• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!

64x64
किशोर दहाल सोमबार, वैशाख १०, २०८१  १५:३७
1140x725

काठमाडौं- वैशाख ६ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भए- दीर्घबहादुर सोडारी। सो प्रदेशमा सोडारीको दल नेकपा एकीकृत समाजवादी पाँचौँ ठूलो दल हो। २०७९ मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशका ५३ सिटमध्ये एकीकृत समाजवादीले केवल ४ सिट जितेको थियो। त्यहाँ कांग्रेसले १९, माओवादी केन्द्रले ११, एमालेले १०, नागरिक उन्मुक्ति पार्टीले ७, राप्रपाले १ र स्वतन्त्र उम्मेदवार (तारा जोशी)ले १ सिट जितेका थिए।

फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सत्ता सञ्चालनका लागि गठबन्धन परिवर्तन गरेका थिए। त्यसको असर सुदूरपश्चिम लगायत सातै प्रदेशमा परेको थियो। परिणामतः यस प्रदेशको नेतृत्वबाट कांग्रेसका कमलबहादुर शाह विस्थापित भएका थिए। नयाँ मुख्यमन्त्रीका रुपमा चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टी र पाँचौं ठूलो दल एकीकृत समाजवादीको दाबी थियो।

गत चैत २३ गते प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नका लागि वैशाख २ गतेसम्मको समय दिएर आह्वान गरेका थिए। वैशाख २ मा नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी पेश भएको थियो। तर दुईमध्ये एउटालाई मुख्यमन्त्री नियुक्त गर्ने हो भने संघीय सरकारदेखि अन्य प्रदेशको सरकारमा पनि असर पर्ने एकीकृत समाजवादीको चेतावनीपछि वैशाख ४ मा पुनः नयाँ प्रक्रिया सुरु गरिएको थियो। एकीकृत समाजवादीलाई नै मुख्यमन्त्री दिनका लागि पुनः आह्वान गरियो। जसअनुसार वैशाख ६ मा एकीकृत समाजवादीका सोडारीले दाबी पेश गरेका थिए।

यस प्रदेशमा नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति रहेको नेताहरूको भनाइ छ। अहिलेकै गठबन्धन कायम रहिरह्यो र आलोपालोको सहमति पालना भयो भने पाँचौँबाट चौथो ठूलो दलले सरकारको नेतृत्व गर्ने छ।

सुदूरपश्चिम प्रदेश मात्रै होइन, सात वटै प्रदेशमा अहिले 'साना दल'को नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ। कोशीमा सरकारको नेतृत्व गरिरहेको कांग्रेस दोस्रो ठूलो दल हो। मधेसमा सरकारको नेतृत्व गरिरहेको जसपा तेस्रो ठूलो दल हो। त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्र, एमाले, माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादी ती प्रदेशका क्रमशः तेस्रो, दोस्रो, तेस्रो, तेस्रो र पाँचौँ ठूला दल हुन्।

प्रदेश सरकारमा मात्रै होइन, संघीय सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र समेत प्रतिनिधि सभाको तेस्रो ठूलो दल हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टी माओवादी केन्द्रसँग प्रतिनिधि सभाको २७५ सिटमध्ये केवल ३२ सिट छ। त्यो भनेको १२ प्रतिशतभन्दा पनि कम हो। तर उनी प्रधानमन्त्री बन्न सफल भए। त्यसो त, २०७९ मंसिरमा निर्वाचन भएपछि सानो दलले सरकारको नेतृत्व गर्ने क्रम नै संघीय सरकारबाट सुरु भएको हो। 

संघीय सरकारमा कमजोर दलहरूको नेतृत्वमा गठन हुनुमा स्थानीयभन्दा भूराजनीतिक कारण रहेको बताउँछन्, संविधानविद् विपिन अधिकारी। 'जसलाई शासन गर्ने म्यान्डेट छ, उसैलाई सरकारको नेतृत्व दिइयो भने उसले आफूले चाहेको नीति तथा कार्यक्रम लागू गर्छ। तर, कमजोरहरूको हुल बनाइयो भने विदेशीहरूले उनीहरूलाई सञ्चालन गर्न सजिलो हुन्छ भन्ने आधारमा यस्तो भइरहेको देखिन्छ', नेपाल लाइभसँग कुरा गर्दै उनी भन्छन्, 'स्थानीय कारणचाहिँ लोभ, मोह र सत्ताले राजनीतिक संस्कृतिलाई जितेको हुनाले यस्तो भएको हो।'

प्रदेशहरूको हकमा चाहिँ संघमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको स्वार्थले काम गरेको अधिकारीको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

