• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेकपा स्थापना दिवस

‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?

64x64
किशोर दहाल आइतबार, वैशाख ९, २०८१  १४:५९
1140x725

सहिद गंगालाल श्रेष्ठका भाइ थिए, पुष्पलाल। सानै छँदा एकदिन उनले गंगालालले आफ्ना साथीहरुसँगको राजनीतिक विवाद सुनेका थिए। त्यो विवादमा दुई विषय उनले सम्झना गरेका छन्। ती हुन्- रुसमा एक त ईश्वरको अस्तित्व छैन, अर्को त्यहाँ भोका नांगा छैनन्। उनको भनाइ छ, ‘यसरी मैले जीवनमा भौगोलिक रुपमा होइन, सामाजिक र राजनीतिक रुसको नाम पहिलोचोटि सुनेर म त्यहाँको समाजवादी व्यवस्थाप्रति आकर्षित भएँ।’

त्यस्तै उनले आफ्ना एक मित्र सूर्यबहादुर भारद्वाजमार्फत म्याक्सिम गोर्कीको उपन्यास ‘आमा’ पढेका थिए। पुष्पलाल भन्छन्, ‘यसरी क्रमिक रुपमा कम्युनिस्ट विचारधाराले मलाई प्रभावित र उत्साहित गर्दै लगेको थियो।’

१९९७ सालको काण्डपछि प्रेमबहादुर, सूर्यबहादुर शम्भुराम तथा पुष्पलाल चार जनाको एउटा दल बनाइएको थियो। उनीहरु एक आपसमा सम्बोधन गर्दा ‘कमरेड’ र अभिवादन गर्दा ‘लालसलाम’ भन्थे। भित्रि रुपमा त्यस किसिमको दल बनाइएको भए पनि बाहिरी रुपमा भने उनीहरु प्रजापरिषद्को नाममा नै काम गरिरहेका थिए। सरकारलाई त्यसको सुराक लागेपछि नेपाल प्रजातन्त्र संघको गठन गरी त्यसैमार्फत काम गर्न थालेका थिए।

त्यस्तै, दार्जलिङमा सुशील चटर्जी नामका बंगाली कम्युनिस्ट संगठकले कम्युनिस्ट पार्टीको संगठन बढाएको थाहा पाएपछि पुष्पलाल लगायतको उत्साह झनै बढेको थियो। कम्युनिस्ट सिद्धान्तप्रति अझै आस्था बढाइदिएको थियो। ‘यसरी हामीहरु कम्युनिस्ट सिद्धान्ततिर आकर्षित हुँदै थियौँ तर त्यसबखत हामीमा मार्क्सवादी सैद्धान्तिक ज्ञान तथा कम्युनिस्ट कार्यपद्धतिको नितान्त अभाव थियो’, पुष्पलाल लेख्छन्, ‘त्यसबखत हामी केवल भावनावादी थियौँ।’(नेपाल कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास/पुष्पलाल)

कांग्रेसमा सक्रिय
१९९७ सालको काण्डले राणाशासनको प्रतिरोधलाई संस्थागत गरिदियो। सहिदहरुको साहसको कथा देशभर विस्तार भयो। सहिदको सपना पूरा गर्नुपर्ने उत्प्रेरणा विकास भयो। विस्तारै राजनीतिक गतिविधिलाई पनि विकेन्द्रित हुन थाल्यो। यसै पृष्ठभूमिमा २००३ माघ १२ र १३ गते कलकत्तामा आयोजित पहिलो सम्मेलन (महाधिवेशन)बाट ‘नेपाली राष्ट्रिय कांग्रेस’को जन्म भएको थियो। त्यस सम्मेलनमा भाग लिन पुष्पलालका साथी सूर्यबहादुर भारद्वाज पनि गएका थिए। ‘नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाले देशका विभिन्न स्थान र प्रवासमा बसी राणाशाही तथा अंग्रेजी साम्राज्यवादको विरुद्ध अलगअलग रुपमा विभिन्न स्वार्थ, सिद्धान्त र समझदारी भएका क्रान्तिकारी शक्तिहरुलाई एक सूत्रमा बाँधी तत्कालीन राष्ट्रको साझा दुश्मन राणाशाहीलाई ठूलो हाँक दियो’, पुष्पलालको विश्लेषण छ। (नेपाल कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास/पुष्पलाल)

