काठमाडौं - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देश र कांग्रेस पार्टीको पछिल्लो अवस्थाका बारेमा बुद्धिजीवीहरूसँग छलफल गरेका छन् ।
कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा छलफल गरेका हुन् ।
छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा विनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा उद्धव प्याकुरेल, जेन–जी युवाहरू अभिजित अधिकारी र करिना पुरीलगायत सहभागी थिए ।
छलफलमा डा शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा मिनेन्द्र रिजाल र डा गोविन्दराज पोखरेल पनि सहभागी थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।