँ कम्युनिस्ट पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा भाग लिन नेकपाका तीन सदस्यीय प्रतिनिधिमण्डललाई आमन्त्रण गरियो। चीन जाने नेताहरुको नाम चयन गर्न नेकपाको केन्द्रीय कमिटी बैठक बस्यो। पार्टी प्रमुख भएकाले मनमोहन अधिकारी जाने भए। थप दुई जनाको लागि गोप्य मतदान गरियो।

Ncell 2
Ncell 2
nimb
nimb

आफू पार्टीको संस्थापक नेतृत्वकर्ता भएकाले चीन जान पाउनुपर्ने दाबी गरिरहेका पुष्पलाल मतदानमा पराजित भए। मतदानमा शम्भुराम श्रेष्ठ र कमर शाह निर्वाचित भए। त्यसपछि पुष्पलाल आक्रोशित भए। त्यसै बैठकले मनमोहन अधिकारीको सट्टामा काम गर्न कार्यवाहक महासचिव चुन्नुपर्ने थियो। रिसाएका पुष्पलालले सो पद अस्वीकार गरे। परिणामतः पोलिटब्युरोका कनिष्ठ सदस्य केशरजंग रायमाझीले सो अवसर पाए। उनी २०१२ सालमा मात्रै पोलिटब्युरो सदस्य भएका थिए।

चीन गएका मनमोहन अधिकारी उपचारको लागि करिब तीन वर्ष उतै रहे। उनी लामो समय चीनमै रहने भएपछि कार्यवाहक महासचिव रायमाझीले पार्टीभित्र आफूलाई बलियो बनाउँदै लगे। संगठनमा प्रभाव बढाए। साथै दरबारको विश्वास पनि जित्दै गए।

मनमोहन अधिकारी चीनमै रहेका बेला, २०१४ जेठ १५-२५ मा काठमाडौंको फोहोरा दरबारमा नेकपाको दोस्रो महाधिवेशन भयो। पुष्पलाल लेख्छन्- 'पार्टीको दोस्रो महाधिवेशन सुरु हुनुभन्दा पहिले नै 'पार्टी कार्यक्रममा परिवर्तन किन?' भन्ने एक पुस्तिका प्रकाशित भयो। त्यो पुस्तिका पोलिटिकल ब्युरो (राजनीतिक समूह) बाट प्रकाशित भएको हो। त्यसताकाको पोलिटिकल ब्युरोका चार जना रायमाझी, कमर शाह, डीपी अधिकारी तथा तुलसीलाल अमात्य उक्त पुस्तिकाको पक्षमा थिए भने पुष्पलाल त्यसको विरोधमा थिए। त्यसै पुस्तिकाका आधारमा केन्द्रीय समितिको बहुमतले द्वितीय महाधिवेशनमा प्रस्तुत गर्नका निम्ति एउटा रिपोर्ट तयार गर्‍यो। त्यस रिपोर्टका विरुद्ध पोलिटिकल ब्युरोका सदस्य पुष्पलालसहित केन्द्रीय समितिका शम्भुराम, हिक्मत सिंह, कृष्णलाल, पीएन राणा र मोहनविक्रम सिंह गरी ६ जना साथीहरु थिए।' (नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास/ पुष्पलाल)

'पार्टी कार्यक्रम देशको परिस्थितिमा मिल्दोजुल्दो छैन, यसमा परिवर्तनको जरुरत छ भन्ने कुरा पार्टीभित्र यता एक वर्ष देखिन व्यापक रुपमा महसुस हुँदै आएको हो। यस महसुसले गर्दा नै एक वर्षअघि कार्तिक महिनामा भएको पार्टीको अखिल नेपाल द्वितीय सम्मेलनमा पार्टी कार्यक्रम केही सुधार ल्याउने काम भएको थियो। तर, यो सुधार पार्टी नीतिको एक दुई सवालमा मात्र ल्याइएको हो, कार्यक्रममा रहेको कमजोरीमा आधारभूत सुधार ल्याउने सवालमा पार्टी दृष्टिमा कमी नै रहेको थियो। त्यसपछिका देशभित्रका दोहोरिँदै आएका अनेकौं घटनाले पार्टीभित्र वस्तुस्थितिमा अरु स्पष्टता ल्याउने काम गरेको छ', सो दस्तावेजको प्रारम्भमै भनिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'पार्टी केन्द्रले प्रस्तुत गरेको सो दस्तावेजको मूल उद्देश्य पार्टीले सुरु-सुरुका दिनहरुमा अवलम्बन गरेका नीतिकहरुको तेजोबध गर्नु, खुइल्याउनु र विस्थापित गर्नु नै थियो। ... सानो समूहले सुरु गरेको नेपाल कम्युनिस्ट पार्टी देशव्यापी भयो। यसका हजारौं प्रतिबद्ध कार्यकर्ता जन्मिए। नेपालको राजनीतिक क्षितिजमा कम्युनिस्ट पार्टी छुट्टै पहिचान र हैसियत राख्ने पार्टी बन्यो। यसलाई सानो उपलब्धि मान्न सकिन्न। यसैलाई रायमाझी डफ्फाले विस्थापित गर्न खोजिरहेको थियो, पुष्पलाल-मनमोहनहरुलाई तेजोबध गर्न खोजिरहेको थियो र नेपाल कम्युनिस्ट पार्टीलाई 'भलाद्‌मीहरु'को पार्टी बनाउन खोजिरहेको थियो। उनीहरुले राजासँग संवाद गर्ने, सत्ताधारीहरुसँग उठबस गर्ने र पत्रकार सम्मेलन गर्ने पार्टी बनाउन खोजिरहेका थिए। 'परिवर्तन किन?' भन्ने पुस्तिकाको अभिप्राय यही थियो।' (मेरो जीवन यात्रा केही सम्झनाहरु/ भरतमोहन अधिकारी)