पार्टी गठन भएको केही हप्तामै विराटनगरस्थित जुद्ध जुट मिलमा मजदुरहरुले हड्ताल गरे। २००३ फागुन २१ देखि सुरु भएको हड्तालको नेतृत्व गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी लगायतले गरेका थिए। त्यहाँको हडतालको मागपत्र प्राप्त गरी पुष्पलालहरुले काठमाडौंमा फैलाएका थिए। हडताललाई नेतृत्व दिन विराटनगर पुगेका बीपी कोइराला लगायत पक्राउ गरिएको थियो। उनीहरुलाई काठमाडौं ल्याइएको थियो।

बीपी पक्राउ परेपछि पार्टीको नेतृत्व परिवर्तन गरियो। २००३ चैत २७ र २८ मा जोगवनीमा बसेको पार्टी प्रतिनिधिहरुको सम्मेलनले कार्यकारी सभापतिमा मातृकाप्रसाद कोइरालालाई चयन गर्‍यो। यो सम्मेलनमा काठमाडौंबाट पुष्पलाल पनि सहभागी भएका थिए (पुष्पलालको पुस्तक नेपालमा कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहासमा दोस्रो अधिवेशन भन्ने उल्लेख छ।) सम्मेलनले नागरिक तथा राजनीतिक अधिकार र राजनीतिक बन्दीहरुको रिहाइको माग राखेर देशभर सत्याग्रह गर्ने र ‘राणाशाही मुर्दावाद!’ को नारा लगाउने कार्यनीति पास गर्‍यो। तय भए अनुसारका कार्यक्रम आयोजना पनि भए। पुष्पलालले काठमाडौंमा सक्रिय भूमिका निर्वाह गरे। उनी गिरफ्तार भएर छुटेका थिए।

यसैबीच मातृकाले २००४ साउन १-३ मा बनारसमा बसेको पार्टी बैठकमा राजीनामा दिए। त्यसपछि डिल्लीरमण रेग्मीलाई एक वर्षका लागि कार्यवाहक सभापतिमा चयन गरिएको थियो। रेग्मीले प्रेमबहादुर कंसाकारलाई महामन्त्री र पुष्पलाललाई सचिव बनाएका थिए। (नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस/राजेश गौतम)

Ncell 2
Ncell 2
nimb
nimb

बीपी जेलबाट छुटेपछि पार्टी नेतृत्वका विषयमा रेग्मीसँग विवाद भयो। दुवै पक्षले आ-आफ्नो समूहको नेतृत्व गर्न थाले। अर्को पक्षको गतिविधिलाई अवैधानिक घोषणा गर्न थाले। त्यसपछि पार्टी दुई समूहमा विभाजित हुनपुग्यो। बीपीतिर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत थिए। रेग्मीतिर पुष्षलाल श्रेष्ठ, देवीप्रसाद सापकोटा लगायत थिए।

पुष्पलालले रेग्मी समूहमा सक्रिय भए। उनी पार्टी मन्त्रीको हैसियतले कार्यालयको रेखदेखको जिम्मेवारी सम्हाल्थे।

त्यसो त पुष्पलाल लगायतले बीपी र रेग्मी समूहलाई एकत्रित गर्ने प्रयास गरेका पनि थिए। ‘पार्टीमा एकता नभई फुट रहेको खण्डमा देशको कल्याणखातिर हामी आमरण अनसन गर्दछौँ’ भनेर अपिल नै जारी गरेका थिए। जसमा उनीहरुले दुई पक्षलाई मिलाउन केही सर्त पनि राखेका थिए। तर यो र यस्ता कुनै पनि प्रयास सफल भएन।