हुन त संसदीय व्यवस्था भनेकै प्रतिनिधि सभा (प्रदेशमा- प्रदेश सभा) को विश्वास जित्न सक्ने व्यक्तिले सरकारको नेतृत्व गर्ने भन्ने अवधारणा हो। संसदीय व्यवस्था अपनाएका विश्वका कैयौं देशमा बेलाबखत साना दलले सरकारको नेतृत्व गरेको पाइन्छ। तर, नेपालमा भने यो नियमित आकस्मिकता जस्तो बन्न पुगेको छ। खासगरी, प्रतिनिधि सभाका पहिलो र दोस्रो दलबीच सहज सम्बन्ध नभएका बेलामा, बहुमतका लागि तेस्रो लगायतका साना दलको सहयोग अनिवार्य हुने अवस्थामा सरकारको नेतृत्व नै तेस्रो दलको हातमा पुग्ने गरेको छ। जसले गर्दा संसद्मा पहिलो दल हुनुभन्दा तेस्रो दल हुनु बढी लाभदायक देखिन थालेको छ। अहिले नै पनि, संघ र प्रदेशका आठ सरकारमध्ये पाँच वटा त तेस्रो ठूलो दलको नेतृत्वमा छ।

२०५१ को मध्यावधिपछि जब सरकार गठनका लागि तेस्रो ठूलो दल राप्रपा अनिवार्य हुने स्थिति आयो, पहिलो र दोस्रो ठूलो दल एमाले र कांग्रेसले एक अर्कालाई रोक्न राप्रपालाई सरकारको नेतृत्व सुम्पिएका थिए। त्यतिबेला एमालेको सहयोगमा लोकेन्द्रबहादुर चन्द र कांग्रेसको सहयोगमा सूर्यबहादुर थापा प्रधानमन्त्री बनेका थिए।

२०६४ को पहिलो संविधान सभाको निर्वाचनपछि तेस्रो ठूलो दलले लाभ उठाउने क्रम तीव्र भएको छ। जसअनुसार, पहिलो संविधान सभाको कार्यकालमा तेस्रो ठूलो दल एमालेको तर्फबाट माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री बनेका थिए। २०७२ मा संविधान जारी एक वर्ष नबित्दै, रुपान्तरित व्यवस्थापिका संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्न सफल भएका थिए। नेपाल, खनाल र प्रचण्डले त्यतिबेला संसद्भित्रको उथलपुथलबाट हठात् लाभ लिएका थिए। २०७९ को निर्वाचनपछि भने सुरुमै प्रचण्डले लाभ लिए।

पहिलो र दोस्रो ठूलो दलले तेस्रो लगायतका दललाई सारथिको रुपमा लिनुभन्दा पनि उसको महत्त्वाकांक्षालाई उकासेर प्रधानमन्त्री पद अफर गर्ने र तत्कालीन सत्ता गठबन्धन ढालेर आफू सम्मिलत सत्ता गठबन्धन बनाउने गरेका छन्। जसको लाभ तेस्रो ठूलो दलले लिने गरेको छ।

यसरी संघदेखि प्रदेशसम्म तेस्रो दलले लाभ लिन सक्नुमा राजनीतिक संस्कृतिको अभाव हुनु नै कारण रहेको संविधानविद् अधिकारीको भनाइ छ। भन्छन्, 'यदि संघमा जनतामा म्यान्डेट अनुसारको शासन हुने हो भने त्यसको प्रभाव तत्कालै प्रदेशहरूमा पनि पर्न सक्छ। तर त्यसो हुन सकेको छैन।'

नेपालले अपनाएको संसदीय व्यवस्थामा भने गडबडी नरहेको संविधानविद् अधिकारीको भनाइ छ। 'व्यवस्थामा गडबडी छैन। राजनीतिक संस्कृतिमा गडबडी भएको हो', उनी थप्छन्, 'निर्वाचनको उद्देश्य कुन राजनीतिक दलले जनताको अत्यधिक प्रतिनिधित्व गर्दछ, उसैले शासन गर्ने भन्ने हो। तर अब अत्यधिक प्रतिनिधित्व गर्ने पार्टीहरू पाखामा बस्ने र साना पार्टीहरूले शासन गर्ने पद्धति सुरु भएको छ।'

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बुधबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बुधबार, भदौ ३१, २०८३
मन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन्। देशमा उत्पन्न प्राकृतिक विपत्ति र त्यसबा... बुधबार, भदौ ३१, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
सप्तरीमा बाक्लो हुस्सुका बीच दुर्घटना, चार जना घाइते बुधबार, भदौ ३१, २०८३
सुनचाँदीको मूल्य बढ्यो बुधबार, भदौ ३१, २०८३
चीनको झुच्ये-२ई रकेटले १० वटा उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्‍यो बुधबार, भदौ ३१, २०८३
आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित प्रसूति स्याहार बिदा दिन प्रस्ताव बुधबार, भदौ ३१, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४०३ जनाको शव फेला बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’ मंगलबार, भदौ ३०, २०८३
प्रहरीलाई खबरै नगरी राति जुद्ध बारुण यन्त्रको कार्यालयमा किन पुगे गृहमन्त्री गुरुङ? मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्