यो प्रस्तावमाथि महाधिवेशनको सुरुआती दिनमा छलफल भयो। जसलाई बहुमत महाधिवेशन प्रतिनिधिहरुले अस्वीकार गरे। तर, वैकल्पिक प्रस्ताव केही थिएन। महाधिवेशनस्थलमै पुष्पलालले केही लाइन लेखेर प्रस्तावको रुपमा प्रस्तुत गरेका थिए, जसमा भनिएको थियो- 'गणतन्त्रको नारालाई सुरक्षित राख्दै तत्काल विधान सभाका लागि संघर्ष गर्ने।'

विस्तृत दस्तावेजको रुपमा पुष्पलालको प्रस्ताव आएको थिएन। तर, सोही प्रस्ताव पारित भयो। 

महाधिवेशनको अनौठो पक्षचाहिँ नेतृत्व चयनको सन्दर्भमा देखियो। सामान्यतयाः कम्युनिष्ट पार्टीमा जसको नीति उसको नेतृत्व हुनुपर्ने मानिन्छ। तर, यस महाधिवेशनमा त्यस्तो भएन। केन्द्रीय कमिटी सदस्यका लागि २२ जनाको उम्मेदवारी परेको थियो। जसमा १७ जना निर्वाचित भएका थिए। उनीहरुमध्येबाट भएको महासचिवको निर्वाचनमा रायमाझीले १२ मत प्राप्त गरी महासचिव निर्वाचित भए। पुष्पलालले ५ मत मात्रै प्राप्त गरे।

पार्टीको कार्यक्रम महाधिवेशनले निर्दिष्ट त गर्‍यो। तर, महासचिवमा निर्वाचित रायमाझी त्यसप्रति बफादार भएनन्। उनले प्रचारप्रसारसम्म गराएनन्। बरु विरोध गर्न थाले। पार्टी लाइन एउटा, नेतृत्व त्यसविपरीत लाइनको निर्वाचित भएकाले पार्टी अस्तव्यस्त भयो। उनले दरबार निकट रहेर काम गरे। महेन्द्रको ‘कू’लाई उनले समर्थन नै गरिदिए।

दोस्रो महाधिवेशनको पाठ के हो त? पुष्पलालको भनाइ छ- 'सिद्धान्त र राजनीति नै पार्टी निर्माणमा सबभन्दा महत्त्वपूर्ण कुरा भएको हुँदा नेतृत्वको निर्माण गर्दा यिनै कुरामा विशेष रुपले ध्यान दिनु पर्दछ भन्ने ठूलो पाठ नेपाल कम्युनिस्ट आन्दोलनलाई यसले दिन्छ।' (नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास/ पुष्पलाल)

पार्टीको तेस्रो महाधिवेशन २०१७ फागुनमा गर्ने निर्णय भएको थियो। तर, पुसमै राजा महेन्द्रले ‘कू’ गरे र पार्टीमाथि प्रतिबन्ध समेत लगाए। २०१७ फागुनमा भारतको दरभंगामा बसेको पार्टीको विस्तारित बैठकले ९ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गर्‍यो। त्यसका लागि रायमाझीसहितको तीन सदस्यीय सचिवालय गठन गर्‍यो। तर, सचिवालयले महाधिवेशनको तयारी नगरी अलमल गर्न थाल्यो। बरु रायमाझीले राजाको कदमको स्वागत गर्न थाले। महाधिवेशन नै नभएपछि पार्टीभित्र बहुमत र अल्पमतबीच विवाद बढ्न थाल्यो। पुष्पलाल लगायतका अल्पमतले आन्तरिक विधि पुर्‍याई २०१९ वैशाख ४-१५ मा भारतको बनारसमा बेग्लै 'तेस्रो महाधिवेशन' गरे। पार्टी विभाजन भयो।

(उल्लेख भएका बाहेकका सन्दर्भहरु १९९७ सालदेखि २०१७ सालः एक अवलोकन/ अरविन्द रिमाल, नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास/सुरेन्द्र केसी, मनमोहन अधिकारीः नेपाली राजनीतिमा ६ दशक/ डा ढाकाराम सापकोटा लगायतबाट लिइएका हुन्।)

यो पनि पढ्नुहोस्-
नेपाली कम्युनिस्ट पार्टीहरुको फुट-जुट (शृंखला – १)

 

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग अफ्रिकामा रहेका नेपाली समुदाय, नेपालका शुभचिन्तक तथा विभिन्न व्यावसायिक प्रतिष्ठानबाट उक्त सहयोग जुटाइएको हो। नगद सहयोगबाहेक ३५ लाख... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित स्प... बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पे... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्