पछि त पुष्पलाल रेग्मीको शैलीबाट पनि असन्तुष्ट हुँदै गए। त्यसका केही सन्दर्भ पुष्पलालले उल्लेख गरेका छन्। एउटा गोष्ठीमा बोल्नका लागि पुष्पलाले रेग्मीसँग नागरिक अधिकार र राजनीतिक अधिकारको विषयमा केही बुँदाहरु माग्छन्। तर रेग्मीले भने ‘त्यो बुझ्नका निम्ति ठूलो दिमाग चाहिन्छ, एमए बीए हुनुपर्दछ’ भनी खिन्न बनाइदिन्छन्। पछि उनले कम्युनिस्ट घोषणापत्र र लेनिनको ‘गाउँका गरीब किसान’बाट ती शब्दावली बुझ्छन्।

बीपी गुट र रेग्मी गुट दुवैमध्ये एकलाई सुवर्ण शमशेर र अर्कोलाई महावीर शमशेरले सहयोग गर्ने गरेको पनि पुष्पलालले चाल पाए। त्यो सहयोग ती दुवैलाई बदनाम गराइ ‘नेपाल प्रजातन्त्र कांग्रेस’ गठन गर्ने दाउको रुपमा उनले बुझे। एक सन्दर्भमा पुष्पलाल भन्छन्, ‘शासक राणाहरुले रेग्मीसँग सम्पर्क बढाएका रहेछन् र उनीहरुबाट प्रशस्त मात्रामा आर्थिक सहयोग पाउँदा रहेछन्। त्यसका माध्यम रंगनाथ तथा पानु बाबुहरु रहेछन्। नेपालका उदारवादी सामन्तहरुमध्ये एकथरीले रेग्मी गुट र अर्कोथरीले कोइराला गुटलाई हात लिई नेपालको जनवादी आन्दोलनको नेतृत्व तल्लो वर्गमा जानै नदिई आफ्नै वर्गमा सीमित गर्ने खेल यो उनीहरुको राजनीतिक चालबाजी मात्र हो भन्ने कुराको बोध क्रमिक रुपमा मलाई र अन्य राजनीतिक (दुवै गुटका) कार्यकर्तालाई हुँदै गयो।’ (नेपाल कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास/पुष्पलाल)

त्यसै क्रममा उनले त्यागपत्र दिएर रेग्मी गुटबाट अलग भए।

कम्युनिस्ट पार्टी स्थापनाको तयारी
कम्युनिस्ट व्यवस्थाप्रति पुष्पलालको प्रभाव प्रारम्भदेखि नै थियो। तैपनि उनी कांग्रेससँग जोडिएर सक्रिय पनि भएका थिए। त्यस क्रममा पार्टीभित्र भारतीय नेताहरुको प्रभाव पनि महसुस गरेका थिए। यिनै पृष्ठभूमि र सिकाइबाट उनी आगामी बाटो तय गर्दै थिए। कांग्रेस (रेग्मी समूह) बाट अलग भएपछि उनी ‘तरुण नेपाल मोर्चा’ वा ‘नेपाल कम्युनिस्ट पार्टी’ गठनको विकल्पमा घोत्लिएका थिए। मार्क्सवादी ज्ञान क्रमशः बढ्न थालेपछि नेपाल कम्युनिस्ट पार्टी गठन गर्ने निधोमा पुगेका थिए।

कांग्रेसबाट राजीनामा दिएपछि पुष्पलालले मार्क्सवादी पुस्तकको अध्ययनको दायरा बढाउन थालेका थिए। साथै, अन्यलाई पनि अध्ययनमा जोड्न थालेका थिए। भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई 'मार्क्सिस्ट स्टडी सर्कल' मा जोडेका थिए। ‘शीघ्र नै ‘स्टडी सर्कल’को कामले भारतव्यापी रुप लियो। भारतमा अध्ययनरत अधिकांश युवकहरु यसमा आबद्ध हुन थाले। साथै भारतकै विभिन्न क्षेत्रहरुबाट नेपालतर्फ पनि सम्पर्क बढाइयो।’ (नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास/सुरेन्द्र केसी)

