काठमाडौं– प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ ।
सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर भएको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।
ब्यूरोका एआईजी मनोज केसीले पाण्डेलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । यसअघि प्रहरीले यो प्रकरणमा ६ जनालाई पक्राउ गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।