प्रधानमन्त्री शुशीला कार्कीले आज मन्त्रीमण्डल विस्तार गर्नका लागि राष्ट्रपतिकहाँ नाम सिफारिस गरेकी हुन्।
आइतबार थपिने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
श्रेष्ठलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो। यसअघि उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको थियो।
डा. शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व सचिव हुन्। उनले २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेर सचिव पदसम्म पुग्न सफल भएकी हुन्। नेपाल चिकित्सक संघको एकमात्र महिला अध्यक्ष हुन्। अध्यक्षमा उनी बागी उम्मेदवारका रूपमा विजयी भएकी थिइन्।