त्यसो त पुष्पलालले मार्क्सवादी पुस्तक पसलबाट कमिसनमा ल्याई नेपाली विद्यार्थीका बीचमा बिक्री पनि गर्थे। यही बीचमा उनले कम्युनिस्ट घोषणा पत्र, सोभियत रुसमा व्यक्ति र समाज, मार्क्सवाद के हो?, चीनी क्रान्ति र चीनी कम्युनिस्ट पार्टी, गाउँका गरीबहरुलाई अपिल जस्ता पुस्तहरु नेपाली भाषामा अनुवाद गरेका थिए। त्यस्ता पुस्तकहरु प्रकाशन गर्न भने पुष्पलालसँग पैसा हुँदैनथ्यो। कम्युनिस्ट घोषणापत्र प्रकाशनका लागि उनले सुवर्ण शमशेरदेखि जुद्धबहादुर नामका एक नेपाली पुँजीपतिसँग पनि पैसा मागेको उल्लेख गरेका छन्।

कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवाद प्रकाशनको महत्त्वलाई पुष्पलालले चार वटा बुँदामा प्रकाश पारेका छन्। जसमध्ये पहिलो बुँदा छ- ‘यसको प्रकाशनले गर्दा हजारौँ वर्षदेखि नेपालको बौद्धिक क्षेत्रमा सामन्ती पुँजीवाद र साम्राज्यवादी विचारधाराले एकाधिपत्य जमाएर बसेको थियो- त्यसलाई तोडी नेपालको बौद्धिक क्षेत्रमा वैज्ञानिक समाजवादी विचारधाराले प्रवेश पायो।’ (नेपाल कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास/पुष्पलाल)

खुल्यो नेपाल कम्युनिस्ट पार्टी 
पुष्पलालले भारतीय नेताहरुसँग सम्पर्क बढाउन प्रयासरत थिए। कलेज स्क्वायरको नेशनल बुक एजेन्सीमा मार्क्सवादी साहित्यका लागि आउँदाजाँदा त्यहीँबाट भारतीय कम्युनिस्टहरुसँग सम्पर्क गर्न खोजेका थिए। तर सम्भव भएन। श्रीलंकाका एक जना वामपन्थी सांसदलाई पत्राचार गरे तर उत्तर पाएनन्। राहुल सांकृत्यानलाई पनि पठाउने पत्र तयार गरे। उनको आशय थियो, ‘म नेपालमा कम्युनिस्ट पार्टी गठन गर्न चाहन्छु। तर त्योभन्दा पहिले म केही मार्क्सवादी ज्ञान हासिल गर्न चाहन्छु।’ यद्यपि यो पत्र भने पठाएनन्।

विभिन्न प्रयत्नमार्फत् उनको पश्चिम बंगालका मन्त्री नृपेन्द्र चक्रवर्तीसँग चिनापर्ची भएको थियो। त्यतिञ्जेल मार्क्सवादी साहित्यको प्रचार गर्दै र कम्युनिस्ट पार्टी स्थापनाको आधार तयार गर्दै गरेका पुष्पलालाई चक्रवर्तीले सुझाउँछन्, ‘मार्क्सवादी साहित्यले भन्दा सही नीतिले क्रान्तिकारीहरुको ध्यान पार्टीप्रति आकर्षित गर्ने छ। अतः तपाईंले पार्टीको नाममा एउटा दस्तावेज तयार गर्नुहोस् र पार्टी गठनको तरखरमा लाग्नुहोस्।’ (नेपाल कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास/पुष्पलाल)

नेपाल कम्युनिस्ट पार्टी स्थापनाका लागि होमिएका पुष्पलालले अन्तिम समयमा थप दुई प्रतिकूल सुझाव पनि पाउँछन्। पहिलो, मजदुर-किसान या श्रमिक पार्टी गठन। तर उनी यसमा सहमत हुँदैनन्। अर्को कुनै नामले पार्टी खोल्ने हो भने देश र दुनियाँलाई परिचय दिन नै धेरै समय लाग्ने उनको बुझाइ थियो। दोस्रो, छुट्टै कम्युनिस्ट पार्टी गठन नगरी कांग्रेसभित्रै वामपन्थी दलको रुपमा काम गर्दै जाने र पछि उपयुक्त समयमा कम्युनिस्ट पार्टी गठन गर्ने। त्यसमा पनि उनी सहमत हुँदैनन्।

