काठमाडौं –अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सह-सचिव निर्मल ढकाललाई दिएको छ।
मन्त्रालयको निर्णयअनुसार ढकाललाई विभागको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिइएको हो।
उनी यसअघि सोही विभागमा उपमहानिर्देशकका रूपमा कार्यरत थिए।
ढकालले विभागभित्रको अनुभव र कार्यसम्पादनका आधारमा नेतृत्वको जिम्मेवारी पाएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।