यसबीच काठमाडौं उपत्यका र पूर्व-पश्चिमका केही क्रान्तिकारी साथीहरुसँग भेटघाट र कुराकानी भएकै थियो। साथीहरुको राय पार्टी गठनको पक्षमा नै थियो। त्यसपछि २२ अप्रिल, सन् १९४९ (२००६ वैशाख १०) का दिन कलकत्ताको श्यामबजार इलाकाको २८, नवीन सरकार लेनमा एक बैठक बस्यो। त्यस बैठकमा पुष्पलाल, निरञ्जन गोविन्द वैद्य, नारायणविलाश जोशी र नरबहादुर जम्मा ४ जना थिए। त्यसैबीच काठमाडौंबाट दुर्गादेवी (मोतीदेवी) पनि आइपुगेकी हुनाले तिनलाई पनि संस्थापक सदस्यको रुपमा लिने भन्ने कुरा भए अनुसार पार्टीको संगठन समितिमा थपियो। यस संगठन समितिले पुष्पलाललाई पार्टीको महामन्त्री पदमा नियुक्त गर्यो र उनलाई केन्द्रीय रुपमा संगठन गर्ने अभिभारा दियो। (नेपाल कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास/पुष्पलाल)

त्यसपछि निरञ्जन गोविन्द वैद्यलाई बारा, पर्सा, रौतहटमा पार्टी संगठन गर्ने जिम्मा दिइयो। नारायणविलास र दुर्गादेवीलाई काठमाडौं उपत्यकाको जिम्मा दिइयो। नरबहादुरलाई विराटनगर, जोगवनीमा मजदुरबीच काम गर्ने जिम्मा दिइयो।

स्थापना मिति र संस्थापक सदस्यहरुमा विवाद
नेपालमा कम्युनिस्ट पार्टीको स्थापना दिवसको बारेमा विवाद छ। जसरी अहिलले अप्रिल २२ लाई स्थापना दिवस मान्ने चलन छ, सुरुसुरुमा सेप्टेम्बर १५ लाई स्थापना दिवस मानिन्थ्यो। सोही दिनको अवसरमा कार्यक्रमहरु आयोजना गरिन्थ्यो। यद्यपि, स्थापनाको वर्ष भने सन् १९४९ भएकोमा कुनै विवाद पाइँदैन। सुरुका वर्षमा पुष्पलालले लगातार सेप्टेम्बर १५ लाई पार्टी स्थापना दिवस मान्दै लेख्ने बोल्ने गरेका थिए। पार्टीको मुखपत्र 'कम्युनिस्ट', ०१५ सालको चुनावमा कम्युनिस्ट पार्टीको घोषणापत्र, पार्टीको पहिलो सम्मेलनको राजनीतिक प्रतिवेदन, प्रथम महाधिवेशनमा पारित दस्तावेज लगायतका धेरै ठाउँमा पार्टी स्थापनाको मिति १५ सेप्टेम्बर १९४९ नै थियो।

तर, पार्टी फुट्दै गएपछि स्थापना दिवसबारे किचलो आउन थालेको थियो। र २०३४ सालमा तत्कालीन नेकपा (चौम) को मुखपत्र 'मसाल' मा स्थापना कालका तीन नेताहरु नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलाश जोशीले पार्टी स्थापना २२ अप्रिलमा भएको भन्दै त्यसलाई गलत सावित गर्न चुनौति दिँदै जारी गरेको पुरानो वक्तव्य छापियो। साथै, उनीहरुले २२ अप्रिललाई स्थापना दिवस मनाउन पनि अनुरोध गरे। यसप्रति पुष्पलालले कुनै खण्डन वा आफ्नो प्रतितर्क दिने काम गरेनन्।

सेप्टेम्बर १५, १९४९ मा नेकपाको प्रथम घोषणापत्र प्रकाशित भएको कुरालाई सबैजसोले स्वीकारेका छन्। यही घोषणापत्र प्रकाशनको मितिलाई पुष्पलालले स्थापना दिवस मानेर प्रचार गरेका थिए भन्ने उनका सहयोगीहरुको विचार पाइन्छ। (नेपालमा साम्यवादी आन्दोलन उद्भव र विकास/भीम रावल)  

एमालेको पाँचौं महाधिवेशनले १० वैशाख (अप्रिल २२, १९४९) मा नै कम्युनिस्ट पार्टी स्थापना भएको निष्कर्ष निकालेपछि यसबारे पछिल्लो समय बहस भएको पाइँदैन।

पार्टीका संस्थापक सदस्यहरुको बारेमा पनि विवाद छ। तर, उल्लेखित तीन जनाको वक्तव्यमा दुर्गादेवी संस्थापक सदस्य नभएको उल्लेख छ। पार्टी स्थापनाका लागि बसेको बैठकमा उपस्थित नभएकै कारण उनलाई संस्थापक सदस्य नमान्ने तर्क पुरानै हो। तर, पार्टीका अन्य गतिविधिमा उनको संलग्नता भने पुष्टि भइसकेको विषय हो।

पार्टीमा घोषित रुपमा अगाडि आउन आफ्ना कतिपय व्यवहारिक समस्या हुँदाहुँदै पनि पुष्पलाल र भारतीय कम्युनिस्ट भाइसाहेबको आग्रह स्वीकार्दै नेपालमा काम गर्न खटिएको कुरा मोतीदेवीको थियो। पार्टीमा ल्याउनका निम्ति भाइसाहेब लगायतका भारतीय कम्युनिस्टहरुले मोतीदेवीलाई तालिम पनि दिएका थिए। भीम रावलको तर्क छ- ‘तत्कालीन परिस्थितिमा घरबार छोडी राजनीतिक गतिविधिमा संलग्न रहने र कलकत्तामा पार्टी स्थापनाको समयमा उपस्थित रहेकी मोतीदेवीलाई संस्थापक सदस्यमा राखिने कुरा तर्कसंगत देखिन्छ।’ (नेपालमा साम्यवादी आन्दोलन उद्भव र विकास/भीम रावल) नेपाललाइभ आर्काइभबाट

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १४:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
वन्यजन्तु संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री खनाल दक्षिण एसिया वन्यजन्तु अपराध नियन्त्रण सञ्जालको पहिलो महासभाका अवसरमा काठमाडौंमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालल... शुक्रबार, भदौ २६, २०८३
प्रततिवेदनमा विवाद देखिएपछि एमाले पुनर्गठन कार्यदलको बैठकमा ओली अनुपस्थित आजको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ। शुक्रबार, भदौ २६, २०८३
गिरिजालाई सम्झदै गगनको प्रतिवद्धताः जोखिम उठाएर भए पनि महाधिवेशन ठिक समयमा राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू गिरिजाप्रसाद कोइरालाको कार्यकर्ता भएकाले कहाँ जोखिम उठाउनुपर्छ भन्न... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, भदौ २६, २०८३
वन्यजन्तु संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री खनाल शुक्रबार, भदौ २६, २०८३
प्रततिवेदनमा विवाद देखिएपछि एमाले पुनर्गठन कार्यदलको बैठकमा ओली अनुपस्थित शुक्रबार, भदौ २६, २०८३
गिरिजालाई सम्झदै गगनको प्रतिवद्धताः जोखिम उठाएर भए पनि महाधिवेशन ठिक समयमा शुक्रबार, भदौ २६, २०८३
उद्योगीसँग छलफलमा प्रधानमन्त्री, को-को छन् सहभागी ? शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
ब्याङ्क्वेट सञ्चालकको ६० वटा ग्यास सिलिन्डर जफत, सर्वसाधारणलाई बाँडियो शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्